×

Dabur
MG

महिला तथा पुरुष राष्ट्रिय भलिबल : न्यूडाइमण्डको दोहोरो जित

काठमाडाैं | भदौ ३०, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

पोखराको लामाचौरमा भदौ २९ गतेदेखि सुरु भएको महिला तथा पुरुष राष्ट्रिय भलिबल कपमा आज लिग चरणका छ खेल सम्पन्न भएका छन् ।

yONNEX
Sagarmatha Cement

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)ले हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको हो । काठमाडौँको न्यूडाइमण्ड युथ स्पोर्टस् क्लबले आज भएको महिलातर्फको दुई खेलमा जित हासिल गरेको छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

पहिलो खेलमा न्यूडाइमण्डले बुटवलको एभरेष्ट भलिबल क्लबमाथि लगातार तीन सेटको जित हासिल गरेको थियो । डाइमण्डले एभरेष्टलाई २५-११, २५-१५,२५-१६ को सेटमा निरास पार्यो । 


Advertisment
Kumari
Saurya island
Pardeshi

दोस्रो खेलमा डाइमण्डले विभागीय टोली एपिएफमाथि शानदार जित दर्ता गरेको छ । न्यूडाइमण्डले २५-२०, २५-१८ को सेटमा अग्रता लिए पनि एपिएफले तेस्रो सेटमा २५-१८ र चौथो सेटमा २५-२२ मा लगे पनि अन्ततः पाँचौँ सेटमा भने न्यूडाइमण्डसँग एपिएफ १५-५ को सेटमा पराजित भएको छ ।

Vianet communication
Laxmi Bank

पुरुषतर्फको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई ३-२ को सेटमा पराजित गरेको छ । पुलिसले एपिएफमाथि २३-२५, २५-२२, २५-२०, २३-२५ र १५-१३ को सेटमा जित हासिल गरेको हो ।

पुरुषतर्फको अर्को खेलमा बुटवलको मणिमुकुन्द भलिबलले बागलुङ गलकोट स्पोट्र्स क्लबमाथि सोझो सेटमा पराजित गरेको हो । मणिमुकुन्दले गलकोटमाथि २५-२३, २९-२७ र तेस्रो सेटमा २५-२० मा पराजित गरेको हो ।

महिलातर्फको खेलमा नेपाल पुलिसले एभेरेष्टमाथि सोझो सेटमा पराजित गरेको छ । पुलिसले एभेरेष्टमाथि २५-१८, २५-१८ र तेस्रो सेटमा २५-२० को सेटमा पराजित गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ । 

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यूडायमण्ड क्लब तथा एभरेष्ट भलिबल क्लब बुटवलले सहभागिता जनाएका छन् । पुरुषतर्फ गण्डकी प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, मणिमुकुन्द क्लब बुटवल गरी पाँच टिमको सहभागिता रहेको महोत्सवका प्रचार संयोजक दिनेश भण्डारीले बताए । 

प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता टोलीलाई रु एक लाख ५० हजार एक सय ११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उपविजेता टोलीलाई रु एक लाख एक सय ११ र तृतीय हुनेलाई रु ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको समाजले जनाएको छ । प्रतियोगिता असोज १ गतेसम्म सञ्चालन हुनेछ ।रासस

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ६, २०८०

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध भएका छन् । उनी निर्विरोध भएपछि अब उनकै प्यानलका पारस खड्काको प्रतिस्पर्धा कस्तो होला भन्ने धेरैलाई चासो छ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस ख...

असोज ६, २०८०

नेपाली क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।​ चन्दविरुद्ध विनयराज भण्डारीले उम्मेदवारी दिने भने पनि अन्तिम समयमा उनी ब्याक भए । यसैले चन्द निर्विरोध बन्न सफल भए । अध्...

असोज ६, २०८०

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको  निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् ।  अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो ।...

असोज ६, २०८०

नेपाल क्रिकेट संघको निर्वाचनमा सचिव पदमा पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लविरुद्ध अग्रता बढाउँदै लगेका छन् । ८५ मध्ये ५० मत गणना हुँदा पारस २९ मतसहित ८ मतले अगाडि छन् ।  यता प्रशान्तले २१ मत ल्या...

असोज ६, २०८०

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव जित्न ६ मतले टाढा छन् ।  ८५ मध्ये ६० मत गणना हुँदा पारसले ३७ मत ल्याएका छन् । अब ६ मत ल्याउँदा पारस विजयी हुनेछन् । ...

असोज ६, २०८०

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा भएको ‘सेलिब्रेटी भर्सेस सेलिब्रेटी’ फूटबलमा अनिल गुरुङले कप्तानी गरेको समूह विजयी भएको छ । एनसेल मुख्यालय आगाडिको लैनचौरमा भएको मैत्रीपूर्ण फूटबलमा गुरुङ ने...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x