×

NIC ASIA

शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारी बन्यो आईसीटी

झापा | जेठ ३१, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

शिक्षण सिकाइ क्रियाकलापमा आईसीटी (सूचना र सञ्चार प्रविधि) को प्रयोग प्रभावकारी देखिएको छ ।

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आईसीटीको प्रयोग गर्दै पठनपाठन गराउन शुरू गरेसँगै विद्यार्थीको चाप उच्च रहेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) मार्फत नेपाल सरकारले मोहनमाया माध्यमिक विद्यालयलाई आईसीटी कक्षा सञ्चालनका अनुमति प्रदान गरेसँगै अहिले विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुने गरेको छ । 


Advertisment
Rupse Holidays
Nabil box

नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ देखि यो विद्यालयलाई आईसीटी कक्षा सञ्चालनका लागि आर्थिक सहयोग पुर्याएसँगै परम्परागत पठनपाठनको शैलीलाई परिमार्जन गर्दै स्मार्ट प्रविधिबाट पठनपाठन हुँदै आएको छ । जसका कारण विद्यार्थीलाई सिकाउन र उनीहरूलाई बुझ्न समेत सहज भएको विद्यालयका शिक्षक कविता सापकोटाले बताइन् ।

Vianet communication

विद्युतीय उपकरण प्रयोग गर्दै प्रोजेक्टरको माध्यमबाट पठनपाठन गराउँदा शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थी बढी सक्रिय देखिने हुँदा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहज भएको बताइएको छ । ‘शिक्षकको अनुपस्थितिमा समेत विद्यार्थी आफैंले आईसीटीको प्रयोग गर्दै नयाँ–नयाँ कुरा सिक्न सक्ने भएको हुँदा यो शिक्षण विधि प्रभावकारी देखिएको हो,’ सापकोटाले भनिन् ।
  
इभेन्ट परियोजनाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ल्याप्टप, प्रोजेक्टर, सीसी क्यामेरा, कम्प्युटर, डीभीआर, एलभीआरजस्ता विद्युतीय उपकरण खरिदमा सहयोग पुर्‍याएको विद्यालयका सूचना अधिकारी समेत रहेका शिक्षक डम्मरुवल्लभ ओझाले बताए ।

विद्यालयमा इभेन्ट परियोजना सेकेन्ड सञ्चालनमा आएसँगै शिक्षण सिकाइ क्रियाकलापमा सहज र विद्यार्थीको आचारण र आनीबानीमा समेत परिवर्तन आएको ओझाको भनाइ छ । मोहनमाया मावि जिल्लाकै नमूना विद्यालयमध्येमा पर्छ । यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या १ हजार ७०० छ । 

इभेन्ट परियोजनाले आईसीटी कक्षा सञ्चालनका लागि विद्यालयलाई ३० लाख ६२ हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए । विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनमा उत्साहित देखिएका हुन् । प्रविधिको अधिकतम् प्रयोग गर्दै पठनपाठन शुरू गरेसँगै विद्यालयमा अध्ययन गर्न निजी विद्यालय त्यागेर आउने विद्यार्थी धेरै छन् । 

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप झेलिरहेका कतिपय सामुदायिक विद्यालयका लागि यो विद्यालय प्रेरणादायी विद्यालयका रूपमा परिचित छ । यो विद्यालयको शैक्षिक गुणस्तरका विषयमा जानकारी लिन देशका विभिन्न विद्यालयबाट अवलोकनका लागि समेत आउने गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

जेठ १३, २०८१

काठमाडौंको लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टले शिक्षा क्षेत्रमा उत्कृष्ट शिक्षण सिकाइको पद्धति खोज्ने अभिप्रायले एकदिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कलेजले सामाजिक दायित्वअन्तर्गत शिक्षण सिकाइको उत्कृष्ट पद्धत...

जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x