×

NMB BANK
NIC ASIA

दुई नम्बर प्रदेशको चुनावमा भारतीय अपराधी प्रयोग हुने डर

कात्तिक २०, २०७४

NTC
Premier Steels

जनकपुरधाम, २७ भदौ – राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाए पनि प्रदेश नम्बर दुईमा असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न खाले सुरक्षा चुनौतीहरू देखा परेका छन् ।

दुई नम्बर प्रदेश अन्तर्गतको धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका मेयरका उम्मेदवारको घरमा २३ भदौमा अज्ञात समुहद्वारा बम बिस्फोट गराइयो । धनुषाधाम नगरपालिकाको राप्रपाका मेयरका उम्मेदवार प्रेक्षा शाह मल्लको घरको कम्पाउण्डमा बिस्फोट गराइएको थियो । धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालका अनुसार विस्फोटबाट कुनै मानवीय क्षति नभएको र घरको कम्पाउण्डमा विस्फोट भएको थियो । घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

निर्वाचनको लागि उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ता गर्नु भन्दा एक दिन अघि २० भदौ राति ८ बजेको समयमा बर्दिवासमा अज्ञात समुहद्वारा वम विस्फोट गराइयो । बर्दिवास नगरपालिका कार्यालयको कम्पाउण्ड वाहिर वालुवा राखिएको ठाउमा सो विस्फोट गराइएको थियो ।

टिफिन भित्र तार, विस्फोटक पदार्थ, बम पडकाउने स्विच, वालुवा र पावर सकेट लगायतको जडित सो बम पड्केर सामान्य आवाज आएको र टिफिनको ढक्कन उछिटिएको प्रहरी अनुसन्धानबाट पाइएको थियो ।

बम पुर्णरुपमा विस्फोट हुन नसकेकोले कुनै क्षति भएन । प्रहरीको अनुमानमा यस्ता गतिविधि बिप्लव समुहले गराएको हुन सक्ने भएपनि त्यसबारेमा ठोस पत्ता लाग्न सकेको छैन । विगतमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन अघि पनि विप्लव समुहका कार्यकर्ताहरु निर्वाचन विथोल्ने उद्देश्यले विस्फोटक पदार्थ सहित परिचालित भएको बेला रंगेहात पक्राउ परेका थिए ।

त्यसैले असोज २ को निर्वाचनलाई विथोल्नका निम्ति विप्लव समुहबाट केही प्रयास हुन सक्ने सम्भावना रहेपनि प्रहरी त्यसलाई सामना गर्न तयार रहेको प्रहरीको भनाई छ । संघीय प्रहरी इकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक सुभाष चन्द्र चौधरी भन्छन, ‘बिप्लव समुह पनि ठुलो चुनौति होइन । आक्कल झुक्कल कहिँ कतै बम विस्फोट गराई जनतालाई त्रसित पार्ने विप्लव समुहको योजना रहेपनि ठुलै घटना घटाउने सम्भावना भने छैन । विप्लवको योजनालाई विफल पार्न तिनका कार्यकर्ताहरु माथि निगरानी बढाइएको छ ।’

खुल्ला सीमाका कारण भारतीय अपराधीको घुसपैठ हुने शंका

नेपाल र भारतसँगको खुला सीमा रहेका प्रदेश नं. २ को आठ वटै जिल्लाहरुमा उम्मेदवार तथा राजनीतिक दलहरुले भारतका अपराधिहरुलाई प्रयोग गर्न सक्ने सुरक्षा अधिकारीहरुले आंकलन गरेका छन् ।
विगतका चुनावहरुमा समेत दलहरुले भारतीय अपराधिहरुलाई प्रयोग गर्ने गरेको प्रवृति रहेका कारण स्थानीय तहको चुनावमा समेत दल वा उम्मेदवारहरुले त्यस्ता अपराधिहरुलाई प्रयोग गर्न सक्ने हुनाले सुरक्षा निकाय अत्यन्तै सचेत तथा सजग रहेको छ ।

संघीय प्रहरी इकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक सुभाष चन्द्र चौधरी भन्छन्, ‘खुल्ला सीमा भएका कारण भारतका आपराधिक प्रवृतिका मानिसहरुले समेत नेपालमा प्रवेश गर्न सक्ने हुनाले तिनीहरुको प्रवेश रोक्नका निम्ति सीमा क्षेत्रमा सुरक्षा कडा बनाइएको छ ।’

चुनाव हुनुभन्दा ७२ घण्टा अघि देखि नै नेपाल भारतको नाका सिज गरिने भएपनि त्यस अघि भारतीय अपराधिहरु नेपालमा प्रवेश गर्न नसकुन भन्ने उद्देश्यले भारतसँगको सुरक्षा अधिकारीहरुसँगको काउन्टर पार्ट मिटिङ्गमा समन्वय गरिएको छ ।

