×

NMB BANK
NIC ASIA

फिल्मको कार्यक्रममा पुगेर योगेश भट्टराईले भने, – नेता र कलाकारको सम्बन्ध नङ र मासुको जस्तो

काठमाडाैं | साउन ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका सचिव योगेश भट्टराईले कलाकार र नेताको सम्बन्ध नङ र मासुको जस्तो हुने बताएका छन् । 

Muktinath Bank

बिहीवार फिल्म ‘ऐंचो पैंचो’को गीत रिलिज कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उनले नेता र कलाकारबीच राम्रो सम्बन्ध हुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तपाईंहरुको जमातमा म अलिकति नयाँ मान्छे हुँ बेग्लै फिल्डको । तर, हामी सबै नङ र मासुको सम्बन्ध भएका हौँ’ कार्यक्रममा भट्टराईले भने, ‘हाम्रो फिल्डले तपाईहरूलाई बोक्ने, तपाईहरूको फिल्डले हामीलाई बोक्ने । त्यसकारण एक अर्काको बीचमा धेरै नै राम्रो सम्बन्ध हुन्छ । तपाईहरूको असल कामहरूलाई हामीले जहिले पनि प्रोत्साहन गरेका हुन्छौं । समर्थन गरेका हुन्छौं ।’ 


Advertisment
Nabil box
Kumari

कृषा चौलागाईंको निर्देशनमा तयार ‘ऐंचो पैंचो’मा स्वस्तिमा खड्का, वर्षा राउत, सुशील सिटौला, मुकुन भुषाल लगायतको अभिनय छ । 

Vianet communication
Laxmi Bank

एमाले नेता भट्टराईले फिल्मको सार्वजनिक गीतले सबैलाई नचाउने विश्वास व्यक्त गरे । आफूहरूले धेरै फिल्म हेर्न नभ्याउने भएपनि पछिल्लो समय केही फिल्महरू हेरेको बताए । उनले अभिनेत्री स्वस्तिमा खड्काको तारिफ गर्दै उनको अभिनय रहेको फिल्म ‘चिसो मान्छे’ हेरेको बताए । 

‘स्वस्तिमाजी सबै खालको भूमिका खेल्न सक्ने कलाकार हुनुहुन्छ । उहाँको फिल्म चिसो मान्छे हेरेको थिएँ’ उनले भने, ‘काठमाडौंमै जन्मिनुभएको मान्छे, विकट बाजुरा कसरी पुग्नुभएको होला भन्ने लागेको थियो । पश्चिमतिरको भाषा बेग्लै खालको हुन्छ त्यो भाषामा पनि उहाँ त्यतिकै जम्नुभएको थियो ।’ 

भट्टराईले अभिनेत्री वर्षा राउतको फिल्म ‘छक्का पञ्जा २’ पनि हेरेको बताए । उनले नेपाली फिल्मलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै गत आर्थिक वर्षको कमाइलाई लिएर खुशी समेत व्यक्त गरे । 

‘छक्का पञ्जाले १७ करोड कमाइ गरेछ । इण्डियन फिल्म उद्योगको तुलनामा यो केही पनि होइन् । नेपाली फिल्म उद्योगमा त्यसले एकदमै राम्रो संकेत गरेको छ । दयाहाङजीको जारीले पनि १७ करोड कमाएछ’ भट्टराईले भने । उनले भदौ १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ऐंचो पैंचो’ हेर्न दर्शकलाई निम्ता समेत गरे । 

बिहीवार सार्वजनिक फिल्मको गीत ‘काले केटाले’मा आशिष अविरल र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x