×

NMB BANK
NIC ASIA

आशा जगाउने कांग्रेस चाहिएको छ : गगन थापा

विराटनगर | जेठ ३०, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निराश भएका युवालाई आशा जगाउने कांग्रेस चाहिएको बताएका छन् ।

Muktinath Bank

मोरङको विराटचोकमा कांग्रेसको निर्वाचन क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले भोलिको बारेमा आशा देखाउन नसक्ने नेतृत्व पार्टीका कार्यकर्ता र शुभचिन्तकले नचाहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कमजोर पार्टीको महामन्त्री हुनुभन्दा बलियो पार्टीको कार्यकर्ता हुनु वेश भएको उनले बताए । उनले सभापति शेरबहादुर देउवाले नेतृत्व परिवर्तनका लागि मार्गप्रशस्त गर्नुपर्ने समेत बताए ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा जानु अगाडि विराटनगर विमानस्थलमा उनले सभापति देउवाले पार्टी र प्रधानमन्त्रीमा आश गर्न नहुने बताएका थिए ।

Vianet communication

भोलिको बारेमा आशा देखाउन नसक्नु नेतृत्वको कमजोरी रहेको थापाले बताए । उनले आगामी चुनावको चिन्ताभन्दा पनि काम गर्नुपर्ने बताएका छन् ।
 
‘२०८४ सालको चुनाव गाह्रो छ भने हाम्रै पार्टीका नेता कार्यकर्ताले भनेको सुनेको छु । ३२९ पालिकामा कांग्रेसले जितेको छ । ५ प्रदेशमा ठूलो दल हाम्रो नै छ । केन्द्रमा पनि कांग्रेस सबैभन्दा ठूलो दल हो,’ थापाले भने, ‘चुनाव लड्न पार्टी स्थापना भएको हैन । समस्यालाई चिन्छ र आशा जगाउँछ । कांग्रेस अभिभावक हो । २०८४ सालको निर्वाचनमा मेयरको टिकट पालिकाका कार्यकर्ता र वडाका उम्मेदवारको तय वडाले नै गर्न पाउनुपर्छ । अनि कसरी कांग्रेसले जित्दैन हेरौं !’ उनले भने । 

महामन्त्री थापाले कार्यकर्तालाई निराश नहुन समेत आग्रह गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x