कात्तिक २५, २०८०
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
कुनै पनि कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुँदा आर्थिक क्षेत्र चलायमान बनाउन सहयोग पुगिरहेको हुन्छ ।
पछिल्लो समय ‘फाइनान्सियल लिट्रेसी’ बढ्दै गएका कारण पुँजीबजारतर्फ आम सर्वसाधारणको रुचि समेत बढ्दै गएको छ । लगानीको वातावरण पनि बढिरहेको छ ।
वित्तीय क्षेत्रको मात्रै प्रभुत्व भएको शेयर बजारमा विस्तारै ‘रियल सेक्टर’ पनि थपिँदै गएका छन् ।
पछिल्लो समय साना हाइड्रोपावरको शेयर एकपछि अर्को आइरहेको बेला उत्पादनमूलक उद्योगबाट एकैपटक ठूलो लगानी गर्न सकिने गरी घोराही सिमेन्ट पुँजी बजारमा थपिँदैछ ।
सगरमाथा ब्रान्डमा सिमेन्ट उत्पादन गरिरहेको घोराहीले ३२ जेठबाट आईपीओे निष्कासन गर्न लागेको हो ।
नेपाली सिमेन्ट उत्पादक कम्पनी घोराहीले सगरमाथा ब्रान्डमा बजारमा सिमेन्ट पठाइरहेको छ । कम्पनीले सिमेन्ट आयात न्यूनीकरणमा पनि महत्त्वपूर्ण सहयोग पुर्याएको छ ।
व्यापारिक घराना त्रिवेणी ग्रुपको घोराही सिमेन्ट इन्ड्रस्ट्रिज नेपालमा क्लिङ्कर भित्र्याउने र सिमेन्ट बनाउने पहिलो निजी कम्पनी समेत हो । यसले पुँजीबजारमा दोस्रो सिमेन्ट कम्पनीका रूपमा प्रिमियममा आईपीओे जारी गर्न लागेको हो ।
करीब ८० लाख कित्ता शेयर जारी गरेर साढे ३ अर्ब रुपैयाँ संकलन गर्ने कम्पनीको लक्ष्य छ । यो कम्पनीले १ सय रुपैयाँको शेयर मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर प्रतिशेयर ४३५ रुपैयाँमा आईपीओ जारी गर्दैछ ।
‘हामीले अहिलेसम्म गर्नुपर्ने लगानी गरिसकेका छौं । विदेशी प्रविधि भित्र्याइसकेको र कम्पनीमा गर्नुपर्ने मेहनत १६ वर्षदेखि गरिसकिएको छ । १० वर्षदेखि सिमेन्ट उत्पादन गरिरहेका छौं । ८ करोड बोरा सिमेन्ट बिक्री भइसकेको छ,’ घोराही सिमेन्ट इन्डस्ट्रिजका वित्त प्रमुख अनिल अग्रवालले भने ।
सिमेन्ट उद्योगमा हुने लगानी एक तहमा भइसकेपछि थप लगानी गर्दै उत्पादन सस्तो बनाउनतर्फ पनि लाग्नुपर्ने उनी बताउँछन् ।
घोराही सिमेन्ट पनि लागत कम गर्दै जान ऋणको भार घटाउने र रणनीतिकरूपमा लगानी गर्ने उद्देश्यले आईपीओमा गएको उनको तर्क छ ।
पछिल्लो समय चुनढुंगाबाट सिमेन्ट बनाउने १२/१५ वटा सिमेन्ट उद्योग छन् । बाँकी सबैले क्लिंकरबाटै सिमेन्ट उत्पादन गर्छन् ।
आफ्नै चुनढुंगामार्फत क्लिंकर उत्पादन गर्नेमध्येको एक प्रमुख कम्पनीमा पर्छ घोराही सिमेन्ट । धेरैजसो कम्पनीले यही कम्पनीबाटै क्लिंकर लिएर सिमेन्ट बनाउने गरेका छन् ।
पछिल्लो समय ठूला उद्योग आएसँगै सिमेन्टमा नेपाल आत्मनिर्भर हुन थालेको छ भने निर्यात पनि शुरू भएको छ । घोराही सिमेन्टले पनि नेपाली बजारमा आपूर्ति गर्दै निर्यातका लागि समेत तयारी गरिरहेको छ ।
यो कम्पनीले स्थानीय, वैदेशिक रोजगामा गएका नेपाली र कर्मचारीका लागि शेयर जारी गरिसकेको छ ।
यो कम्पनीले कर्मचारीका लागि मात्रै १६ करोड रुपैयाँको शेयर निकालेको थियो । कर्मचारीलाई ५ प्रतिशत कोटा दिइएको थियो ।
३२ करोड रुपैयाँ बराबरको शेयर वैदेशिक रोजगारीमा गएका नेपालीलाई जारी गरिएकोमा २६ करोड रुपैयाँ अर्थात (८० प्रतिशत)को आवेदन परेको थियो ।
कम्पनीले स्थानीयलाई पनि १६ करोड रुपैयाँको आईपीओे जारी गरेको थियो । यसको आईपीओ र प्रिमियमका कारण हुने लगानीको साइज ठूलो भएकाले सबै बिक्री नभएको बुझाइ अग्रवालको छ ।
यो कम्पनीले सर्वसाधारणका लागि आईपीओे जारी गर्दैछ । स्थानीयलाई भने यो कम्पनीले प्रतिशेयर ३५ रुपैयाँ छूट दिएर शेयर जारी गरेको थियो ।
घोराही सिमेन्टको वित्तीय अवस्था
चालू आव २०७९/८० को पहिलो ६ महिनासम्म घोराही सिमेन्टको प्रतिशेयर नेटवर्थ २ सय २७ रुपैयाँ १० पैसा छ । यसको जगेडा कोषमा ४ अर्ब २ करोड २९ लाख रुपैयाँ छ । चुक्ता पुँजी ३ अर्ब १७ करोड ७५ लाख रुपैयाँ छ । आईपीओे निष्काशनपछि चालू आवमै घोराही सिमेन्टले ११ रुपैयाँ ६५ पैसा प्रतिशेयर आम्दानी पुर्याउने लक्ष्य राखेको छ ।
घोराहीले प्रिमियममा संकलन गरेको रकम शेयर प्रिमियम खाताअन्तर्गत राखेर गणना गर्ने भएकाले यसले कम्पनीको नेटवर्थ बढाउन सहयोग गर्छ । यसको ऋण ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ छ । कम्पनीले आव २०७८/७९ मा २१ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो ।
आईपीओे निष्कासनपछि चालू आवमै यसको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा पुग्ने अनुमान गरिएको छ । कम्पनीको जगेडा कोषको रकम ७ अर्ब १३ करोड ३० लाख रुपैयाँ पुग्ने कम्पनीले अनुमान गरेको छ । आईपीओे निष्कासनबाट घोराही सिमेन्टको ७ अर्ब ५४ करोड रुपैयाँ ऋण ४ अर्ब २७ करोडमा झर्ने भएको छ ।
यो कम्पनीले अगामी वर्ष नै ४६ करोड २८ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपणसमेत गरेको छ ।
केयर नेपालले घोराही सिमेन्टको आईपीओेलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम रहेको भनेर बुझाउँछ ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...