×

NMB BANK
NIC ASIA

६० किलो सुन प्रकरण

सुन तस्करीमा अन्तर्राष्ट्रिय माफियाकै शैली– आधा काटेको ‘नोट’ले पुर्‍याउँथ्यो खरिदकर्तासम्म

काठमाडाैं | भदौ २७, २०८०

NTC
Premier Steels

६० किलो सुन प्रकरणमा ३५ दिनको अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा रायसहितको प्रतिवेदन पेश गरेको छ । 

Muktinath Bank

हिरासतमा रहेका ३२ र फरार रहेका १८ गरी ५० जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाइएको  सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले बताइन् । उनका अनुसार पक्राउ परेका ३२ मध्ये २३ र फरार १४ मध्ये ४ जना नेपाली छन् । बाँकी विदेशी नागरिक हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीआईबीले मुख्य अभियुक्त वाओ पुचेङ्गलाई बनाएको छ । बेल्जियन नागरिक दावा छिरिङले नेपालबाट हङकङमा रहेका मुख्य लगानीकर्ता लीन दम्पतीलाई विभिन्न डिजिटल माध्यमबाट पैसा पठाउने गरेको निष्कर्ष सीआईबीले निकालेको छ ।


Advertisment
Nabil box
Kumari

सीआईबीले टेक्निकल टीम, विशेषज्ञ टीम, अनुसन्धान टीम, अपरेसनल टीम, डकुमेन्टेसन टीम खटाएर अनुसन्धान गरेको थियो । इन्टरपोलको नेपाल शाखा एनसीबीको सहयोगमा हङकङ र भारत पुगेर ४२ जनाको समूहले अनुसन्धान गरेको सीआईबीले जनाएको छ ।

Vianet communication

‘हामीले विभिन्न टीम फर्मेसन गरेर अनुसन्धान गरेका थियौं,’ एआईजी बज्राचार्यले भनिन् । 

टेक्निकल टीमले सुन तस्करीमा प्रयोग भएका विभिन्न प्राविधिक विषयको अनुसन्धान गरेको थियो । विशेषज्ञ टीमले अनुसन्धानलाई आवश्यक पर्ने सहयोग गरेको थियो । त्यसमा विदेशी विशेषज्ञ टीमको समेत सहयोग लिइएको एआईजी बज्राचार्यले बताइन् । 

अनुसन्धान टीमले मसिनो तरिकाले अनुसन्धान गरेको थियो भने अपरेसनल टीमले छापा हान्ने र अभियुक्तहरूलाई पक्राउ गर्ने काम गरेको थियो । डकुमेन्टेसन टीमले सरकारी वकिलको सहयोगमा अभियोजन प्रतिवेदन र प्राप्त प्रमाणहरूलाई सही तरिकाले अभियोजनका लागि काम गरेको उनले बताइन् । 

अहिले सुन ल्याउने समूहले यसभन्दा अगाडि ३०२ केजी र पछिल्लो समय ६०.७१६ केजी सुन ल्याएको सीआईबीले जनाएको छ । ‘यो समूहले अहिलेसम्म ३ अर्ब ५० करोड बराबरको ६२.७१६ केजी सुन ल्याएको देखिन्छ,’ एआईजी  बज्राचार्यले भनिन् । 

तस्करीमा चिनियाँ, भारतीय तथा नेपाली नागरिकहरू संलग्न रहेको सीआईबीको निष्कर्ष छ ।

विश्वका शक्तिशाली माफियाहरूको शैलीमा तस्करी

रसिया, जापान, मेक्सिकोजस्ता देशका चर्चित माफियाहरूले काम गर्ने शैलीमा नै नेपालमा तस्करी हुने गरेको देखिएको सीआईबीले जनाएको छ । चिनियाँ नागरिक ‘लीन’का श्रीमान-श्रीमती हङकङमा माथिल्लो लेभलमा काम गर्ने व्यक्ति हुन् ।

उनीहरूले त्यहाँ ३ वटा कम्पनी खोलेर कार्गोमार्फत सामान नेपाल पठाउने गरेका थिए । लगानीकर्ताले विभिन्न एजेन्टहरू परिचालन गरेजसरी नै तस्करी धन्दा चलाएको सीआईबीको निष्कर्ष छ ।

