×

NMB BANK
NIC ASIA

‘यान्त्रिक रुपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्छ’

जेठ ११, २०८०

NTC
Premier Steels

यातायात व्यवसायी र विभिन्न मजदुर सङ्घ सङ्गठनले यान्त्रिक रुपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र विभिन्न सङ्घ सङ्गठनले आज एक विज्ञप्ति जारी गरी बागमती प्रदेशले बीसवर्षे सार्वजनिक सवारीसाधन पत्रु गर्नेसम्बन्धी सूचना प्रकाशन गरेको भन्दै यान्त्रिक रुपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्ने बताएका हुन् ।

Muktinath Bank

महासङ्घका महासचिव डेकनाथ गौतमले प्रदेश सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी यही जेठ ७ गते २० वर्षे सवारीसाधन हटाउने निर्णय गरेको भन्दै उक्त निर्णय अव्यावहारिक भएको बताए । “सवारीसाधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न ठीक सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्छ, फलामको कुनै आयु हुँदैन, सञ्चालन गर्न ठीक नभएका सवारीसाधनलाई मात्र हटाउनुपर्छ”, उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    व्यवसायी र सङ्घ सङ्गठनले एकैपटक २० वर्ष पुराना सार्वजनिक सवारीसाधन हटाउँदा राज्यको ठूलो रकमसमेत नयाँ गाडी खरिदका लागि विदेश जाने बताएका छन् । पत्रु नै गर्ने हो भने ‘ब्ल्यु बुक’का आधारमा अर्को सवारीसाधन ल्याउने विकल्प दिँदै सरकारका तर्फबाट सहुलियत र सहयोग हुनुपर्ने बताइएको छ ।


Advertisment
Nabil box
Kumari

    यस्तै, सवारीसाधनको अवस्था अध्ययन गरी उपयुक्त सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्ने व्यवस्था गर्नुपर्ने बताइएको हो । विज्ञप्तिमा नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, नेकपा (एमाले) निकट नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राई, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसीले हस्ताक्षर गरेका छन् । उनीरुले प्रदेश सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको सम्बन्धमा गरेको  निर्णय तत्काल सच्याउनसमेत मागसमेत गरे । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x