×

NMB BANK
NIC ASIA

पुँजीगत खर्चको दुरावस्था

खर्च नहुने आयोजनामा बर्सेनि अर्बौं बजेट, आर्थिक वर्षको अन्त्यमा धमाधम सरेन्डर र रकमान्तर

काठमाडाैं | असार २२, २०८०

NTC
काठमाडौं–तराईं द्रुतमार्ग। तस्वीर/नेपाली सेना
Premier Steels

सरकारले विनियोजन गर्ने पुँजीगत बजेटमध्ये बर्सेनि करिब आधा रकम खर्च हुँदैन । सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा देशभरको विकास निर्माण गर्न ३ खर्ब ८० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । पुँजीगत शीर्षकमा छुट्याइएको बजेटमध्ये असारको २२ गतेसम्म १ खर्ब ८० अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । यो कूल पुँजीगत बजेटको ४७ प्रतिशत हो ।

Muktinath Bank

चालू आर्थिक वर्ष सकिन एक साता मात्रै बाँकी छ । एक साताको अवधिमा हुने खर्च, खर्चको भुक्तानी र खर्च भएका आयोजनाको विवरण संकलन गरेर अन्तिम विवरण समावेश गर्नै बाँकी भएको अर्थ मन्त्रालयले जनाएको छ । सबै विवरण समावेश भएपछि यो वर्ष पनि गत वर्षकै हाराहारीमा पुँजीगत बजेट खर्च हुने अर्थ मन्त्रालयको दाबी छ । यो वर्ष पनि कम्तीमा ५५ प्रतिशत विकाश बजेट खर्च हुने मन्त्रालयको अनुमान छ । ‘गत वर्षकै हाराहारीमा खर्च हुन्छ होला तर, यो खर्च चालू आवमा विनियोजित विकास बजेटको आधा भने पुग्दैन । बजेट विनयोजन गर्ने तर खर्च गराउन नसक्नु हाम्रो कमजोरी हो,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्ष सरकारले विनियोजन गरेको ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत खर्चमध्ये ५७ प्रतिशतमात्रै खर्च भएको थियो । गत वर्ष विकास बजेटमध्ये एक खर्ब ६२ अर्ब रुपैयाँ खर्च हुन नसकेको अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।


Advertisment
Nabil box
Kumari

खर्च नहुने आयोजनाको रकम सरेन्डर गरेर रकमान्तर
आर्थिक वर्ष सकिन लाग्दा खर्च नहुने आयोजनाले सरेन्डर गर्न थालेका छन् । खर्च नहुने आयोजनाले चैत्रदेखि नै अनुमान गर्दै बजेट सरेण्डर गर्ने गरेका छन् । त्यही बजेटलाई खर्च हुने र भइरहेको अर्को आयोजनामा तान्ने गरेको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ । खर्च नहुने आयोजनाबाट खर्च हुने आयोजनामा बजेट तान्नु स्वाभाविक प्रक्रिया भएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए । 

Vianet communication

चालू आवमा खर्च गर्न नसकेर बजेट सरेन्डर हुने आयोजनामध्ये सबैभन्दा धेरै काठमाडौं–तराईं द्रुतमार्ग आयोजना छ । काठमाडौं–तराईं द्रुतमार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ । यसका लागि विनियोजित बजेटमध्ये १२ अर्ब रुपैयाँ सरेन्डर भएको प्रवक्ता शर्माले बताए । 

सरकारले द्रुतमार्ग बनाउन चालू आर्थिक वर्षमा ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । यो बजेटमध्ये १८ अर्ब रुपैयाँ खर्च गरेर बाँकी बजेट अर्थ मन्त्रालयललाई नै फिर्ता गरेको हो । आयोजनामा सेनाले २०८३ सम्म निर्माण सक्ने लक्ष्यका साथ काम गरिरहेको छ । 

आयोजनाले यसपाली २१ अर्ब ५७ करोड रुपैयाँ बजेट खर्च गर्ने अनुमान अर्थ मन्त्रालयले गरेको थियो । तर, अनुमान जति पनि बजेट खर्च हुन सकेन । यही अनुमानका आधारमा आगामी आर्थिक वर्ष २०८०/८१ मा पनि आयोजनामा २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये नेपाल सरकारले १ अर्ब ९७ करोड रुपैयाँ खर्च गर्ने र बाँकी २० अर्ब ५२ करोड रुपैयाँ सरकारले वैदेशिक ऋणबाट जुटाउने उल्लेख छ । 

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि चालू आर्थिक वर्षमा ७ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमा आधा रकम पनि खर्च नभएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार आयोजनाबाट खर्च नहुने २ अर्ब रुपैयाँ सुनकोशी मरिन डाइभर्सन आयोजनामा रकमान्तर भइसकेको छ ।

