×

NIC ASIA

सुडानी अर्धसैनिक बलको सहरमा लुटपाट र आतङ्क

काठमाडाैं | असार २२, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

सुडानको अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ)का बन्दुकधारीहरूले शुक्रबार एक दुर्गम शहरमा आक्रमण गरेको र गोली चलाउनु अघि लुटपाट गरेको प्रतक्षदर्शीले जनाएका छन् । 

मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफले करिब तीन महिनादेखि जनरल अब्देल फत्ताह अल बुरहानको नेतृत्वको आधिकारिक सेनासँग लडिरहेको छ । जारी द्वन्द्वले कम्तीमा तीन हजार व्यक्तिको ज्यान लिइसकेको छ र लाखौं विस्थापित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तरी कोर्डोफानको राजधानी एल–ओबेदबाट ५० किलोमिटर उत्तरपूर्वमा रहेको बारामा आरएसएफले ‘बैंक र सार्वजनिक भवनहरू लुटिरहेको’ सहरका केही प्रत्यक्षदर्शीले नाम उल्लेख नगर्ने शर्तमा बताए । 


Advertisment
Rupse Holidays
Nabil box

अर्का स्थानीय अब्देलमोहसेन इब्राहिमले भने, ‘हामी आतङ्कित भएका छौं, उनीहरूले जथाभावी गोली हान्ने र लुटपाट गरिरहेका छन् भने सरकारी सेना र प्रहरी कतै पनि देखिएका छैनन् । यदि सेनाले एल–ओबेदबाट आउन खोज्यो भने पनि आरएसएफले एल–ओबेद–बारा सडकबाट उनीहरूलाई आउन दिएको छैन । ''

Vianet communication

खार्तूमबाट ३५० किलोमिटर दक्षिणमा रहेको एल–ओबेद एक रणनीतिक व्यवस्थापकीय सामानहरूको जोहो गर्ने एक व्यावसायिक केन्द्र हो । यहाँ विमानस्थल र खाद्य भण्डारणका लागि विशाल गोदामहरू छन् ।

गत अप्रिल १५ देखि जारी द्वन्द्व राजधानी खार्तुम, उत्तरी कोर्डोफान र डार्फरको विशाल पश्चिमी क्षेत्रमा केन्द्रित छ । ती स्थानहरूमा संयुक्त राष्ट्रसङ्घले ‘मानवताविरुद्धको अपराध’ हुन सक्ने चेतावनी दिएको छ ।

धेरै नागरिकहरूले आरएसएफले उनीहरूविरुद्ध हिंसात्मक कार्यहरू गरेको आरोप लगाएका छन्, जबकि सशस्त्र बलहरूले उनीहरूको सुरक्षाको लागि थोरै मात्र गरेको आरोप लगाएका छन् ।

युद्ध सुरु भएदेखि आरएसएफले आवासीय क्षेत्रमा बेस स्थापना गरेको छ भने सेनाले आफ्नो हवाई सेवाको लाभ उठाउन संघर्ष गरिरहेको छ ।

आरएसएफले नागरिकहरूलाई उनीहरूको घरबाट बाहिर निकाल्न बाध्य पारेको, सवारी साधनहरू जफत गरेको, अन्य सम्पत्ती लुटेको र महिलाहरूलाई बलात्कार गरेको आरोप लगाइएको छ ।

खार्तूम र डार्फरमा स्थानीय समय अनुसार बिहीबार रातिसम्म पनि हवाई आक्रमण, भारी गोलाबारी र जमिनमा भिडन्तसहित नयाँ भिडन्त भएको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x