×

NMB BANK
NIC ASIA

मधेस प्रदेश सरकारले ल्यायो रु ४४ अर्बको बजेट

धनुषा | असार १, २०८०

NTC
Premier Steels

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि रु ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री सञ्जय यादवले आज प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गरे ।

Muktinath Bank

प्रदेश सरकारले आगामी आवका लागि चालुतर्फ रु १८ अर्ब २१ करोड ७६ लाख १४ हजार (४१.३० प्रतिशत) र पुँजीगततर्फ रु २५ अर्ब ६९ करोड ७० लाख १८ हजार (५८.२५ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ रु २० करोड (०.४५ प्रतिशत) बजेट विनियोजन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रस्तुत बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र सिँचाइलाई प्रमुख प्राथमिकतामा राखिएको छ । प्रस्तुत बजेटअनुसार मधेस प्रदेशमा किसानलाई कार्ड वितरण गर्दै विदेश भ्रमणका लागि बजेट विनियोजन गरिएको छ । 


Advertisment
Nabil box
Kumari

‘हरेक खेतमा पानी, किसानलाई आम्दानी’ अभियानअन्तर्गत सिँचाइका लागि निःशुल्क विद्युत् सेवा उपलब्ध गराउन रु ४० करोड बजेट विनियोजन गरिएको छ । 

Vianet communication

आगामी आवमा ‘एक टोल, एक सामूहिक कृषि उत्पादन’, ‘एक वडा, एक विशेष उत्पादन’ र ‘एक पालिका, एक उत्पादन क्षेत्र नमूना कार्यक्रम’का लागि रु १० करोड बजेट विनियोजन गरिएको छ । 

बजेटमा युवालाई कृषिमा लाग्न प्रोत्साहन गर्ने, मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि रु १५ करोड, नमूना कृषि खेतीका लागि रु १० करोड, कृषिमा आत्मनिर्भर हुनका लागि १० वर्षे गुरुयोजना बनाउन रु ५० लाख, कृषिउपज बजार सेड निर्माणका लागि रु दुई करोड ४० लाखसहित कृषिका लागि रु दुई  अर्ब ६२ करोड ८५ लाख २७ हजार बजेट बिनियोजन गरिएको छ । 

कृषि प्रणालीलाई आधुनिकीकरण, व्यावसायीकीकरण र यान्त्रिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न रु २५ करोड बजेट विनियोजन गरिएको छ ।

मुख्यमन्त्री किसान उत्थान कार्यक्रमअन्तर्गत कृषि, दुग्ध, मासु, कम तौल तथा उच्च मूल्य भएका उत्पादन प्रवद्र्धनका लागि रु १५ करोड, अधुरो अपूरो रहेका वा सञ्चालनमा नरहेको डीप ट्युववेल, स्यालो ट्युववेल, पावर ड्रिल बोरिङलाई यसैवर्ष सञ्चालनमा ल्याई सिँचाइको प्रबन्ध गर्न रु ३० करोड बजेट विनियोजन गरिएको छ ।
    
मानव संशाधन विकासको क्षेत्रमा प्रत्येक जिल्लाका  ११ वटा विद्यालयलाई नमूना विद्यालयको रुपमा क्षमता विकास, कन्या आवासीय कलेज स्थापना, सांकेतिक भाषा तथा ब्रेललिपीका पाठ्यपुस्तक पढाउनका लागि दक्ष शिक्षकको व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।

अति विपन्न तथा सिमान्तकृत घर परिवारका लागि एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गरिने पनि बजेटमा उल्लेख छ । ‘चुरे जोगाउ मधेस बचाउ’, ‘हर एक मानिस एक वृक्ष लगाउँ’ कामका लागि रु तीन करोड ‘जहाँ बाटो त्यहाँ रुख, त्यसले ल्याउँछ परम सुख’, जस्ता अभियानहरु सञ्चालनमा ल्याउन रु १५ करोड, ‘हरित सहर स्वच्छ सहर’ अभियानका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ ।

मधेस प्रदेशभित्रका सांस्कृतिक तथा धार्मिक महत्वका सम्पूर्ण नदी नालाका पहिचान गरी सोको संरक्षण र सम्वद्र्धनका लागि सङ्घीय र स्थानीय तहसँग समन्वय गरी प्रदेश प्रमुख नदीनाला नियन्त्रण तथा जल संरक्षण कार्यक्रम सञ्चालन गर्न रु ३० करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेशको स्वास्थ्य सेवालाई भरपर्दो र विश्वसनीय बनाउन सिरहा जिल्लाको प्रादेशिक अस्पताललाई १५० शय्याको रुपमा स्तरोन्नति गरिने बजेटमा उल्लेख छ । लहान, जलेश्वर, मलगङ्वा, गौर र कलैयास्थित प्रादेशिक अस्पतालाई एक सय शय्याको रुपमा स्तरोन्नति गर्न आगामी आर्थिक वर्षमा गर्ने व्यवस्था मिलाएको छ । यसका लागि भौतिक पूर्वाधार र जनशक्तिको उपलब्धता सुनिश्चित गर्न रु ३० करोड विनियोजन गरिएको छ ।

प्रदेशस्तरमा बाल अस्पताल स्थापना तथा सञ्चालनका लागि सङ्घीय सरकारको समन्वय तथा सहकार्यमा निर्माणको सुरुवात गर्न रु पाँच करोड बजेट विनियोजन गरिएको छ । 

बारा जिल्लाको झिटकैयामा सरुवा रोग अस्पताल निर्माण गर्न रु दुई करोड विनियोजन गरेको छु । क्यान्सर रोगको उपचारका लागि प्रदेशमा क्यान्सर अस्पताललाई थप सुदृढीकरणका लागि रु १० करोड विनियोजन गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x