एसएसपी चौधरी भन्छन, ‘भारतमा पनि आपराधिक गतिविधि गर्ने व्यक्तिहरु माथि भारतीय सुरक्षाकर्मीहरुले निगरानी बढाएका छन् । त्यस्तो गतिविधि गर्ने व्यक्तिहरुलाई भारतमै नियन्त्रणमा लिईने भारतीय सुरक्षाकर्मीहरुले आश्वस्त पारेका छन् ।’

आन्तरिक असुरक्षा

सुरक्षाकर्मीहरुका अनुसार निर्वाचनका क्रममा देखिएको तेस्रो सुरक्षा चुनौति भनेको उम्मेदवारहरु बीच आ आफैमा हुन सक्ने झडप, द्वन्द्व तथा हिंसाका घटनाहरु हुन् । एसएसपी चौधरी भन्छन, ‘निर्वाचनका क्रममा उम्मेदवारहरुलाई धाक धम्की, अपहरण गर्न सक्ने, भौतिक आक्रमण गर्न सक्ने, एक आपसमा झड्प हुन सक्ने सुरक्षा चुनौति छ । त्यसको लागि पनि सुरक्षा तयारी पर्याप्त गरिएको छ ।’ कुनै पनि ठाउँमा एकै बखत एकै स्थानमा उम्मेदवारहरुको तथा राजनीतिक दलहरुको चुनावी सभा तथा कार्यक्रम हुन नदिने भनेर सम्बन्धित जिल्लाहरुमा जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरी सुरक्षाकर्मीहरुलाई निर्देशन दिइएको छ ।

बाढीले गर्दा कतिपय ठाउँमा बाटो घाटो राम्रो सँग मर्मत नभएकोले मतदान केन्द्रसम्म निर्वाचन सामग्री ओसार
पोसार गर्न चुनौति देखिएको छ । एसएसपी चौधरीका अनुसार तत्काल बाटो निर्माण गर्ने काममा नेपाली सेना खटेकाले पछि उक्त समस्या पनि समाधान हुने, यदि अन्तिम समयसम्म पनि बाटो बन्ने अवस्था नआए ट्याक्टरबाट भएपनि निर्वाचन सामग्रीहरु पठाइनेछ ।

कस्तो छ सुरक्षा तयारी ?

दुई नम्वर प्रदेशको आठ जिल्लामा हुन लागेको स्थानीय तहको चुनावका ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरीले २६ हजार जनशक्ति चुनावी सुरक्षामा परिचालन गरेको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले करीब ८ हजार जनशक्ति चुनावमा परिचालन गरेको छ । नेपाली सेनाले झन्डै १८ हजार सुरक्षाकर्मी चुनावमा परिचालन गर्ने जनाएको छ । भदौ १८ गते जनकपुरमा गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा दुई नम्बर प्रदेशका संवेदनशील क्षेत्र, चुनावी सुरक्षा र सुरक्षाकर्मीको परिचालन लगाएका विषयमा छलफल भएको थियो ।

मतदानस्थल, मोवाइल परिचालन, रिजर्व फोर्स, निर्वाचन कार्यलय सुरक्षा र प्रहरीका कार्यलय सुरक्षासहित चुनावभर दुई नम्वर प्रदेशमा २६ हजार एक सय ५० प्रहरी परिचालन हुनेछन् । ती मध्ये २१ हजार चार सय २८ जना प्रहरी मतदान केन्द्रको सुरक्षामा खटिने छन् ।

दुई नम्वर प्रदेश संघीय इकाई कार्यलयका अनुसार सप्तरीमा ३ हजार ९ सय ३५, सिरहामा दुई हजार सात सय ६५, धनुषामा चार हजार पाँच, महोत्तरीमा तीन हजार ८४, सर्लाहीमा तीन हजार सात सय ७३, रौतहटमा तीन हजार एक सय ६, वारामा तीन हजार दुई सय ७८ र पर्सामा दसई हजार एक सय ६९ प्रहरी चुनावी सुरक्षामा परिचालन हुनेछन् ।

प्रहरीले चुनावी सुरक्षाका लागि गाउँपालिकामा दुई वटा, उपमहानगर र नगरपालिकामा तीन वटा तथा महानगरपालिकामा चार वटा मोबाइल फोर्स परिचालन गर्ने योजना बनाएको छ ।

सुरक्षा निकायले मतदानस्थलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजित गरेको छ । यहीँ अनुसारको सुरक्षा व्यवस्था गरेको छ । दुई नम्वर प्रदेशका ८ जिल्लाका दुई हजार १ सय ६६ मतदानस्थल मध्ये एक हजार तीन मतदानस्थलाई अति संवेदनशील सूचिमा राखिएको छ । जिल्लागत हिसवाले हेर्दा धनुषामा २ सय २२ अति संवेदनशील र एक सय पाँच संवेदनशील मतदानस्थल छन् । त्यसबाहेक सिरहामा १ सय ९ अति संवेदनशील, ९ संवेदनशील र २ सामान्य मतदानस्थल छन् । सप्तरीमा २ सय ६ अति संवेदनशील,२ सय ३५ संवेदनशील मतदानस्थल छन् । सर्लाहीमा १ सय ४१ अति संवेदनशील, १ सय ५१ संवेदनशील र २५ सामान्य मतदानस्थल छन् । यसबाहेक पर्सामा ३७ अति संवेदनशील, ८९ संवेदनशील र १५ सामान्य मतदानस्थलका रुपमा लिइएको छ । वारामा ६६ अति संवेदनशील, १ सय २९ संवेदनशिल र १ सय ९ सामान्य मतदानस्थल छन् । रौतहटमा ८२ अति संवेदनशील, ८७ संवेदनशील र १ सय ८ सामन्य मतदानस्थल छन् ।

