×

NMB BANK
NIC ASIA

पर्यटक लोभ्याउने ‘लोदेन’ : दर्जनौं पोखरी, सम्झिनलायक आतिथ्यता

काठमाडाैं | साउन १३, २०८०

NTC
Premier Steels
  • सन्तोष पुर्कुटी

जो कोहीलाई पनि दैनिक जीवनको चहलपहल र कोलाहलबाट केही दिन, केही समय टाढै बसौँ लाग्छ । प्रकृतिसित रमाउने सबैको रहर हुन्छ । 

Muktinath Bank

प्रकृतिसित रमाउँदै पदयात्रा गर्ने इच्छा धेरैको हुन्छ । शान्त परिवेश खोज्दै हुनुहुन्छ भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित लोदेन क्षेत्र तपाईंका लागि आकर्षक गन्तव्य हुन सक्छ । जहाँ विभिन्न जातीय संस्कार, संस्कृति र परम्परालाई बुझ्दै र अनुभव गर्दै पुग्न सकिन्छ । पापुङको प्रवेशद्वारका रूपमा रहेको साँवास्थित फुङफुङे झरनाको अवलोकन गर्दै पैदल यात्रा गरी पुगिने लोदेनमा दर्जनौँ पोखरी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट फुङफुङे झरनासम्म सवारीसाधन नियमित चल्छन् । उक्त झरनादेखि पैदल यात्रा गर्नुपर्छ । फुङफुङे झरनादेखि हिँडेपछि बेलुकी बास बस्न शेर्पा समुदायको बाक्लो बसोबास रहेको सिम्बुकमा पुगिन्छ । जहाँ शेर्पा समुदायको संस्कार र संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइन्छ ।


Advertisment
Nabil box
Kumari

सिम्बुकमा होटल छैनन् । तर शेर्पा समुदायले त्यहाँ पुगेका पाहुनालाई जातीय परम्पराअनुसार स्वागत सत्कार गरी राख्छन् । परम्परागत शैलीमा बनेका घरभित्र ओछ्याइएका गलैँचाले जति न्यानो बनाउँछ उति नै उनीहरूको जातीय स्वागत सत्कारले हर्षित बनाउँछ । शेर्पा तथा भोटे समुदायले पुगेका पाहुनालाई खादा ओढाएर स्वागत गर्छन् भने सबैभन्दा पहिले उक्त समुदायमा प्रचलित चिया अर्थात् (सोज्या) पटक पटक थपेर खुवाउँछन् । ताप्लेजुङमा प्रचलित तोङ्वा, सुकुटी लगायतका शेर्पा समुदायले खाने परिकार यहाँ पाइन्छ । 

Vianet communication

यस्तै उक्त समुदायमै प्रचलनमा रहेको (धुन्ज्याङ) अर्थात् परम्परागत नाचगान र खानपान सहितको स्वागत कार्यक्रममा समेत सहभागी भई रमाउन पाइन्छ । धुन्ज्याङ विशेष गरी पाहुनाको स्वागतका लागि भोटे तथा शेर्पा समुदायमा चलनमा छ । सिम्बुक बस्तीमा शेर्पा समुदायको संस्कार, संस्कृतिभित्र रमाएपछि यहाँबाट बिहानै लोदेनको यात्रा शुरू हुन्छ । सिम्बुकका प्रायः मानिसका गोठ लोदेनमै भएकाले लोदेनमा पुग्दा बास बस्न सहज हुन्छ । सिम्बुकबाट आवश्यक परे यहाँका मानिसले नै लोदेनसम्म पुर्‍याई दिन्छन् । 

