कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडाैं | असोज ११, २०८०
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
काठमाडौँ महानगरपालिकासँग ४ बुँदे सहमतिपछि अभियन्ता ईः भनिने इशान श्रेष्ठले बुधबार रातिदेखि आफ्नो आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् ।
महानगरले सडक व्यापारीको अस्तित्व स्वीकार गरेको भन्दै उनले सहमतिपछि आन्दोलन फिर्ता लिएको जानकारी दिए । उनले महानगरपालिकाले यसअघि सिज गरेको सडक व्यापारीको सामान फिर्ता गर्ने र फुटपाथमा व्यापार गर्ने विषयमा समिति निर्माण गर्ने सहमति भएको बताए । उनले साताभित्र व्यापार गर्ने ठाउँ तय गरिसक्ने पनि बताए ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यालय अगाडि ईः र उनका साथीहरूले फुटपाथ व्यवसायीको पक्षमा उभिएर आन्दोलन गर्दै आएका थिए । यसरी आन्दोलन थालेको बुधबार ९ बजे १ सय ९९ घन्टा पुगेको थियो ।
००००
नेकपा एमालेको बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ । बुधबार अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको थियो ।
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा केशवराज पाण्डे, कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठले जानकारी दिए । तर मतदानअघिसम्म नेताहरुले नेतृत्वका लागि सहमतिको प्रयास पनि जारी राखेका छन् । सहमतिको प्रयासका कारण बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदानमा ढिलाइ भएको छ ।
००००
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण फलदायी हुन नसकेको टिप्पणी गरेका छन् ।
प्रचण्डले आफ्नो चीन भ्रमण अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरेपनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख भएको भट्टराईको भनाइ छ ।
‘नेपाल यतिवेला आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ’, भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यस्तो वेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने !’
नेपालले इतिहासदेखि नै उत्तर र दक्षिणका दुई ठूला छिमेकीसँग छुट्टाछुट्टै रूपमा आफ्नो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिँदै आइरहेको भट्टराईको भनाइ छ। अहिले २१ औं शताब्दिमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला नेपालले उससँगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीब्र आर्थिक रूपान्तरणको महत्वपूर्ण सम्भावना र अवसरको सदुपयोग गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको भट्टराईको ठहर छ ।
उनले भनेका छन्, ‘त्यसनिम्ति उसले अघि सारेको बिआर्आइ र जिडिआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपथ्र्यो । कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुइ देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात–पारबहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपथ्र्यो ।तीर्थाटन त हुँदै गथ्र्यो !’
सयौं वर्षदेखि अविकास तथाअल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरणको लक्ष्य दुई ठूला छिमेकी अर्थतन्त्रको मूल्यशृंखलासँग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन’, भट्टराईको भनाइ छ, ‘इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु !’
बुधबार प्रधानमन्त्रीले चीनमा आयोजित एक कार्यक्रममा आफ्नो भ्रमण सोचेभन्दा पनि फलदायी भएको दाबी गरेका थिए ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्योपचार सेवा सञ्चालन गर्न अनुरोध गरेको छ । सुरक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले एप्रोनसहित सडकमा उत्रिएपछि मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्योपचार सेवा सञ्चालन गर्न अनुरोध गरेको हो ।
यसैगरी गृह मन्त्रालयले मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लामा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्ता घटनामा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानूनी कारवाही गर्ने जनाएको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान दिवसका अवसरमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट ६७० कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बालाजुमा बुधवार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सदनबाट यससम्बन्धमा सरकारसँग जवाफ माग्ने र सदनमा सङ्कल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।
००००
अब बैंकहरूले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न पाउने भएका छन् । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै एक दिनमा २० किलो सुन आयात गर्न सकिने प्रावधान राखिएको छ ।
००००
नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् । कांग्रेसको १४औं महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले राजीनामा दिएका हुन् ।
खड्काले पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सको जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।
४४औं विश्व पर्यटन दिवसका अवसरमा बुधवार लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा उनले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले जहाज खरिद गर्न लागिएको बताए । बुधबार पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
००००
नेपाल स्टक एक्सचेञ्ज परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ ।
विभिन्न कम्पनीका ७० लाख ६१ हजार चार सय चार कित्ता शेयर रु एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ मा कारोबार भएका छन् । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ ।
००००
घरेलु भूमिमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । बुधवार साँझ काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित हुँदै स्तब्ध बनेको हो ।
००००
एसियाली खेलकुदको क्रिकेटअन्तर्गत बुधवार बिहान नेपालले मंगोलियाविरुद्ध कीर्तिमानै–कीर्तिमान बनायो । जसमा बनाएका ४ वटा कीर्तिमान भने महत्वपूर्ण रहे ।
मंगोलियाविरुद्ध नेपालले सबैभन्दा ठूलो स्कोर (३१४ रन), सबैभन्दा ठूलो रन अन्तरको जीत (२७३ रनको), कम बलमा शतक, (कुशल मल्ल, ३४ बल) र कम बलमा अर्धशतक (दीपेन्द्रसिंह ऐरी, ९ बल)जस्ता ४ वटा कीर्तिमान बनाएको थियो ।
नेपालको उच्च प्रदर्शनलाई लिएर चर्चा भइरहेको छ । यसैबीच, भारतका ठूला मानिएका सञ्चारमाध्यमहरूले पनि नेपालले बनाएका कीर्तिमानबारे प्राथमिकतामा राखेर समाचार बनाएका छन् । नेपालले भारतकै द्विग्गज खेलाडीहरूको कीर्तिमान भंग गरेको चर्चा ती सञ्चारमाध्यमहरूले गरेका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...