बूढीगण्डकी आयोजना बनाउन जग्गा अधिग्रहण र मुआब्जा सहितमा विनियोजन भएको रकम चालू आर्थिक वर्षको लागि जम्मा ३ अर्ब २८ करोड रुपैयाँ मात्रै खर्च हुने अनुमान गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बने बजेट विनियोजन नै गरिएको छैन ।

सरकारले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लागि चालू आर्थिक वर्षमा २ अर्ब ७१ करोड रुपैयाँ बजेट मात्रै विनियोजन गरेको थियो । यो आयोजनाले भने ३ अर्ब २१ करोड खर्च गरिसकेको अनुमान अर्थ मन्त्रालयको छ । थप खर्च गर्न सक्ने आयोजना भएकोले बूढीगण्डीकीले खर्च गर्न नसकेको रकम मरिन डाइभर्सन आयोजनामा रकमान्तर भएको अर्थ मन्त्रालको भनाइ छ । यो आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ४ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तो बजेटमध्ये ३ अर्ब २ करोड रुपैयाँ त वैदेशिक ऋणबाट मात्रै जुटाउने उल्लेख छ ।

आयोजना सम्पन्न भएर पानी आउन थालिसके पनि बाढीका कारण प्रभावित बनेको मेलम्ची खानेपानी आयोजनाका लागि सरकारले चालू आर्थिक वर्षमा ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमा ६० करोड रुपैयाँमात्रै खर्च भएको अनुमान अर्थ मन्त्रालयको छ । आयोजनाबाट पनि २० करोड रुपैयाँ कम्तीमा समर्पण भएको अर्थका अधिकारी बताउँछन् ।  

खर्च नभएका आयोजनाबाट यो वर्ष मदन मण्डारी राजमार्गको लागि करिब १ अर्ब रुपैयाँ रकमान्तर भएर आएको छ । यो आयोजनाको लागि सरकारले २ अर्ब ९१ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको भए पनि खर्च भने ३ अर्ब ५३ करोड रुपैयाँ भएको अर्थ मन्त्रालयको अनुमान छ । बजेट निकासाभन्दा बढी रकम खर्च भएकोले यो आयोजनालाई अर्को खर्च नभएको आयोजनाबाट रकमान्तर गरेर ल्याएको अर्थ मन्त्रालयको भनाइ छ । 

अर्थ मन्त्रालयका अनुसार बजेट खर्च नभएर मध्यपहाडी राजमार्गले करिब ३ अर्ब रुपैयाँ सरेण्डर गरेको छ । यो आयोजना निर्माण गर्न सरकारले चालू आर्थिक वर्षका लागि ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट जम्मा ५ अर्ब रुपैयाँ मात्रै खर्च भएर बाँकी रकम फिर्ता आएको अर्थ मन्त्रालयको भनाइ छ । यो आयोजनाले खर्च गर्न नसकेको रकम अर्को कुनै आयोजनामा रकमान्तर भएको भए पनि कुनमा कति भयो भन्ने यथार्थ विवरण भने संकलन हुन बाँकी रहेको अर्थ मन्त्रालयको भनाइ छ । 

अर्थ मन्त्रालयका अनुसार सरकारले उत्तर–दक्षिण राजमार्ग बनाउन चालू आवमा विनियोजन गरेको ४ अर्ब ६९ करोड रुपैयाँमध्ये २ अर्ब रुपैयाँ खर्च भएको छैन । यो आयोजनाले चालू आर्थिक वर्षमा २ खर्ब ९४ करोड रुपैयाँ मात्रै खर्च गरेको अनुमान अर्थ मन्त्रालयले गरेको छ । आयोजनाले खर्च गर्न नसकेको र २ अर्बभन्दा बढी बजेट सरेन्डर हुने भएपछि अर्थ मन्त्रालयले आगामी आवको लागि ३ अर्ब ६० करोड रुपैयाँ मात्रै बजे खर्च गर्ने सीमा दिएको छ । 

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि ६ अर्ब बजेट विनियोजन भएको हुलाकी राजमार्गले पनि २ अर्ब खर्च गर्न नसकेर बजेट सरेण्डर भएको छ । आयोजनाले चालू आवमा ४ अर्ब मात्रै बजेट खर्च गर्ने भएपछि आगामी वर्षको लागि भने ३ अर्ब ४८ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ । सरकारले ठूला पूर्वाधारको लागि प्रशस्त बजेट विनियोजन गरे पनि समयमै ठेक्का गर्न नसक्नु, साइट क्लियर नहुनु र जग्गा विवादलगायत कारणले खर्च हुन नसकेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x