×

NIC ASIA

पार्टीमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू हुन्छ : श्रेष्ठ

काठमाडाैं | भदौ १२, २०८०

Prabhu Bank
NTC
Premier Steels

जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी विधानको धारा १३७ बमोजिम एक व्यक्ति एक समितिको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबैलाई जिम्मेवारी व्यवस्थापन गरिने बताएका छन् । 

Muktinath Bank

उनले आफ्नो पार्टीले परम्परागत पुराना दलहरूले भन्दा भिन्न राजनीतिक सिद्धान्तको रूपमा बहुलताायुक्त नेपाली समाज सुहाउँदो सिद्धान्त संघीय समाजवाद मात्र अङ्गीकार गरेको नभई लोकतान्त्रिक अकेन्द्रिकरणको संगठनात्मक सिद्धान्त समेत अपनाएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकतान्त्रिक अकेन्द्रिकरणको संगठनात्मक सिद्धान्तले पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यहरूमा निहित गर्दै पार्टीका प्रदेश संरचनाहरूलाई आफ्नो क्षेत्राधिकारभित्रका कामहरू आफै निर्णय गर्न सक्ने व्यवस्था विधानले नै गरेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

 श्रेष्ठले हाल सञ्चालित तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको दुई मुख्य कार्यभार पार्टीलाई वैचारिक र राजनीतिक रूपले सक्षम बनाउनु तथा पार्टीका प्रदेश समिति र राष्ट्रिय समितिहरूलाई विधानले तोकेबमोजीमको पदाधिकारी र संख्यामा सीमित गरी गठन पुनर्गठन गर्नु रहेको बताए ।

Vianet communication

 उनले जिल्ला समन्वय समितिहरूलाई पनि यथासिघ्र जिल्ला तदर्थ समितिमा रूपान्तरण गर्नुपर्ने बतााउँदै स्थानीय तहका सबै समितिहरूलाई व्यवस्थित गर्नुपर्ने बताए ।

पार्टीको गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको अध्यक्षतामा संगठन विस्तार तथा सुदृढीकरण कार्ययोजना निर्माणका लागि भएको अगुवा कार्यकर्ता भेलाले एक व्यक्ति एक समितिको वैधानिक व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय सदस्य सुस्मिता थापालाई मगरात राष्ट्रिय समितिको अध्यक्षबाट विदा गर्ने समेत निर्णय गरेका थिए ।

त्यसरी नै भेलाले  संगठन विस्तार तथा सुदृढीकरण अभियानमा सम्पूर्ण केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यहरूलाई पालिका र संघीय निर्वाचन क्षेत्रमा खटाएको छ । खटाइएका प्रतिनिधिहरूले आफूलाई खटाइएको जिल्लाका सम्बन्धित समितिसँग समन्वय गरी परिणाममुखी काम गर्न का. वा. अध्यक्ष श्रेष्ठले निर्देशन दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x