तीन घेरामा सुरक्षा

निर्वाचनमा सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी ४ वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन् । मतदान केन्द्र, मतदान अधिकृत, मतदान स्थलमा खटिएका कर्मचारी, मतपेटिका, मत पत्र, मतदान गर्न आउने मतदाता, उम्मेदवारहरु लगायतको सुरक्षाको दायित्व नेपाल प्रहरीकै रहेका कारण नेपाल प्रहरीको भुमिका मुख्य रहेको एसएसपी चौधरी बताउँछन् ।

एकिकृत सुरक्षा योजना अनुसार निर्वाचनमा खटिएको सुरक्षाकर्मीहरुको लागि संयूक्त रुपमै सुरक्षा योजना निर्माण गरिएको हो ।

जिल्ला सुरक्षा समितिहरुको निर्णयहरुबाट विभिन्न जिल्लाहरुमा अतिसम्बेदनशिल, संवेदनशिल र सामान्य गरी तीन क्याटेगोरीमा मतदान केन्द्रहरुलाई बर्गीकरण गरिएको छ । सोही आधारमा सुरक्षाकर्मीहरुको जनशक्ति व्यवस्थापन, हातहतियार व्यवस्थापन, संचार साधन तथा सवारी साधनहरुको व्यवस्थापन गरिएको छ ।

जिल्लाहरुमा छुट्टै रिजर्व टोली, संघीय प्रहरी इकाईमा छुट्टै रिजर्व टोली राख्नुका साथसाथै जिल्लाहरुमा मोवाईल टोली खटाइएको छ । म्यादी प्रहरीको ठाउँमा विभिन्न जिल्लाहरुबाट थप मद्दत झिकाई नेपाल प्रहरीलाई परिचालन गरी जनशक्ति व्यवस्थापन गरिएको छ ।

उपमहानगरपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा २० जना सुरक्षाकर्मीहरुको टोली जिल्लामा रिजर्व राखिएको छ । त्यसैगरी नगरपालिकाहरुमा ७/७ जनाको ३ वटा र गाउँ पालिकामा २ वटा मोवाईल टोली खटाइएको छ ।

धनुषामा मात्रै ४८ वटा, महोत्तरीमा ४० वटा र सर्लाहीमा ५१ वटा गरी ३ जिल्लाका लागि कुल १ सय ३९ वटा मोवाईल टोली खटाइएको छ ।

असोज २ गते दुई नम्वर प्रदेशका १३६ स्थानीय तहमा चुनाव हुँदैछ । जसमा एक महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । यहाँबाट ६६२७ प्रतिनीधि निर्वाचित हुनेछन् ।

यहाँ मतदानस्थल २१६६ र मतदान केन्द्र ३५७८ छन् । चुनाव गराउन ३१ हजार पाँच सय कर्मचारी खटिएका छन् । २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् ।

धनुषामा १८ स्थानीय तह, १६९ वडा, ३२७ मतदानस्थल, ५३२ मतदान केन्द्र र तीन लाख ८९ हजार ३ सय ९१ मतदाता छन् । महोत्तरीमा १५ स्थानीय तह, १३८ वडा, २५८ मतदानस्थल, ४१५ मतदान केन्द्र र तीन लाख ८ हजार ४ सय ९ मतदाता छन् । सर्लाहीमा २० स्थानीय तह, २ सय वडा, ३१८ मतदानस्थल, ५०१ मतदान केन्द्र र ३ लाख ६६ हजार ६०० सय मतदाता छन् । रौतहटमा १८ स्थानीय तह, १५७ वडा, २७७ मतदानस्थल, ४३४ मतदान केन्द्र र ३ लाख २१ हजार १८ मतदाता छन् ।

बारामा १६ स्थानीय तह, १६७ वडा, ३०३ मतदान स्थल, ४५८ मतदान केन्द्र र तीन लाख ३४ हजार सात सय ४६ मतदाता छन् । पर्सामा १४ स्थानीय तह, ११२ वडा, १६७ मतदानस्थल, ३४४ मतदान केन्द्र र २ लाख ८० हजार २१२ मतदाता छन् ।

सप्तरीमा १८ स्थानीय तह, १६४ वडा, २९५ मतदानस्थल, ४६२ मतदान केन्द्र र तीन लाख ३१ हजार ६ सय ७९ मतदाता छन् । सिरहामा १७ स्थानीय तह, १६४ वडा, २२१ मतदानस्थल, ४३१ मतदान केन्द्र र तीन लाख ३२ हजार ८ सय ९५ मतदाता छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x