×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री केजरीवालमाथि ‘अंकुश’ लगाउन मोदी सरकारले ल्यायो अध्यादेश

जेठ ७, २०८०

NTC
फाइल फोटो
Premier Steels

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र प्रधानमन्त्री नरेन्द्र मोदीबीच लगातार टकराव हुँदै आएको छ । उपराज्यपालमार्फत केन्द्र सरकारले दिल्ली सरकारमाथि हस्तक्षेप गर्दै आएको मुख्यमन्त्री केजरीवालको गुनासो छ ।

Muktinath Bank

केही दिनअघि सर्वाेच्च अदालतले राजधानी दिल्ली राज्यमा कर्मचारी सरुवाको हक दिल्ली सरकारलाई नै हुने फैसला गर्‍यो । त्यसअघि कर्मचारी सरुवामा केन्द्र सरकारले हस्तक्षेप गर्दै आएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वाेच्चको फैसलालाई उल्ट्याउन केन्द्र सरकारले अध्यादेश ल्याएको छ, जसमा दिल्लीका कर्मचारीको सरुवा र अनुशासनात्मक कारवाहीको विषयमा केन्द्र सरकारसँग राखिएको छ । दिल्ली सरकारका मुख्यमन्त्री केजरीवालले शनिवार पत्रकार सम्मेलन गर्दै अध्यादेशप्रति विरोध जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

केन्द्र सरकारले ‘राष्ट्रिय राजधानी क्षेत्र दिल्ली (संशोधन) अध्यादेश २०२३ जारी गरेको छ । जसमा राष्ट्रिय राजधानी लोक सेवा प्राधिकरण गठन गरिने उल्लेख छ । मुख्यमन्त्रीको अध्यक्षतामा रहने ३ सदस्यीय प्राधिकरणमा दिल्लीका मुख्यसचिव र गृह प्रधान सचिव सदस्य रहनेछन् ।

Vianet communication

प्राधिकरण मुख्यमन्त्रीकै अध्यक्षतामा भए पनि प्राधिकरणको निर्णय उचित नलागेमा उपराज्यपालले फिर्ता पठाउन सक्ने र अन्तिम निर्णय उपराज्यपालकै हुने व्यवस्था अध्यादेशमा गरिएको छ ।

केन्द्र सरकारले राष्ट्रिय राजधानीमाथि पूरै देशको हक भएको भन्दै अध्यादेश ल्याएको छ । मुख्यमन्त्री केजरीवालले दिल्लीमा प्रशासनिक गरिमामा क्षति पुर्‍याएकाले त्यसलाई रोक्न अध्यादेश ल्याउनुपरेको केन्द्र सरकारको तर्क रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x