असोज १३, २०८०
अहिले नेपाली युवामा नैराश्यता छ । स्वदेशमा केही गर्न सकिँदैन भनेर उनीहरू विदेश पलायन हुने क्रम जारी छ । यही भएको युवा पुस्ताको ठूलो जमात के गर्ने भन्नेमै अन्योलमा छ । तर, मेहनत गर्नेका लागि स्वदेशमै पनि अवसर...
जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा कार्यरत छन् प्रहरी उपरीक्षक (एसपी) दीपक पोख्रेल । उनले लामो समयदेखि कोशी प्रदेशलाई नै कार्यक्षेत्र बनाएका छन् ।
उनले जागिरको अधिकांश समय गृहप्रदेशमा नै बिताए । उनको घर झापा हो । वरिष्ठहरूले उनलाई ग्रामीण पुलिस पनि भन्ने गरेका थिए । प्रहरी उच्च अधिकृतहरूले ‘ग्रामीण पुलिस’ भनेर उनलाई जिस्काउन थालेपछि उनले काठमाडौं सरुवा मागेर जाने योजना बनाए ।
त्यतिबेला रोजेको ठाउँमा जान पाइन्थ्यो । ३ ठाउँमा रोज्न लगाएर रोजेका ठाउँमै पठाउने गरिएको थियो । उनले महाराजगञ्ज, दरबार मार्ग र सोह्रखुट्टे छानेका थिए । पहिलो नम्बरमा उनले महाराजगञ्ज रोजेका थिए । दोस्रो रोजाइ दरबारमार्ग र तेस्रोमा सोह्रखुट्टे थियो । उनले सोह्रखुट्टेमा सरुवा पाए ।
उनले काठमाडौंमा २ वटा घडेरी किनेका थिए । काठमाडौंमै जागिर खाएको बेला घर बनाउने योजना अगाडि बढाए । घरको डिजाइन तथा नक्सा बनाउन पनि इन्जिनीयरलाई आग्रह गरे । घडेरीकै छेउमा डेरा पनि लिए ।
उनले त्यहाँको रहनसहन बुझ्ने मौका पनि पाए तर उनको मनमा एक्कासि परिवर्तन आयो । काठमाडौंमा छोराछोरी राखेर पढाउन नसकिने निष्कर्षमा उनी पुगे । काठमाडौंको ‘लाइफ स्टाइल’ उनलाई मन परेन । उनले त्यसपछि घर नबनाउने योजना श्रीमती भावनालाई सुनाए ।
बच्चाहरूलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले स्थगित गरिएको काठमाडौंमा घर बनाउने दीपकको सपना अहिलेसम्म पनि पूरा भएको छैन । समाज र रहनसहनबारे जानकारी गराएपछि भावनाले पनि समर्थन जनाएकी थिइन् ।
घर बनाउन भनेर राखेको ४० लाख घर बनाउने काममा खर्च भएन । छोराछोरी ठूला भएर कलेज पढ्ने भएपछि अपार्टमेन्ट लिएर पनि बस्न सकिने सहमति पोख्रेल दम्पतीले गरेका थिए । उनीहरूको झापामा रहेको पुर्ख्यौली जमिन बाँझै थियो, अरूलाई अधियाँमा दिए पनि ‘आए बाउको गए साहु’को भने जस्तै गर्ने गरेपछि उनीहरूले जग्गा बाँझै राखेका थिए ।
काठमाडौं नबस्ने निधोपछि आफ्नै जग्गामा केही गरौं भन्ने सल्लाह पोख्रेल दम्पतीले गरे । दीपकको बारी ६ वर्षदेखि बाँझै थियो । उनले अध्ययन गर्न थाले । ६ महिनाजति अध्ययन गरेपछि उनी ड्रागन खेती गर्ने योजनामा पुगे । त्यस समयमा नेपालमा सेतो जातको मात्रै ड्रागन प्रशस्त पाइन्थ्यो । ड्रागनको लहर भने नेपालमा राम्रो चलेको थियो ।
प्रत्येक नर्सरीले बिरुवा राख्ने गरेका थिए । एउटाले जे गर्यो अर्काेले पनि त्यही गर्नुपर्ने नेपालमा लहर नै छ तर अध्ययन भने गर्ने चलन छैन ।
युरोप, अस्ट्रेलिया, अमेरिकामा लगायतका धेरै देशमा राम्रो खपत भइरहेको अध्ययन गर्दा थाहा पाएपछि पोख्रेल राम्रो प्रजातिको बिरुवाको खोजीमा जुटे । रातो ‘सी’ प्रजातिको बिरुवाले छिटो र राम्रो उत्पादन दिने बुझेपछि उनी त्यही बिरुवाको पछि लागे । ‘सी’ प्रजातिको बिरुवा राम्रो हुन्छ भन्ने यूट्युबबाट थाहा पाएका थिए उनले ६ महिना अध्ययन गरेका थिए ।
