असोज ९, २०८०
पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मङ्गलबार थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ । एक कूटनीतिक दस्ता...
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आफ्ना जेठा छोरालाई कार्यकारी सचिवबाट बर्खास्त गरेका छन् ।
शोतारो किशिदाले पोहोर साल प्रधानमन्त्री निवासमा पारिवारिक जमघटमा अनुचित तस्वीरहरू खिचाएपछि व्यापक जनविरोध भएको थियो ।
शुकान बुनशुन नामक साप्ताहिक पत्रिकाले किशिदाका छोरा र नातेदारहरू निवासमा रातो कार्पेट ओछ्याइएका सिँढीमा पल्टिरहेको तस्वीर छापेको थियो ।
उनीहरूले त्यतिखेर हालसालै नियुक्त गरिएका मन्त्रीहरूको सामूहिक तस्वीरको अनुकरण गरेका थिए । शोतारो बीचमा प्रधानमन्त्रीको स्थानमा बसेको पत्रिकाले खबर दिएको थियो ।
अहिले चलिरहेको संसदीय सत्रमा धेरै विधेयकहरू विचाराधीन रहेकाले आफ्नो प्रशासनलाई सकेसम्म कम क्षति होस् भनी किशिदाले छोरालाई बर्खास्त गर्ने निर्णय लिएका हुन् ।
हिरोशिमामा जी७ को तीन दिने सम्मेलन सकिएलगत्रै किशिदाले छोरालाई बर्खास्त गर्ने निर्णय लिइएको जानकारी दिएका थिए ।
पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मङ्गलबार थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ । एक कूटनीतिक दस्ता...
क्रेमलिनले मङ्गलबार युक्रेनलाई आपूर्ति गरिएको अमेरिकी अब्राम्सट्याङ्कले आक्रमणको परिणाममा परिवर्तन नगर्ने तर रूसी आक्रमणका कारण ‘ध्वस्त’ हुने दावी गरेको छ । कीएभले सोमबार अमेरिकी ‘अब्राम्स ब्या...
उत्तरी इराकी सहर काराकोस्थित एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ । आगलागीमा १५० भन्दा बढी घाइते भएको अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् । इराकको आध...
वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय कुकुर जर्मन शेफर्ड कमाण्डरले सोमवार साँझ व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइ...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि कतारबाट प्रविन गुरुङले आफ्ना एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुर...
नागोर्नो–काराबाख पेन्सनर स्वेतलाना इसाखान्यान हरियो चप्पल लगाएर र पासपोर्टसहितको एउटा सानो झोला मात्र हातमा बोकेर शरणार्थीका रूपमा आर्मेनियामा प्रवेश गरेकी छन् । अजरबैजानले यसै हप्ता पृथकतावादी क्षेत्रव...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...