×

विश्वासको मतको तयारीमा हिक्मत कार्की

धरमरमा कोशीको एमाले सरकार : मुख्यमन्त्रीलाई जसपाको आश, विपक्षीलाई पनि छैन सहज

विराटनगर | असार १३, २०८०

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारको भविष्य छिनोफानो यही साता हुँदैछ । संसद् अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएका कार्कीले बिहीवार संसद्बाट विश्वासको मत लिन प्रयास गर्ने भएका छन् ।

जेठ ३१ गतेदेखि कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य गरिएको थियो । १५ दिनपछाडि बिहीवार अर्को अधिवेशन शुरू हुँदैछ । बिहीवार नै विश्वासको मतका लागि प्रयास गर्ने मुख्यमन्त्री कार्कीले बताएका छन् ।


Advertisment

नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आइलागेको हो । 


Advertisment

जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले जेठ १७ गते स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनले प्रदेशसभा बैठकमै विश्वासको मत फिर्ता लिएको घोषणा गरेकी थिइन् । सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री कार्कीले असार १५ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । 

वर्तमान सरकारको नेतृत्व गरेको दल नेकपा एमालेसँग ४० र सरकारमा सहभागी भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६ मत छ । सरकारलाई बहुमतका लागि थप एक सांसद आवश्यक पर्छ । राप्रपाले अहिलेकै सरकारलाई विश्वासको मत दिने बताउँदै आएको छ । राप्रपाले मत दिँदा पनि कार्की नेतृत्वको सरकारलाई बचाउन थप १ सांसद आवश्यक पर्छ । 

मधेश प्रदेशमा जसपा सरकारलाई विनाशर्त विश्वासको मत दिएकाले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई सहयोग गर्ने विश्वासमा मुख्यमन्त्री कार्की रहेका छन् ।

अहिलेको सरकार बचाइराख्नका लागि एक सीट चाहिएकाले एक सीट भएको दलले आफूलाई सहयोग गर्ने मुख्यमन्त्री कार्की बताउँछन् । कोशी प्रदेशमा जसपासँग एक सीट मात्रै छ । कोशी प्रदेशमा ९३ सदस्यीय प्रदेशसभा छ ।

जसपाका केन्द्रीय सदस्य समेत रहेका पूर्व प्रदेशसभा सदस्य जयराम यादवले केन्द्रको गठबन्धन प्रदेशमा मान्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । उनको यो भनाइले पनि कोशी प्रदेशमा राजनीतिक तरंग ल्याउन मद्दत पुगेको छ । ‘केन्द्रदेखि तलसम्म नै एउटै गठबन्धन बनाउनु पर्छ भन्ने छैन,’ उनले भने, ‘जे निर्णय पनि हुन सक्छ ।’

जसपाकी प्रदेशसभा सदस्य निर्मला लिम्बूले पार्टीले कुनै निर्णय नगरेकाले अहिले नै आफूले यसै भन्न नसक्ने बताइन् । प्रदेशसभाको बिहीवार बस्ने पहिलो बैठकमा बजेटसम्बन्धी प्रदेश विनियोजन अध्यादेश र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश टेबुल हुनेछ । त्यसपछि विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत हुने सम्भावना छ । 

जसपाले साथ दिने आशामा मुख्यमन्त्री कार्की भोलि नै विश्वासको मत लिने तयारीमा जुटेका हुन् । तर, दुई दिनअघि मात्रै काठमाडौंमा बैठक बसेर विपक्षी गठबन्धनले विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरेको छ । उक्त बैठकमा निर्मला समेत सहभागी थिइन् ।

संसद्को गणितमा आफू बलियो भएमा प्रस्ताव लाने, नत्र राजीनामा दिने तयारीमा मुख्यमन्त्री रहेको एमालेकै सांसदहरूले बताएका छन् । प्रस्ताव फेल भए अहिलेको सरकार स्वतः ढल्नेछ र नयाँ सरकारका लागि बाटो खुल्नेछ । 

यता विपक्षी गठबन्धनलाई पनि सरकार गठन गर्न आवश्यक ४७ सांसद सभामुखबेगर पुर्‍याउन मुस्किल छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका (सभामुखसहित) १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका एकजना सांसद छन् । 

सभामुखलाई सरकार निर्माण प्रक्रियामा सहभागी गर्न मिल्ने वा नमिल्ने भन्ने अन्योलले कोशी प्रदेशको राजनीति थप जटिल र रोचक बनेको छ । 

विपक्षी गठबन्धनमा रहेका दलहरू सरकारले विश्वासको मत प्राप्त नगरेमा ४७ जनाको नामसहित सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष अनुरोध गर्ने तयारीमा छन् । 

तर, एमालेले भने सभामुखको नाम राखेर सरकारका लागि दाबी गर्न नमिल्ने बताउँदै आएको छ । त्यसो गरिएमा संसद् अवरुद्ध गर्ने तथा अदालत जाने एमालेको तयारी देखिन्छ ।

प्रदेश प्रमुखलाई पेश गर्ने संख्यामा सभामुखलाई समावेश नगर्दा विपक्षी गठबन्धनसँग पनि ४६ जना मात्र सांसद रहने छन् । 

वर्तमान सरकार ढलेपछि नयाँ सरकार बन्न नसकेमा वा बनेको सरकारले विश्वासको मत लिन नसकेमा संविधानको धारा १६८ (३) बमोजिम संसदमा सबैभन्दा बढी सदस्य रहेको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने मत एमालेले व्यक्त गरिरहेको छ । कोशी प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा एमाले हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई विपक्षी गठबन्धनलाई सहयोग गरेको अवस्थामा भने सरकार गठन प्रक्रिया सहज बन्ने छ । 

तर, राजेन्द्र लिङ्देन र एमाले अध्यक्ष केपी शर्मा ओलीको सहकार्यको राजनीति गाँठो फुकाउन त्यही सहज भने छैन । दुवैले एकअर्काको सहयोगमा चुनाव जितेका थिए । फेरि हुने चुनावमा पनि उनीहरूबीच समीकरणको सम्भावना छ ।

राप्रपाले नयाँ बन्ने गठबन्धन सरकार वा जसपाले अहिले कायम सरकारलाई समर्थन नगरेमा कोशीको राजनीति गणित सुल्झिन सक्ने देखिन्न । त्यस्तो अवस्थामा मध्यावधि निर्वाचनतर्फ समेत धकेलिनसक्ने चिन्ता छ । 

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

x