×

NMB BANK
NIC ASIA

पालिकामा गाडी किन्ने होड

गाउँको सिंहदरबारमा सवारी मोह : कतै रहर, कतै बहानामा गाडी किन्दै जनप्रतिनिधि

बुटवल | असार ७, २०८०

NTC
Premier Steels

गुल्मीको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीलाई यसअघिका जनप्रतिनिधिले चढ्दै आएको गाडी मन परेन ।

Muktinath Bank

लु १ झ ४६६ नम्बरको बोलेरो गाडी छाडेर खत्रीका लागि लु १ झ ७७२ नम्बरको नयाँ गाडी किनिएको छ । त्यसका लागि गाउँपालिकाले ५८ लाख रूपैयाँ खर्च गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले पुरानो गाडी कार्यालय प्रयोजनका लागि प्रयोग भएको र नयाँ गाडी अध्यक्षले चढ्दै आएको बताए ।


Advertisment
Nabil box
Kumari

‘हाम्रो पालिका ग्रामीण क्षेत्रमा पर्छ,’ भुसालले भने, ‘पुरानो गाडी अनुगमनका लागि प्रयोग भइरहेको छ, नयाँ गाडी अध्यक्षज्यू चढ्नुहुन्छ ।’

Vianet communication

खत्री नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । चन्द्रकोट बाग्लुङको दक्षिणी भेगसँग जोडिएको पालिका हो ।

****

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को प्रतापपुर गाउँपालिकाले पनि गएको  वैशाखदेखि ५९ लाख रूपैयाँ खर्चेर स्कोर्पियो एस फाइभ नामक लु ३ च ७३५३ नम्बरको गाडी किनेको छ । पुरानो लु १ झ ३७० नम्बरको गाडी मर्मत खर्च धेरै आएको भन्दै नगरसभाको १२ औं बैठकबाट निर्णय गराएर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवका लागि नयाँ गाडी किनेको हो ।

यादव नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् । ३७० नम्बरको गाडी मर्मतमा गाउँपालिकाको २० लाख र बिमा कम्पनीको २० लाख गरी ४० लाख रूपैयाँ खर्च भयो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले लाखौं रूपैयाँ खर्चिएर गाडी मर्मत गरी सञ्चालनमा आए पनि राम्रोसँग नचलेपछि नयाँ गाडी किनिएको बताए ।

‘पुराना गाडी दुर्घटना भएपछि खर्च थामिनसक्नु आउँदा नयाँ गाडी किन्नका लागि गएको कात्तिकदेखि प्रक्रिया अघि बढाएका थियौं,’ घिमिरेले भने, ‘नयाँ गाडी अध्यक्षज्यू चढ्नुहुन्छ । पुरानो गाडीचाहिँ नगर प्रहरीले प्रयोग गर्छन् ।’

घिमिरेले थपे, ‘हामी मितव्ययी छौं । अप्ठ्यारो परिस्थितिमा पनि गाडी किन्न बाध्य भएका हौं ।’

पालिकामा अहिले चारवटा गाडी सञ्चालनमा छन् । 

****

कपिलवस्तुको मायादेवी गाउँपालिकाले पनि एक वर्षअघि नयाँ गाडी खरिद गरेको छ ।

अघिल्लो कार्यकालका अध्यक्ष बजरंगी चौधरी चढ्ने लु १ झ ४०० नम्बरको स्कोर्पियो गाडी अज्ञात समूहले आगजनी गरेको बहानामा पालिकाले नयाँ गाडी थपेको हो ।

नयाँ किनिएको लु १ झ ६७२ नम्बरको गाडी अहिले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादव चढ्छन् ।

‘अघिल्लो अध्यक्ष चढ्ने गाडी कामै नलाग्ने गरी अज्ञात समूहले आगजनी गरेपछि नयाँ गाडी किनिएको रहेछ,’ यादवले भने, ‘म आउनुभन्दा अगाडि गाडी किनिएको रहेछ । अहिले त्यो गाडी मैले प्रयोग गर्दै आएको छु ।’ 

