×

NMB BANK
NIC ASIA

मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’सहित तीन कृति विमोचन

काठमाडाैं | भदौ २, २०८०

NTC
Premier Steels

साहित्यकार मोतिशोभा श्रेष्ठ, प्राडा सृजना श्रेष्ठ र प्राडा सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ ।

Muktinath Bank

साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथासङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविनाको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रह पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आज विमोचन गरेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं साहित्यकार चन्दले तीन कृतिले नेपाली साहित्यजगत्मा नयाँ आयम थपिएको बताए । उनले कथासङ्ग्रह, कवितासङ्ग्रह र जीवनसङ्ग्रह पठनीय रहेको उल्लेख गरे । “कथाकारको विशेषता भनेको सानो कुरालाई बढाएर लेख्ने हो,” उनले भने । तीनवटै कृति गहिराइमा पुगेर लेखिएको उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

पूर्वअर्थमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइरालाले प्राडा सविनाद्वारा लिखित पूर्वसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त विश्वमान श्रेष्ठका बारेमा लेखिएको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रहबारे बोल्दै विश्वमान सरकारको कुशल प्रशासक भएको बताए । “विश्वमानलाई बुझ्न चाहने नयाँ पुस्ताका लागि पुस्तकले सहयोग पुग्नेछ,” उनले भने ।

Vianet communication

वरिष्ठ गीतकार कालीप्रसाद रिजालले प्राडा सृजनाद्वारा लिखित ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रहबारे बोल्दै मेडिकल क्षेत्रमा कार्यरत व्यक्ति साहित्यमा कलम चलाएर कवितासङ्ग्रह प्रकाशित गर्नु महत्वपूर्ण कुरा भएको बताए । उनले निरन्तर कृति प्रकाशित गर्नसमेत सफलताको शुभकामना व्यक्त गरे ।

साहित्यकार धुव्र मधुकर्मीले साहित्यकार मोतिशोभाको कृति ‘चियाको चुस्की’ लघु कथा सङ्ग्रहबारे बोल्दै पुस्तकले नारी मनोविज्ञान, बाल मनोविज्ञान र समाजमा भोगिएका भोगाइलाई समेटेको बताए ।

कृतिका लेखक मोतिशोभा नेपाल सरकारको पूर्वसहसचिव, लेखक प्राडा सृजना पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक एवं वरिष्ठ बालरोग विशेषज्ञ  प्राडा सविना काठमाडौं मेडिकल कलेजका प्राध्यापक तथा वरिष्ठ बाल आँखा रोग विशेषज्ञ हुन् । उनीहरूले यसअघि पनि विभिन्न कृति प्रकाशित गरिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x