×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगारीको आवरणमा मानव तस्करी

ओमानमा ५ लाखमा बेच्न ‘सेनिटरी प्याड’मा कागज लुकाएर उडाइन्छन् नेपाली महिला

काठमाडाैं | साउन ४, २०८०

NTC
Premier Steels

नेपाली महिलाहरू ‘सेनेटरी प्याड’मा कागजात लुकाएर ओमान पुग्छन् र त्यहाँ ५ लाख रुपैयाँमा बेचिन्छन् भन्दा पत्याउनुहुन्छ ? पत्याउनुहुन्न भने पनि अब पत्याउनैपर्ने भएको छ ।

Muktinath Bank

करीब २ वर्षअघि ओमान पुगेकी एक महिलाले दलालको चंगुलबाट फुत्किएपछि मस्कटस्थित नेपाली दूतावासमा दिएको उजुरीले यस्तो रहस्य खुलाएको हो । आफूलाई त्यसरी ओमान पुर्‍याउने र उता ‘रिसिभ’ गर्ने दलाल नेपाली नै रहेको उनको उजुरीमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालबाट घरेलु कामदारका रूपमा ओमान जान पाइँदैन । त्यसकारण भारतबाट घरेलु कामदारको स्वीकृति लिएर त्यस्तो कागजात सेनिटरी प्याडमा लुगाएर लैजाने गरेको पाइएको हो । नेपालबाट भने उनीहरू ‘क्लिनर’को श्रम स्वीकृति लिएर जाने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

ती महिलाले उजुरीमा भनेकी छन्–

Vianet communication

‘मलाई २०२२ मार्च ९ (२०७८/११/२५) गतेका दिन सलाम एयरमार्फत काठमाडौंबाट उडाइएको हो । एयरपोर्ट जानुभन्दा अघि एजेन्ट विमलाले सेनेटरी प्याडको भित्री भागमा ग्लुस्टिकले टाँसेर एउटा कागज राखी प्याकेट बन्द गरिदिइन् । यो प्याड लुकाएर राख्नू, प्लेन उडेपछि ट्वाइलेटभित्र गएर प्याडभित्रको कागज निकालेर ओमानको एअरपोर्टमा देखाउनू र दुबईको सबै कागज अनिवार्यरूपमा राम्रोसँग च्यातेर ट्वाइलेटमा फालिदिनू भनी सिकाइन् । 

मस्कट विमानस्थलमा पुगेपछि तिमीहरूलाई लिन अरबी बुर्का लगाएको नेपाली बोल्ने मानिस आउँछन् । फोटो पठाइसकेका छौं, उनीहरूले चिन्छन्, गएर भेट्नू, सबै सेटिङ मिलाएका छौं भनेकी थिइन् । हामीहरूले त्यहीअनुसार गर्‍यौं । हामी करीब २५ जनामध्ये दुईजनालाई एअरपोर्टबाट नै फर्काएको कुरा मैले पछि सुने । हामी बाँकी करीब २३ जना महिलाहरू सबैसँग हाते ब्याग मात्र थियो । पासपोर्टमा छाप लगाएर सरासर बाहिर गयौं । शायद उनीहरूले हाम्रो पेपर भिसा निकालेको हुनाले रोकतोक गरेनन् ।

मस्कट एअरपोर्टको बाहिर हामीलाई लिन अरबी बुर्का लगाएकी एक नेपाली महिला आइन् र कतिजना छौ भनेर सोधिन् । दुईवटा गाडीमा राखेर म्यानपावरको अफिसमा पुर्‍याइन् । पछि थाहा पाउँदा हामीलाई लिन लिया भन्ने कविता श्रेष्ठ आएकी रहिछन् (पासपोर्टमा नाम अर्कै पनि हुन सक्छ) ।

अहिले पनि यस्तो समस्या विद्यमान रहेको पाइएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बताए । ‘अहिले पनि नेपाली दलालहरूले यहाँबाट अर्कै कामको श्रम स्वीकृति लिएर ओमान लैजाने गरेको पाएका छौं,’ महानिर्देशक अधिकारीले बताए । 

विभागले आइतवार, सोमवार र मंगलवार गरी ३ दिनमा १५६ जनालाई फिर्ता गरिदिएको छ । त्यसमा नक्कली भिसा भएका, कागजात नपुगेका र शंकास्पद लागेकाहरू रहेको महानिर्देशक अधिकारीले बताए । कागज नपुगेका कतिपय यात्रु कागज पुर्‍याएर पुनः गएको अध्यागमन विभागले जनाएको छ । 

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले परराष्ट्र मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि उनीहरूलाई रोकिएको हो ।

अध्यागमन विभागका अनुसार पछिल्लो समय नेपालबाट गएका कतिपय दुबई एयरपोर्टबाट फिर्ता भएका पनि छन् । सन् २०२३ जुन २४ तारिखमा एक जनालाई दुबई एयरपोर्टबाट नक्कली भिसा भनी फिर्ता गरिएको थियो । फ्लाइट नम्बर एफजेड ५७४ उडानमार्फत दुबई र त्यहाँबाट फ्ल्याइट नम्बर एफजेड १७४५ नम्बरको उडानबाट सर्बिया जान लागेका ती व्यक्तिलाई दुबईबाट फिर्ता गरिएको थियो । फिर्ता पठाएको पत्रमा ‘फेक भिसा फर सर्बिया’ भनेर उल्लेख गरिएको छ ।

