माघ २९, २०८०
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
काठमाडाैं | असार ३०, २०८०
सन् २०१५ देखि कतारमा बसोवास तथा रोजगारी गर्दै आएका सुदर्शन भण्डारीले एनआरएनए एनसीसी कतारको कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
आफ्ना १० बुँदे प्रतिबद्धता जारी गर्दै भण्डारीले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
हाल मानव सेवा आश्रम कतारको कोषाध्यक्ष समेत रहेका भण्डारीले कतारमा रहेका नेपाली श्रमिकहरूको हकहित र आर्थिक सुरक्षाका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
नुवाकोट स्थायी ठेगाना भएका भण्डारी परिवारसहित कतारमा बसोवास गर्छन् ।
हेर्नुहोस्, १० बुँदे प्रतिबद्धता :
१) कोषमा रहेको रकम अपचलन हुन नदिन र धेरैभन्दा धेरै अर्थ संकलन गरी नेपालमा नै कतारबाट फर्किएका श्रमिकहरूका लागि रचनात्मक क्षेत्रमा लगानीमा प्रोत्साहन दिई समाजलाई अधिकतम लाभ उठाउने प्रकृतिका अभ्यासका लागि
२) कुनै पनि देशमा विना तालिम या विना सीप जाने प्रवृत्ति रोक्न मागका साथै दलालका बिगबिगी रोक्न
३) ४०/६० अनुपातमा कोषको रकम विभाजन गरी कम्तीमा तत्कालीन १०० व्यक्तिलाई रोजगारी र कम्तीमा ५००० जना लाभान्वित हुने योजना प्रक्षेपणका लागि
४) पाँच वर्षभित्रमा सो योजना नेपालको विभिन्न जिल्लामा कम्तीमा १००० जनालाई रोजगारी र तत् संस्थाको चुक्ता पुँजी १ अर्ब बनाउनका लागि
५) परिषदलाई राजनीति, षड्यन्त्र र किचलोबाहिर राखी समझदारी र सौहार्दपूर्ण वातावरणमा सेवा प्रदान गर्ने संस्थाको रूपमा विकास गर्नका लागि
६) जिल्ला र सीटीईभीटीसँग समन्वय गरेर हरेक जिल्लामा एक-एक तालिम केन्द्र स्थापना गरी विदेश आउने हरेक नेपाली श्रमिकहरूले प्राविधिक शिक्षा र तालिम प्राप्त गरी सर्टिफाइड बनाई अर्धदक्ष क्षेत्रमा धेरै भन्दा धेरै तलबमा आउन सक्ने स्थिति सिर्जनाको पहल गर्न
७)कतारमा श्रमका लागि आउने हरेक नेपालीले वर्षको १० रुपैयाँ जम्मा गर्ने र ती रकम संकलन गरी विदेशबाट नेपाल फर्किएका नेपालीहरूका लागि स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्नुका लागि पूर्वाधार खडा गर्न
८) एनसीसी कतारमा हुने गरेका विविध कार्यक्रमका अनावश्यक खर्च कम गरी त्यसबाट बचत रकम कतारमा रोजगारीका साथै पत्रकारिता र कलाकारिता गरिरहनु भएकाहरूलाई निश्चित पारिश्रमिक तोकी उचित व्यवस्थापन गर्ने र सकेसम्म स्थानीय कलाकार नै प्रयोग गरेर कार्यक्रम गराउने परिपाटी सिर्जना गर्न
९) एनसीसी श्रमिकमुखी बनाउनका लागि अनलाइन फारम भर्न नसक्ने नेपालीलाई सहयोग होस् भन्ने दृष्टिले राजदूतावासलाई आग्रह गरी एनआरएनए कतारको प्रतिनिधि या अन्य स्रोतको एक सहयोगी र फोटोकपी मेसिन राख्नका लागि पहल गर्न
१०) महिनाको एकपटक लेबर क्याम्पहरूमा भिजिट गरी वस्तुस्थिति खोज्न र नाजुक अवस्था देखिएमा सम्बन्धित निकायमा खबर गरी उचित व्यवस्थापनका लागि दबाब दिन ।
र, अन्त्यमा, परिषदको उद्देश्यप्राप्तिका लागि आवश्यक सबैखाले काम गर्न ।
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...