सिम्बुकदेखि धेरैजसो खोला किनारै किनार भएर झन्डै १० घण्टाको यात्रामा लोदेन खर्क पुगिन्छ । टेलिफोन, इन्टरनेटको पहुँचभन्दा बाहिरको यस क्षेत्रको यात्रा जो कसैका लागि अविस्मरणीय हुन्छ । कतै अग्ला पहाडका चुचुरा, कतै तराईका झैं लाग्ने फाँट, छङछङ गर्दै बग्ने खोला, खोल्सा, हिमाली चराचुरुङ्गीको गुञ्जन, वारिपारि देखिने सानाठूला झरना, सयौँ प्रजातिका वनस्पति र फूलले ढाकिएको प्रकृतिको सुन्दरता भित्र रमाउँदै यात्रा गर्दा प्रकृतिप्रेमीका लागि स्वर्गकै आभास हुने गर्छ । 

'दुर्गम हिमाली क्षेत्रको यात्रामा सावधानी अपनाउनुपर्छ,' यहाँ घुम्न आएका पोखराका रमेश गुरुङले भने, 'उच्च क्षेत्रमा चिसो, लेक लाग्नेलगायत समस्या छन्, यसलाई ध्यानमा राखेर औषधि र बाक्लो लत्ताकपडा बोक्नुपर्छ ।' भनेको ठाउँमा खाजा, खाना नपाइने, बिरामी भइहालेमा औषधि नपाइने भएकाले उक्त चुनौतीको सामना गर्न पूर्वतयारी गरेर यात्रा गर्नुपर्ने उनको भनाइ छ ।
 
सिम्बुकदेखि लोदेन खर्क नपुग्दासम्म हरेक एक घण्टाको दूरीमा प्रायः पाटीपौवा भेटिन्छन् । तिनै पाटीपौवामा आराम गर्दै साँझपख लोदेन खर्क पुगिन्छ । दिनभर हिँड्दाको थकान लोदेन खर्कको सुन्दरताले बिर्साइदिन्छ । दिनभर चरन क्षेत्रमा घुमेर गोठ नजिकै पुगेर उभिएका याक र चौँरी देख्दा लाग्छ आफूलाई नै स्वागत गर्न उभिएका होलान् । याक र चौँरीका गलामा रहेका घण्टी यताउति गर्दा टिङटिङ बजिरहेका हुन्छन् । तिनै पशुचौपायाको सुरक्षामा राखिने कुकुर भुकिरहन्छन् । 

'साँच्चिकै यो वातावरण लोभलाग्दो छ,' चितवनबाट घुम्न आएका विकास लामिछाने भन्छन्– 'लोदेन क्षेत्रमा पशुपालकको आतिथ्यता सम्झिनलायक छ ।' गोठमा तातोपानी खुवाएर उनीहरूले स्वागत गर्छन् । यहाँका गोठमा खान र बस्न पाइन्छ । गोठालासँगै बास बस्नुपर्ने हुन्छ । 'उनीहरूसित बस्दाको मज्जा छुट्टै छ । यो क्षेत्र घुम्न लायक छ,' उनले भने । 
     
करिब चार हजार मिटरको उचाइमा पर्ने लोदेन क्षेत्रमा सानादेखि ठूला दर्जनौँ पोखरी छन् । सुनपोखरी, लामपोखरी, कुहिने पोखरी अर्थात् (छ्योथाङ्गा), हाँस पोखरीलगायत पोखरीको यहाँ अवलोकन गर्न पाइन्छ । पोखरी आसपासमा केन्जो अर्थात् पदमचाल पनि छ । यहाँका पशुपालकले नै यो क्षेत्रमा घुम्न सहयोग गर्छन् । 

हिमाली क्षेत्रमा पाइने धुपी सल्ला, सुनपाती, भैरुङपातीको सुगन्ध त छँदैछ । तिनै पशुपालकले यार्सागुम्बा सङ्कलनको अनुभवसमेत सुनाउँछन् । सुनपोखरीबाट लाम पोखरीतर्फ जाँदा ताप्लेजुङस्थित पाथीभरा, मानाभारा, लुम्बासुम्बा, तोक्पेगोलाको तीनपोखरी रहेको क्षेत्रसमेत नियाल्न पाइन्छ । पापुङ जिल्लाको सबैभन्दा धेरै पोखरी रहेको क्षेत्र हो ।
 