समूहका एकले अर्कालाई नचिन्ने अनुसन्धानमा देखिएको छ । उनीहरूले नेपालमा आफ्नो भरपर्दो व्यक्तिमार्फत ७ वटा कम्पनी खोलेर पहिलो चरणमा ट्रायलको रूपमा सामान पठाएका थिए । त्यसक्रममा नेपालमा भन्सार प्रक्रिया, एयरपोर्टमा हुने प्रक्रिया झञ्झटलगायतका विषयमा सूक्ष्म ढंगले अनुसन्धान गरेको पाइएको छ ।

त्यसपछि उनीहरूले विभिन्न इलेक्ट्रोनिक्स सामानमा सुन फिट गरेर पठाउने गरेको देखिएको एआईजी किरण बज्राचार्यले बताइन् । 

null

‘उनीहरूले पहिला नेपालमा प्रक्रिया जान्नका लागि ट्रायलका रूपमा सामान पठाएर सूक्ष्म अध्ययन गरेका रहेछन् । त्यसपछि विभिन्न सामानमा सुन फिट गरेर ल्याउने गरेको देखिएको छ,’ एआईजी बज्राचार्यले भनिन् । 

उनका अनुसार यो समूहले सुन पठाउने तरिका र त्यसबापत भुक्तानी गर्ने तरिका पनि अन्तर्राष्ट्रिय माफियाहरूको जस्तै छ । उनीहरूले सुन पठाउनुअघि नै खरिदकर्ता तय गर्ने गरेका रहेछन् ।

अनुसन्धान अधिकृत एसपी सञ्जयसिंह थापाका अनुसार सुन आधिकारिक व्यक्तिसम्म पुर्‍याउनका लागि ‘कोड’का रूपमा भारतीय वा नेपाली नोट काटेर पठाउने गरेको पाइएको छ । 

कुनै एउटा नोटलाई बीचमा काटेर एउटा भाग शुरूमै खरिदकर्तालाई पठाउने र अर्को भाग अन्तिममा सुनसँगै ल्याउने गरेको पाइएको छ । सुन जिम्मा लगाउने बेला उक्त पैसाको दुवै भाग ‘म्याच’ गराएर ‘कन्फर्म’ गर्ने गरेको पाइएको एसपी थापाले बताए ।

null

कसरी भएको थियो  ६०.७१६ केजी सुन तस्करी ?

सीआईबीका अनुसार हङकङमा लीन दम्पती, छिन पेङ याओछिन, दायोजिन वाङ र झोङ जिनग्चुअन (साम) गरी ५ जनाको माथिल्लो समूहले त्यहाँ जियाङमेन फेङटोङ ट्रान्सपोर्ट सर्भिस कम्पनी, टालमूड कम्पनी लिमिटेड र डोङग्गुआन सुटा ट्रान्सपोर्ट कम्पनीमार्फत लगानी गरेका थिए । उनीहरूले नेपालमा क्यारिअन ग्लोबल लजिस्टिक लिमिटेडमार्फत मोटरसाइकल र स्कूटरको ‘ब्रेक शु’मा सुन राखेर नेपाल पठाएका थिए । 

नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भन्सार कार्यालयमा आएको सामान प्रज्ञापन पत्र बनाएर यादव पराजुलीले राजेन्द्र राईमार्फत बाहिर ल्याएपछि हर्कराज राईले जिम्मा लिने तयारी थियो । त्यो दिन हर्कराज राईले आफू सामान लिन जान नभ्याउने भन्दै शुरूमा राजेन्द्रलाई पठाएको अनुसन्धानमा देखिएको छ ।

हर्कराज राईले नेपालमा भन्सारबाट गोदामसम्म सुन पुर्‍याउने सबै व्यवस्था गरेका थिए । त्यही क्रममा राजेन्द्रले असार २ गते विमानस्थल भन्सारबाट बाहिरिएपछि बाटोमा भेटिएको ट्याक्सी बोलाएर सामान राखेका थिए । तर, पूर्व सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले उनीहरूलाई सुनसहित पक्राउ गरेको थियो । राजेन्द्रकै सूचनाका आधारमा हर्कराज पक्राउ परेका थिए ।

नेपालमा सुन रिसिभ गर्ने, विमानस्थलमा सेटिङ मिलाउने लगायतका काम चिनियाँ मूलका भारतीय नागरिक थुप्तेन छिरिङ, हर्कराज राई र राजन राईले गर्ने गरेको देखिएको छ ।

null

नेपालमा सटर खोज्ने, सुन गाल्ने लगायतका कामको व्यवस्थापन पनि थुप्तेनले गर्ने गरेको सीआईबीले जनाएको छ । 

