कात्तिक २५, २०८०
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
विराटनगर | असोज १६, २०८०
गत साउन ५ गते साँझ सवा ५ बजेतिर इटहरी उपमहानगरपालिका– २० सेउती पुलनजिकको जंगलमा विराटनगर महानगरपालिका– ५ का २८ वर्षीय रोहित चौधरी र उनीसँगै रहेकी एक युवतीमाथि लुटपाट भयो ।
रोहितले प्रतिकार गर्न खोज्दा लुटेरा समूहले उनलाई गोली हानेर घाइते बनाए । घाइते रोहितको सोही दिन उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो । रोहितको हत्या भएको १२ दिनपछि प्रहरीले गिरोहका मुख्यनाइके दीपक तिम्सिनासहित ६ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीय दीपक तिम्सिना, धरान– १४ का ३४ वर्षीय अनसन तामाङ, विराटनगर १५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका १ घर भई धरान उपमहानगरपालिका– ८ मा बस्दै आएका प्रकाश लिम्बू र धरानका ३१ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका अभियुक्तहरू चारकोसे झाडीमा श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहका सदस्य रहेको खुलेको थियो । अहिले उनीहरू पुर्पक्षका लागि थुनामा छन् ।
....
सुनसरीको बर्जुमा ड्युटीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण गरेर हतियार लुट्ने ७ जनाको समूहलाई मोरङ प्रहरीले पक्राउ गर्यो । अनुसन्धानका क्रममा उनीहरू मोरङ र सुनसरीका विभिन्न स्थानमा श्रृंखलाबद्ध लुटपाटमा संलग्न रहेको खुल्यो ।
आपराधिक घटनामा संलग्न भएको अभियोगमा कैद भुक्तान गरी निस्किएपछि फेरि आपराधिक गतिविधिमा संलग्न भएका उनीहरूले मोरङ र सुनसरीका ११ स्थानमा लुटपाट गरेको पुष्टि भयो । प्रहरीले सुनसरीको दुहबी नगरपालिका– ४ का ३२ वर्षीय नसुद्दिन मियाँ, सोही ठाउँका ३० वर्षीय मो. अलिम मुर्तुजा, मोरङ बुढीगंगा गाउँपालिका– ४ बस्ने ४० वर्षीय रिजवन मियाँ, भारत घर भई हाल दुहवी नगरपालिका ६ बस्ने ४० वर्षीय मो. आलम, बुढीगंगा गाउँपालिका ५ का २१ वर्षीय मो. नजरूल मियाँ र सोही ठाउँका २५ वर्षीय सिजाम आलमलाई पक्राउ गरेको थियो ।
....
२०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका– २० मा एक्लै बस्दै आएकी ६४ वर्षीया पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा साँगुरीगढी गाउँपालिका– ८ घर भई धरान बस्दै आएका १८ वर्षीय निखिल भन्ने नकुल राई र भोक्राहा नर्सिङ गाउँपालिकाका २० वर्षीय रञ्जितकुमार साहलाई पक्राउ गर्यो । हत्याको पाँच दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
वृद्धा महिलाले लगाएको सुन लुट्ने नियतले धारिलो हतियार प्रयोग गरी हत्या गरेको अनुसन्धानका क्रममा खुल्यो । लागूऔषधका प्रयोगकर्ता निखिलले वृद्धाको हत्या गरेको प्रमाणहरू भेटिएपछि उनीहरू अहिले पुर्पक्षका लागि थुनामा छन् ।
....