उनी बिरुवा भारतको हैदराबादबाट ल्याउने तयारीमा जुटे । बिरुवा अर्डर गरेर बाँझो जमिनलाई उर्बरा बनाउने योजनाअनुसार जग्गालाई सम्याउनेदेखि पिलर लगाउनेसम्मका काम गरे उनले । मल–पानीको व्यवस्थापन पनि गरिएको थियो ।
उनले बिरुवाको अर्डर गरेलगत्तै नेपालमा कोरोनाको लकडाउन शुरू भयो । ३ महिनामा दिने शर्तमा २०७७ फागुनमा उनले बिरुवाको अर्डर दिएका थिए । लकडाउन भएकाले बिरुवा ल्याउन सक्ने अवस्था थिएन । नाकाबाट चरा–मुसा समेत छिर्न सक्ने अवस्था थिएन । उनी आफैं कानूनको पालना गराउने पदमा थिए ।
उनले अर्डर गरेको ६ महिनापछि सम्पर्क गरेका थिए । पुनः ३ महिनापछि बिरुवा दिने आश्वासन पाए । ३ महिनापछि सम्पर्क गर्दा बाढी आएर सबै नष्ट भएको र अब केही समयपछि मात्रै दिन सक्ने बताएपछि उनमा केही निराशा छायो तर उनले हरेश खाएनन् ।
पोख्रेल दम्पतीले बिरुवा रोप्नका लागि ठिक्क बनाएको जमिन देखेर हाँस्नेको संख्या पनि कम थिएन । राजमार्गको छेउमै उनको जग्गा थियो । धेरैले एसपी सा’पको ड्रागन कस्तो फल्यो भनेर जिस्क्याउने गरेका थिए । ‘नेपालमै बिरुवा पाइहाल्थ्यो नि ! एसपीले ल्याउने कस्तो रहेछ’ भनेर जिस्क्याउन गरेका थिए ।
‘मैले अध्ययन गरेकाले म आत्तिएको थिइनँ,’ उनले भने, ‘पछि थाहा पाइहाल्छौ नि भनेर बसेको थिएँ ।’ झण्डै १ वर्षपछि उनले अर्डर गरेका विरुवा आएका थिए । ४ हजार किलोमिटर परबाट बिरुवा ल्याउँदा उनका आधाभन्दा बढी बिरुवा बिग्रिए । बिरुवा ल्याउँदा झरी समेत परेकाले आधाभन्दा बढी बिरुवा बिग्रिएको उनले बताए ।
अरुलाई पनि फाइदा होस् भन्ने उद्देश्यले उनले पिल्लर बोक्दादेखि लिएर माटो बनाउँदा, बल बनाउँदा, बिरुवामा देखा परेका समस्या, समस्याको समाधानसम्मको भिडियो बनाएर यूट्युबमार्फत सार्वजनिक गर्ने गरेका थिए ।
बिरुवा रोपेपछि श्रीमतीले ‘म समय दिन्छु’ भनेर उनलाई हौसला दिएकी थिइन् । उनी प्रहरीको उच्च अधिकृत भएकाले खेतीमा खासै ध्यान दिन पाएनन् । भारतमा डा. करुण करण र डा. सुनिला कुमारीले ड्रागन खेतीमै पीएचडी गरेका छन् । उनीहरूले लेखेका लेख तथा भिडियोहरू उनले अध्ययन गर्ने गर्थे । समस्या हुँदा उनले सम्पर्क पनि गर्ने गर्छन् ।
अहिले नेपालमा बजार छैन भनेर बिचौलियाले हल्ला फैलाइरहेको भावनाले बताइन् । ड्रागनलाई अल्छीले गर्ने खेती, मरुभूमिमा हुने खेती, मेहनत नगरी करोडौं आम्दानी हुने भनेर अध्ययन नै नगरी रोप्नेहरूलाई देखाउने चुनौती पनि उनमा थियो । मंहगोमा भारतबाट बिरुवा ल्याएका उनलाई अवसर र चुनौती दुवै थियो । उनले मल र पानीको पनि राम्रो प्रबन्ध गर्दै गए ।
३ बिगाहा ४ कट्ठा जग्गामध्ये २ बिगाहाभन्दा बढी क्षेत्रफलमा उनको ड्रागन खेती छ । २ हजार पिल्लरमा रोपेका छन्, पिल्लरमा ४ वटा बिरुवा रोप्न मिल्छ । ‘धाउन्ते खेती घोकन्ते विद्या’ भने जस्तै ६ महिनामै उनले उत्पादन लिन थाले । पहिला जिस्काउनेहरू पनि छक्क पर्न थाले । पहिलो फल नै ४६० ग्रामको उत्पादन भएपछि उनी हौसिए ।