साउन २ गते त्यहाँबाट उक्त सुन लाजिम्पाटमा रहेको गोदाममा लैजाने तयारी थियो । थुप्तेनले काठमाडौं उपत्यकामा सुन पगाल्न टोखामा एलेक्स भन्ने याओ पुचेङ, साउटेन भन्ने दिङ सेग फा, स्टेप्स भन्ने ली नेनग्काई र अलि भन्ने ली वेन त्सुङलाई खटाएका थिए । लाजिम्पाट गोदाममा साम भन्ने झोङ जिनग्चेयान, लीन जी क्याइङ, झोङ जइन हाउ, विङ र हुवालाई खटाएका थिए । दुवै गोदाममा सुन गाल्ने र त्यसलाई आकार दिने काम हुन्थ्यो । 

उनीहरूले काठमाडौंको चाबहिलमा भुजेल इलेक्ट्रोनिक्स सप्लायर्स प्रा.लि., सामाखुशीमा हवाडा इलेक्ट्रोनिक्स सप्लायर्स प्रा.लि., बाँसबारीमा पवटी इलेक्ट्रोनिक्स सप्लायर्स प्रा.लि., हात्तीगौंडा र लाजिम्पाटमा दोलखा इलेक्ट्रिक सप्लायर्स प्रा.लि., बालुवाटार र सोह्रखुट्टेमा रेडी ट्रेड प्रा.लि. र बूढानीलकण्ठमा छुन्दुक इलेक्ट्रिक्स सप्लायर्सका नाममा कार्यालय खोलेको पाइएको छ ।

टोखा र लाजिम्पाटको समूहलाई विभिन्न व्यक्तिहरूसँग सम्पर्क गराउने, खाने/बस्ने व्यवस्था गर्ने, सुन कारोबारको भुक्तानी गर्ने र नेपाली नागरिकता तथा राहदानी बनाउन सहयोग गर्ने काम दावा छिरिङ, टियान मी, याङ वेन र किशोर बस्नेतले गर्ने गरेको तथ्य अनुसन्धानमा खुलेको सीआईबीका एसपी सञ्जय सिंह थापाले बताए ।

वाओ पुचेङ्गले सुमन खरेलमार्फत भारत पुर्‍याउँथे सुन

केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानमा नेपालमा मुख्यभूमिका खेल्ने एलेक्स भन्ने याओ पुचेङ्गले सुमन खरेलमार्फत सुन भारतसम्म पुर्‍याउने गरेको देखिएको छ ।

सीआईबीका निर्देशक एआईजी किरण बज्राचार्यका अनुसार नेपालमा गालेर आकार दिएको सुन सुमन खरेलले शिवकुमार सरार्फमार्फत १ जना नेपाली नागरिक (फरार) र २ जना भारतीय नागरिक(फरार)सम्म सुन पुर्‍याउने गरेका थिए । 

सुनबाट आउने पैसा दावा छिरिङले क्रिप्टो करेन्सीमार्फत विदेश पठाउने गरेको देखिएको सीआईबीले जनाएको छ । ‘दावाले डिजिटल करेन्सीमार्फत विदेशमा पैसा पठाएको प्रमाणहरू फेला परेका छन्,’ एआईजी बज्राचार्यले बताइन् । 

पैसाका लागि शिवकुमार सरार्फ, एक नेपाली र २ जना भारतीय नागरिकसँग दावाको सम्पर्क हुने गरेको अनुसन्धानमा पाइएको छ । दावा र एलेक्सले सिधै हङकङमा लीन दम्पतीलाई भुक्तानी गर्ने गरेको देखिएको सीआईबीले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थल भन्सारबाट बाहिरिएको १६० केजी 'ब्रेक सु'मा रहेको ६०.७१६ केजी सुन बरामद गरेको थियो । विभागले १६ जनालाई पक्राउ गरेर साउन २२ गते सीआईबीलाई बाँकी अनुसन्धानको जिम्मा लगाएको थियो ।

अन्यलाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक र अनुवादक १/१ जना, कम्पनी खोल्ने २ जना, कम्पनी खडा गर्ने र मालवस्तु व्यवस्थापन गर्ने २ जना र सुनको कारोबारमा संलग्न ११ जना गरी ३२ जना पक्राउ परेका छन् ।

बाँकी १८ जना फरार रहेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । उनीहरूविरुद्ध समग्रमा कुल ३ अर्ब ५० करोड २ लाख बिगो कायम गर्न सीआईबीको राय छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x