×

NMB BANK
NIC ASIA

भृकुटीमण्डपमा चेतनामूलक सांस्कृतिक महोत्सव गर्दै गायक पौडेल

काठमाडाैं | भदौ १०, २०८०

NTC
Premier Steels

​आउँदो शनिवार काठमाडौंको भृकुटीमण्डपमा वृहत् सांस्कृतिक महोत्सव हुने भएको छ । 

Muktinath Bank

स्वीकृति इभेन्ट प्रा.लीको आयोजनामा हुने जनचेतनामूलक महोत्सव दर्शकले निःशुल्क हेर्न पाउनेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजक संस्थाका अध्यक्ष एवं महोत्सवका संयोजक गायक नवीन पौडेलका अनुसार गीतसंगीतका माध्यमबाट जनतालाई चेतना जगाउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । 


Advertisment
Nabil box
Kumari

‘मेला महोत्सवमा प्रायः माया प्रेमका गीतहरू मात्रै प्रस्तुत हुन्छन् । यो महोत्सवको​ उद्देश्य विशुद्ध जनतालाई चेतना दिने हुनेछ’ पौडेलले भने, ‘न्यूनतम ५ हजारदेखि १० हजार जना दर्शकलाई महोत्सवमा उपस्थित गराउने लक्ष्य छ ।’ 

Vianet communication

उनका अनुसार महोत्सवमा लागूऔषध दुर्व्यसन, सर्ने–नसर्ने रोगहरू, सामाजिक सञ्जालको दुरुपयोग, भ्रष्टाचार, सडक सुरक्षा, सूर्तिजन्य पदार्थले निम्त्याउने असर, लैङ्गिक हिंसा, सुरक्षित वैदेशिक रोजगार लगायतका विषयमा आधारित रहेर विभिन्न चेतनामूलक प्रस्तुति रहनेछ । 

३ सय जना कलाकारहरूलाई उपस्थित गराउने लक्ष्य राखिएको महोत्सवमा सडक नाटक, झाँकी, दोहोरी लगायतका प्रस्तुति हुने पौडेलले बताए । 

बिहान ११ बजेदेखि बेलुकासम्म हुने महोत्सवमा निःशुल्क आँखा र दन्त शिविर हुने साथै ब्लड डोनेसनको कार्यक्रम समेत रहने पौडेलले जानकारी दिए । 

स्वीकृति इभेन्ट प्रा.लीले यसअघि बैतडी, दार्चुला, पाल्पा, ओखलढुंगा लगायतका जिल्लामा जनचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिसकेको छ । 

यसपटक केन्द्रबाटै जनचेतनाको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ भृकुटीमण्डपमा महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x