घरायसी विवादका कारण सुनसरीको इटहरीमा नातामा ज्वाइँ पर्ने ४३ वर्षीय रामकुमार भुजेलले जेठानको हत्या गरे । इटहरी ५ सिमरवनाका ३८ वर्षीय भुवन चौधरीको हत्या भुजेलले इटहरी ६ का २७ वर्षीय वेदप्रकाश मण्डलसँग मिलेर गरेको प्रहरी अनुसन्धानबाट खुल्यो ।
हत्या आरोपमा सुनसरी प्रहरीले उनीहरूलाई असोज २४ गते पक्राउ गरेको थियो । भुजेल र मण्डलले इटहरी– ६ नेसनल गल्ली प्रवेश गर्ने स्थानमा चौधरीलाई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
यी घटनाका अभियुक्तहरू अधिकांश युवा छन् । प्रायको उमेर ३५ वर्षभन्दा कम छ । तीमध्ये केहीले प्रेम, केहीले तत्कालीन आवेग त केहीले आर्थिक कारणले जघन्य अपराधको बाटो रोजेको प्रहरी अनुसन्धानहरूले देखाएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको तथ्याङ्कमा पछिल्ला वर्षमा अपराधमा युवाको संलग्नता डरलाग्दो देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा जघन्य प्रकृतिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ । प्रहरीको अभिलेखअनुसार ८ हजार ३१६ आपराधिक घटना प्रदेशभरि घटेका थिए, जसमा १ हजार ६२३ जघन्य अपराधका घटना भएका छन् । ती घटनामा संलग्न १ हजार ४११ जना १६ देखि २५ वर्ष उमेर समूहका छन् ।
त्यसैगरी २०७५/७६ को अभिलेखअनुसार जघन्य प्रकृतिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ । गत आर्थिक वर्षमा कोशी प्रदेशका १४ जिल्लामा ७ हजार ६९१ वटा आपराधिक घटना घटेका थिए, जसमध्ये जघन्य अपराधका घटना ९९८ वटा छन् । प्रहरीले जघन्य अपराधमा संलग्न १ हजार २४ जना पुरुष तथा ५७ जना महिलासमेत गरी १ हजार ८१ जनालाई पक्राउ गरेको थियो ।
प्रदेश प्रहरीको अभिलेखअनुसार जघन्य अपराधमा एक हजार ८१ जना पक्राउ परेकामध्ये ३२६ जना १६ देखि २५ वर्ष उमेर समूहका छन् । त्यस्तै २६ देखि ३५ वर्षसम्मका ४ सय ८७ जना, ३६ देखि ४५ वर्ष उमेरका १९० जना छन् । ४६ देखि ६० वर्षका ७४ जना, ६० वर्षमाथिका १ जना र १६ वर्षमुनिका ३ जना रहेका देखिन्छन् ।
यस प्रदेशमा कर्तव्य ज्यान, जबरजस्तीकरणी, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना तथा लागूऔषधमा संलग्नहरूमध्ये १६ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या बढी छ ।
आर्थिक वर्ष २०७५/७६ मा प्रदेशमा कर्तव्य ज्यानका १३८ मुद्दामध्ये १०४ जना १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संलग्नता पाइएको थियो । जबरजस्ती करणीमा पनि चालू आर्थिक वर्षमा १ सय ६० वटा मुद्दामध्ये ९२ वटा मुद्दामा युवाहरू संलग्न छन् ।
यसैगरी ज्यान मार्ने उद्योगका ८४ वटा घटनामा ५५ जना युवा संलग्न पाइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ७ हजार ९१ वटा मुद्दा दर्ता भएकामध्ये १०६ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । कर्तव्य ज्यान मुद्दामा १६८ पुरुष र १० महिला पक्राउ परेका छन् ।
आर्थिक वर्ष ०७७/०७८ मा ७ हजार ३८४ मुद्दा दर्ता भएकामध्ये ३ हजार ७ सय ३९ वटा फर्छौट भएको प्रहरीको अभिलेखमा देखिन्छ, जसमध्ये कर्तव्य ज्यान मुद्दामा १४३ मुद्दा दर्ता हुँदा १६७ जना पुरुष र ३० जना महिला पक्राउ परेको छन् । आर्थिक वर्ष २०७९/०८० मा ८ हजार ८ हजार ७१९ वटा मुद्दा दर्ता भएको छ । दर्ता भएकामध्ये २ हजार ७७३ मुद्दा फर्छौट भएका छन् ।
डिग्री क्याम्पस समाजशास्त्रका सह–प्राध्यापक डिल्लीराज प्रसाईंले सामाजिक विचलनका कारण युवापुस्तामा आपराधिक मनोवृत्ति बढ्दै गएको बताए ।
‘किशोरहरूमा अचानक स्वभाव परिवर्तन भै रिसाउने, झोक्किने, इन्टरनेटमा बढी झुम्मिने र अश्लील चलचित्र हेर्ने बानीले गलत बाटो अवलम्बन गरिरहेका छन्’, उनले भने ।
युवा अवस्थामा एक्लै वा ढोका थुनेर बस्ने बानीप्रति अभिभावक सचेत हुन जरुरी रहेको उनको भनाइ छ । प्रहरीले खुन डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, लागूऔषध, अपहरण, हातहतियार तथा खरखजना, मानव बेचबिखन तथा ओसारपसार, जबरजस्तीकरणी र विस्फोटक पदार्थजस्ता ११ अपराधलाई जघन्य अपराधको सूचीमा राखेको छ । डाँकाचोरीबाहेक सबै किसिमका अपराध बढेको तथ्यांकले देखाउँछ ।
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...