पछिल्लो एक हप्तामा मात्रै ४ जना दुबई एरपोर्टबाट फिर्ता आएको अध्यागमन विभागले जनाएको छ ।

पछिल्लो समयमा नेपालले श्रम स्वीकृति दिएको कुवेत जान लागेका व्यक्तिहरूलाई समेत शंका लागेर फिर्ता गरेको निर्देशक अधिकारीले बताए । 

फिर्ता गरिनुको कारणसहितको एउटा पत्र लोकान्तरले फेला पारेको छ । 

‘वैदेशिक रोजगारीका लागि कुवेत प्रस्थान हुन आएकोमा निजले पेश गरेको भिसा लागेको नदेखिएको साथै निजको भिसा एप्लिकेसन स्टाटसमा रिजेक्ट देखिएको हुँदा प्रस्थान अनुमति नदिइएको,’ भनेर उक्त पत्रमा उल्लेख गरिएको छ ।

null

मस्कटस्थित नेपाली दूतावासका अनुसार ओमानमा असार २५ गतेसम्ममा २२ हजार ४१८ जना नेपाली बस्दै आएका छन् । त्यसमध्ये ८ हजार ३ सय २५ महिला कामदार जोखिममा रहेको परराष्ट्र मन्त्रालयमा दूतावासले पठाएको पत्रमा उल्लेख गरिएको छ । 

दूतावासले २५ गतेसम्ममा घरेलु कामदारको रूपमा रहेका १७७ जना महिलालाई नेपाल पठाएको छ । अहिले पनि उद्धार गरिएका २७ जना महिला दूतावासको सेल्टरमा छन् । तीमध्ये १३ जनालाई तत्काल नेपाल फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ ।

'क्लिनर'को काम भनेर घरेलु कामदारका रूपमा ५ लाखमा बेचिन्छन् नेपाली महिला

नेपालबाट ‘क्लिनर’को श्रम स्वीकृति लिएर ओमान पुर्‍याई नेपाली महिलाहरूलाई घरेलु कामदारका रूपमा बिक्री गर्ने गरेको उजुरी ओमानस्थित नेपाली दूतावासमा परेको छ । त्यो उजुरीअनुसार नेपालबाट क्लिनरको भिसामा श्रम स्वीकृति लिइन्छ ।

त्यससँगै दलालहरूले भारतबाट ‘हाउसमेड’को स्वीकृति पनि लिने गरेका हुन्छन् । ‘हाउसमेड’को कागजात विमानस्थलमा देखाएमा यहीँबाट जान पाइँदैन, त्यसैले उनीहरू ‘क्लिनर’को स्वीकृति देखाएर उड्छन् ।

ओमान पुग्नुभन्दा अगाडि ट्वाइलेटमा छिरेर नेपालमा देखाइएको कागजात च्यात्न लगाइन्छ र महिलाहरूले सेनेटरी प्याडमा लुकाएर लगेको कागजात ओमानस्थित विमानस्थलमा देखाउँछन् ।

विमानस्थलमा लिन आउने महिलाले १५/२० दिनसम्म सबैलाई एकसाथ राख्ने गरेकी छन् । त्यसपछि घरेलु कामदारका रूपमा जनही ५ लाख रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको दूतावासले परराष्ट्रमा पठाएको पत्रमा उल्लेख छ ।

‘महिलाहरूलाई दलालले ५ लाखमा बिक्री गरेको र उनीहरूलाई फिर्ता पठाउने प्रक्रिया गर्दा त्यो पैसा तिरेर मात्रै ल्याउनुपर्ने बाध्यता छ,’ पत्रमा भएको व्यहोरालाई उल्लेख गर्दै अध्यागमन विभागका एक अधिकारीले लोकान्तरसँग भने ।

ओमानी अदालतले नै घरेलु कामदारलाई फिर्ता लैजाँदा पैसा फिर्ता गर्नुपर्ने आदेश गरेकाले समस्या रहेको ती अधिकारीले बताए ।

पछिल्लो समय कुवेतको भिसा लगाएर समेत ओमान लैजाने गरेको पाइएको छ । नेपालबाट कुवेतको सबै प्रक्रिया पूरा गरेर लैजान्छन् । साउदी अरबमा लामो ट्रान्जिट पारेर त्यहाँबाट ओमानको भिसा मिलाई त्यसतर्फ लैजाने गरेको समेत पाइएको अध्यागम विभागले जनाएको छ ।

छानबिन गर्न निर्देशकको नेतृत्वमा ६ सदस्यीय समिति

अध्यागमन विभागले कुबेत जान लागेका व्यक्तिहरूलाई फिर्ता गरिएपछि यस विषयमा थप अनुसन्धान गर्न निर्देशकको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

निर्देशक खिमराज भुसालको नेतृत्वमा गठित समितिमा अन्य ५ सदस्य छन् । समितिले एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ ।

‘हामीले छानबिनका लागि ६ सदस्यीय समिति बनाएका छौं । अहिले समितिले काम गरिरहेको छ । एक हप्तामा प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्छौं,’ अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x