****

दाङको बंगलाचुली गाउँपालिकाले पनि यसअघिका अध्यक्ष चढ्ने गाडी अज्ञात समूहले आगजनी गरेको बहानामा नयाँ गाडी किनेको छ ।

निवर्तमान गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको गाडी पार्किङस्थलमा आगजनी भएपछि नयाँ गाडी किनिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले नयाँ गाडी किनेको स्वीकारे ।

****

प्युठानको स्वर्गद्वारी नगरपालिकाले मेयर टेकप्रसाद भण्डारीलाई नयाँ गाडी खरिद गर्ने निर्णय गरेको थियो । तर, संघीय सरकारबाट बजेट कम परेपछि गाडी किन्ने निर्णयबाट पछि हटेको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम गैरेले बजेट अनुदान संघबाट कम आएपछि नगर प्रमुखका लागि गाडी किन्ने निर्णय स्थगित भएको बताए । 

‘हामीले अहिले केही गाडी भाडामा लिएर काम चलाएका छौं,’ गैरेले भने, ‘नयाँ गाडी किन्न सक्ने अवस्था रहेन ।’

केही पहाडी जिल्लाका पालिकाहरूले भाडामा पनि गाडी प्रयोग गरेका छन् । मासिक १ लाख रुपैयाँभन्दा बढी भाडा तिर्ने गरी गाडी प्रयोग गर्ने गरेका छन् । 

अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठानलगायतका ग्रामीण भेगमा पर्ने पालिकाहरूले भाडामा गाडी लिएर प्रयोग गर्ने गरेका छन् । 

पालिकाहरूले दुई पाङ्ग्रे सवारी (मोटरसाइकल/स्कूटर)मा पनि अत्यधिक रकम खर्चिएका छन् ।

पालिकाका सबैजसो कर्मचारीहरू मोटरसाइकल/स्कूटर चढ्ने गर्छन् । हरेक वडाअध्यक्ष पनि सरकारी मोटरसाइकल चढ्ने गरेका छन् । जसले गर्दा पालिकाको इन्धन खर्चमा मात्रै मासिक लाखौं रूपैयाँ हुने गरेको छ ।

पालिकाका कर्मचारी र पदाधिकारीका लागि सरकारी धन फुर्मासमै सकिएको छ ।

मितव्ययिता अपनाउने आफ्नै घोषित नीतिलाई पन्छाएर स्थानीय सरकारहरूले आवश्यकता र देशको आर्थिक क्षमताको ख्यालै नगरी सवारी साधनमा राज्यकोषको रकम खर्च गरिरहेका छन् ।

सुशासनविद् खेमराज रेग्मीले विभिन्न नाममा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले भौतिक सुविधा लिनु शोभनीय नहुने बताए ।

‘सुविधाभोगी हुनु भनेको संविधानको भावना विपरीत हो,’ रेग्मीले भने, ‘आवश्यकता र औचित्यविना खरिद गरिएको रहेछ भने महालेखा परीक्षकले पनि हेर्न सक्छ । जुन पार्टीमा निर्वाचित भएर जनप्रतिनिधि बनेका हुन्, ती पार्टीले पनि फजुल खर्च गर्न हुँदैन भनेर सचेत गराउनुपर्छ ।’

जनप्रतिनिधि सुविधाभोगी बन्दा जनतामा व्यवस्थाप्रति नै वितृष्णा जाग्ने रेग्मीको भनाइ छ । 

नयाँ गाडी किन्ने त छँदैछ, पुराना सवारी साधनको मर्मत र इन्धनमा पनि अस्वाभाविक खर्च भइरहेको छ । वर्षौं अगाडि बिग्रिएको भनेर थन्क्याइएको गाडी समेत मर्मत र इन्धन नाममा खर्च देखाएर अनियमितता हुने गरेको कतिपय कर्मचारी नै बताउँछन् ।

लुम्बिनी प्रदेशमा १०९ वटा स्थानीय तह छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x