मल पाइएन भनेर आन्दोलन गर्नेदेखि राजनीति गर्नेहरूका लागि पनि उनी उदाहरण बनेका छन् । २ माउ गाई पालेर बी कम्पोजर प्रयोग गर्यो भने मल प्रशस्त हुने उनको तर्क छ । किचन तथा घरको बेस्टेज पनि प्रयोग गरेर पनि मल बनाउन सकिने उनले बताए । हात्ती पाल्ने योजना बनाई बोकाको दाना ठीक पारेर खेती गर्ने प्रचलनले कृषिप्रतिको वितृष्णा बढाएको पोख्रेल दम्पतीको ठहर छ ।
३० किलो एउटा पिल्लरबाट वार्षिक उत्पादन गर्ने उनले सुनाए । ‘१ बिगामा १ हजारजति पिल्लर अट्छन् । १ बिगामा ३० टन उत्पादन हुन्छ । ३० टन फल हार्वेस्ट गर्दा १५० रुपैयाँ किलोले बेच्दा ४५ लाख हुन्छ । कृषिमा यस्तो किसिमको आम्दानी छैन तर क्यालकुलेटरमा हिसाब गरेर मात्रै हुँदैन । भाइरस पनि लाग्छ । समयमै मल र पानीको व्यवस्था गरियो भने फङ्गस लाग्दैन । फङ्गस भनेको कुहिने रोग हो,’ उनले भने ।
ड्रागन खेती गरेकै स्थानमा उनले पहेंलो बोक्रा भएको खरबुजा लगाएका थिए । सबै खर्च त्यसैले उठाएको पोख्रेलले बताए । कुखुरा, खसी, गाई, मेवा, करेला, तोरी, तिल लगायतका खेती गर्न सकिने उनले बताए । अन्य खेतीले नै खर्च धान्ने उनको भनाइ छ । ड्रागन खेतीका लागि ३०–४० डिग्री तापक्रम भएको ठाउँलाई उचित मानिन्छ ।
नेपालले उत्पादनलाई चीन पठाउन पायो भने दूरी छोटो भएकाले आम्दानी र स्वाद पनि राम्रो हुने उनको तर्क छ । उनीहरूको दाजुभाइ सहितको ३० बिगा जमिन छ । सबैमा ड्रागन खेती गर्ने योजना रहेको उनले सुनाए ।
अहिले नेपाली युवामा नैराश्यता छ । स्वदेशमा केही गर्न सकिँदैन भनेर उनीहरू विदेश पलायन हुने क्रम जारी छ । यही भएको युवा पुस्ताको ठूलो जमात के गर्ने भन्नेमै अन्योलमा छ । तर, मेहनत गर्नेका लागि स्वदेशमै पनि अवसर...
काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सञ्चालनका लागि भनेर सडक 'मार्किङ'को काम धमाधम भइरहेको छ । सर्भिस लेनको आधाजसो भागमा रातो पोतेर छुट्टै लेन तयार पार्ने काम भइ...
विगत १२ वर्षदेखि काठमाडौंको बागबजारस्थित फूटपाथमा व्यापार गर्दै आएकी सरस्वती कार्कीलाई आजभोलि हातमुख जोर्नै धौ-धौ छ । 'इनर वेर', मोजालगायतका कपडा बेचेर गुजारा गर्दै आएकी सरस्वतीका सबै सामान...
राजनीतिलाई नीतिहरूको पनि सर्वाेत्कृष्ट नीति मानिन्छ । यो देश, समाज र जनताको सेवाको रुपमा समेत चित्रृत छ । तर पछिल्लो समय राजनीति कमाउने भाँडो भयो भन्ने जनगुनासो बढ्न थालेको छ । हुन पनि अहिले उपप्रधानमन्त्रीदे...
कतै हिलाम्यै ठाउँ देखियो भने ‘ढोर मेलाको हिलोजस्तो’ भन्ने ढोरपाटन वरपरका बासिन्दाको चलन हो । यस वर्ष (२०८० भदौ १४)को जनैपूर्णिमाको छेको ढिला पर्यो । जनैपूर्णिमा ढिला परेसँगै झरी पनि परेन । यसैक...
नेताहरूले एकले अर्कालाई आरोप लगाउँदा धेरै प्रयोग गरिने शब्द हो, ‘तिमीहरूको मुटु हामीले छामेका छौँ ।’ खासमा नेताहरू कसैको मुटु छामेका हुँदैनन्, खाली उनीहरूले प्रतीकात्मक रुपमा मात्र छामेको कुरा...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...