×

NMB BANK
NIC ASIA

‘फिल्म ‘एक भगवत् गीता’मा कमलामाई मात्र होइन, सबै पात्र उत्तिकै सशक्त छन्’

शीर्षक विवाद : निर्माण टिमले धार्मिक संस्थालाई बुझायो फिल्मको कथासार

काठमाडाैं | भदौ १९, २०८०

NTC
Premier Steels

विपिन कार्की, सुहाना थापा, धिरज मगर लगायतको शीर्ष भूमिका रहेको फिल्म ‘एक भगवत् गीता’ यही भदौको २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । सुनीलकुमार थापा प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । 

Muktinath Bank

निर्माता सुनीलकुमारले ‘एक भगवत् गीता’लाई आफ्नो करिअरकै गाह्रो फिल्मका रुपमा चर्चा गर्छन् । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार सञ्चारकर्मीसँगको अन्तरक्रियामा बोल्दै उनले कथाका हिसाबले गाह्रो भए पनि आफ्नी छोरीको इच्छाका लागि यस फिल्म बनाएको बताए । 


Advertisment
Nabil box
Kumari

‘सुहानाले सुरुमा कन्सेप्ट सुनाउँदा कसरी सकिन्छ यस्तो फिल्म बनाउन भन्ने प्रतिक्रिया दिएको थिएँ । फिल्म बनाए पनि न्याय हुँदैन भन्ने थियो । विशेषगरी विपिनजीको पात्रलाई लिएर पछिसम्मै डर थियो’ उनले भने, ‘तर टिजर र ट्रेलर हेरेर सबैले वाह–वाह भनेपछि बल्ल म ढुक्क भएको छु । मेरो अनुहार उज्यालो देखिएको छ ।’ 

Vianet communication

जनकपुरमा छायांकन गरिएको फिल्ममा अभिनेता विपिन कार्की लैङ्गिक अल्पसंख्यक पात्र कमलामाईको अवसरमा प्रस्तुत छन् । निर्देशक झरना थापाले ‘एक भगवत् गीता’ आफ्ना लागि चुनौतीपूर्ण रहेको बताइन् । 

उनले काम गराइका हिसाबले यस फिल्ममा धेरै फरक अनुभूति रहेको सुनाइन् । ‘रोमान्टिक फिल्ममा लुक्स, स्टाइल, लोकेसन लगायतका कुरामा पनि विशेष ध्यान दिइन्थ्यो । यसमा आएर मेरो लागि पुरै फरक अनुभूति रह्यो’ झरना भनिन् ‘विशेषगरी कमलामाई पात्र, विपिनजी पुरुष पात्रलाई नारी पात्रमा ढाल्नुपर्ने थियो ।’ 

विपिनले उक्त पात्रका लागि निकै राम्रो मेहनत गरेको झरनाले बताइन् । विपिनको बुझाई छ, हरेक फिल्मको पात्र चुनौतीपूर्ण हुँदा रहेछन् । त्यसमा पनि ‘भगवत गीता’को पात्र लैङ्गिक हिसाबले फरक भएका कारण आफूलाई थप चुनौतीपूर्ण लागेको धारणा उनले राखे । 

यद्यपि, प्रतिनिधि पात्र भेट्ने अवसर निर्देशकले मिलाइदिएका कारण आफूलाई सहज भएको विपिनले बताए । 

‘कोही पुरुष यस फिल्मको निर्देशक हुनुहुन्थ्यो भने सायद मैले यसरी काम गर्न सक्दिनथेँ। झरना दिदीबाट वास्तविक पात्रहरू भेट्ने, घुलमिल हुने वातावरण पाएँ’ उनले सुनाए । 

फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि खासगरी विपिन र उनको कमलामाई पात्रको बढी चर्चा भइरहेको छ । यद्यपि, फिल्ममा सबै पात्र उत्तिकै सशक्त रहेको विपिन बताउँछन् । उनले भने, ‘सुहानाको आफ्नै स्टोरी छ । धिरजको आफ्नै स्टोरी छ । अन्य शीर्ष पात्रको आफ्नै स्टोरी छ । जसमध्ये महिला पात्रको भूमिकामा अभिनय गरेको भएर दर्शकलाई नौलो लागेको हो । यद्यपि, फिल्ममा सबै पात्र उत्तिकै सशक्त छन् ।’ 

अभिनेत्री सुहानाले पनि फिल्ममा हरेक पात्रको आफ्नो कथा र अस्तित्व रहेको बताइन् । उनले आफूले सोचेको कन्सेप्ट अनुसार नै फिल्म बनेको बताइन् । ‘एक भगवत गीता’ले एक अर्थात् एकताको सन्देश दिने सुहानाले सुनाइन् । 

शीर्षक विवाद : निर्माण टिमले धार्मिक संस्थालाई बुझायो कथासार 

फिल्म ‘एक भगवत् गीता’को नामलाई लिएर दुई धार्मिक संस्थाले विरोध जनाएका छन् । हिन्दू धर्मग्रन्थ ‘श्रीमद् भागवद् गीता’को नाममा फिल्म बनाउन नदिन धार्मिक संस्थाहरूले चलचित्र विकास बोर्डमा निवेदन समेत बुझाएका थिए । सोमबार मात्रै चलचित्र विकास बोर्डमा निर्माण टिम र धार्मिक संस्थाका प्रतिनिधिहरूबीच छलफल भएको थियो । 

उक्त छलफलमा निर्माण पक्षले धार्मिक संस्थालाई फिल्मको कथासार देखाउने सहमति भएको थियो । जसअनुसार मंगलवार फिल्मको कथासार धार्मिक संस्थाका प्रतिनिधिलाई पठाइएको निर्माता सुनीलकुमार थापाले जानकारी दिए । ‘हिजोको छलफलमा उहाँहरूले ‘भागवद् गीता’ ग्रन्थको नाममा प्रेमकथामा आधारित फिल्म बनाउनुभएको रहेछ । यो नाममा फिल्म बनाउनु पाउनुहुन्न भनेर हामीलाई भन्नुभयो’ उनले भने, ‘हाम्रो प्रेमकथामा आधारित फिल्म होइन भनेर हामीले भन्यौँ । भगवत् एउटा पात्रको नाम, गीता अर्कोको नाम हो । तर, हामीले यसमा धर्मलाई समातेर, धर्मको विरोध गरेर फिल्म बनाएका होइनौ भनेर बुझाउने प्रयास गर्यो । तर, उहाँहरूले पत्याउनुभएन । त्यसो भए तपाईहरूले​ स्क्रिप्ट दिनुस् भन्नुभयो । आज फिल्मको कथासार पठाएको छौँ ।’ 

फिल्ममा धर्मलाई आघात पुग्ने कथा र दृश्य केही पनि नरहेको दावी उनले गरे । 

फिल्मका अभिनेता विपिन कार्कीले कुनै संस्थाले आपत्ति जनाएको भरमा कथासार बुझाउनुपर्ने अवस्था आउनुलाई देशको विडम्बनाका रुपमा धारणा राखे । ‘यसलाई हाम्रो देशको विडम्बना नै भन्छु । नेपाली फिल्मलाई हेर्न राज्यले छुट्टै निकाय (चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड) बनाइसकेको अवस्थामा समेत हामीले विभिन्न संस्थासँग फिल्म बनाउन अनुमति लिनुपर्ने अवस्था आएको छ । यो एकदमै नराम्रो कुरा हो । यस्तो हुनु हुँदैन ।’ 

तस्वीर : विश्वास खनाल/लोकान्तर
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x