पापुङका उच्च क्षेत्रहरू पोखरीले भरीभराउ छन् । जति जति घुम्यो उति नै सानाठूला पोखरीको अवलोक गर्न पाइने स्थानीय पानदोर्जी शेर्पाले बताए । सोदु पोखरी र भूत पोखरी पनि पापुङमै अवस्थित छन् । सयजरा, जटामसी, बिखमा, यार्सागुम्बा लगायतका जडीबुटी र विभिन्न जातका धुपी यहाँ पाइन्छन् । लोदेन हुँदै फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङ्चुङगोला जान सकिन्छ । लोदेन क्षेत्रमा उत्पादन हुने दूधजन्य पदार्थ, जडीबुटी ओलाङचुङगोला हुँदै तिब्बत निर्यात हुने गरेको छ । यसरी सयौँ पोखरीले भरिभराउ पापुङ क्षेत्रको प्रचारप्रसारसँगै यहाँ पुग्न आवश्यक भौतिक संरचनाको निर्माण गर्न सके पर्यटकको आगमन बढ्ने स्थानीय बताउँछन् ।
 
लोदेनसहित पापुङमै पर्ने तोक्पेगोला सहितका क्षेत्र पर्यटकलाई आकर्षित गर्ने पर्यटकीय क्षेत्रका रूपमा देखिए पनि प्रचारप्रसार र भौतिक संरचनाको अभावले गुमनाम जस्तै बनेको पर्यटन प्रवद्र्धनमा सहयोग गर्दै आका हेमराज निरौलाले बताए । निरौला लोदेन सहितका जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा केही वर्ष यतादेखि निरन्तर लाग्दै आएका छन् । 'प्रचारप्रसार पनि पर्यटन प्रवद्र्धनको मुख्य पाटो रहेछ, पटक पटक पापुङमा पुग्दा प्रचारप्रसारका गतिविधि चलाइयो, आजकल थुप्रै आन्तरिक पर्यटक घुम्नकै लागि जान थालेका छन्, तर प्रचारप्रसारले मात्र पुग्दैन, पैदल मार्गको निर्माणसँगै अन्य भौतिक संरचना निर्माणमा सबै निकायले ध्यान दिन आवश्यक छ,' निरौलाले भने ।
 
पापुङ पोखरी नै पोखरी भएको क्षेत्र भएकाले यसलाई मुलुकै नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पाले बताए । गुमनाममा रहेको पापुङ केही वर्षदेखि केही प्रचारप्रसारमा आएको उल्लेख गर्दै उनले यहाँको विकासमा सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । गाउँपालिकाभित्र फुङफुङे झरना सहितका थुप्रै पर्यटकीय क्षेत्र भएकाले स्थानीय सरकारले आफ्नो क्षमता अनुसारका गतिविधि गर्दै आएको र सङ्घीय सरकारसँग समेत पर्यटन प्रवद्र्धनका लागि छलफल भइरहेको उनले बताए ।

प्रायः शेर्पा समुदायको बसोबास रहेको हिमाली क्षेत्र पापुङ प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएकाले पर्यटन प्रवर्द्धनमा यस क्षेत्रले सहयोग पुग्ने स्थानीयवासीको विश्वास छ । पशुपालन व्यवसायसमेत यो क्षेत्रमा उल्लेख्य छ । पशुपालनसँगै जडीबुटी सङ्कलन तथा व्यापार यस क्षेत्रका मानिसको मुख्य पेसा हो । दुर्गम क्षेत्रका रुपमा लिइँदै आएको पापुङको तोक्पेगोला पुग्न सदरमुकामबाट दुई दिनको समय लाग्छ । यहाँबाट लोदेन पुग्न दुई दिन लाग्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x