×

NMB BANK
NIC ASIA

धरानमा आज निषेधाज्ञा, सामाजिक सद्भाव कायम गर्न अपिल

सुनसरी | भदौ ९, २०८०

NTC
Premier Steels

सम्भावित घटनालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उप-महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

Muktinath Bank


प्रशासनले भदौ ८ गते रातिदेखि १२ बजेदेखि नै   निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा शनिबार  राति १२ बजेसम्म जारी रहनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरेर संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भदौ ८ गते रातिदेखि १२ बजेदेखि मिति ९ गते राति १२ बजेसम्म अत्यावस्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेध आदेश जारी गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

धरान उप-महानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र नगरपालिका  १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नगरपालिका ६ नम्बरबाट वराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रसम्म निषेधाज्ञा लागू गरिएको छ ।

Vianet communication

यस्तै, इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

यसैबीच धरानमा बसेको सर्वदलीय बैठकले आजका लागि निर्धारित कार्यक्रमहरुरू स्थगित गर्न आग्रह गरेको छ । 

 बैठकपछि ती दलहरूले साझा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खल्बलिने कुनै सामग्री शेयर नगर्न सबैसँग अनुरोध गरेका छन् ।

विगत केही दिनदेखि धरानमा असहज परिस्थिति उत्पन्न भइरहेको भन्दै उनीहरूले यस्तो आग्रह गरेको विज्ञप्तिमार्फत् जनाएका छन् । आपसी सद्भाव र सहिष्णुता कायम गर्न उनीहरूले सबैसँग आग्रह गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x