×

Dabur

कोशीमा मुख्यमन्त्री कार्कीलाई राप्रपाले विश्वासको मत नदिने, कस्तो छ अंकगणित ?

विराटनगर | असोज १६, २०८०

NTC
Premier Steels
Marvel

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटक विश्वासको मत नदिने भएको छ । यसअघि प्रदेश सरकारमा सहयात्री बनेको राप्रपाले योपटक भने विश्वासको मत नदिने भएको हो । 

yONNEX
Sagarmatha Cement

आफूहरूले मत दिए पनि सरकार नटिक्ने भएपछि नदिने मनस्थितिमा पुुगेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । अहिलेको सरकारमा राप्रपा सहभागी भएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले विश्वासको मत दिँदा पनि वर्तमान सरकार टिक्दैन,’ सिटौलाले भने ‘४२ जना देखाएमात्रै मत दिएर सहयोग गछौं । नत्र हामीले सहयोग गर्दा पनि त्यसको महत्व रहँदैन ।’ राप्रपा संसदीय दलको बैठकले पनि विश्वासको मत दिने निर्णय गरेको छैन । राप्रपाले साथ नदिएको खण्डमा भने मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ ।


Advertisment

यद्यपि राप्रपाको कार्यसम्पादन समितिले  अध्यक्ष राजेन्द्र लिङ्देनलाई कोशी प्रदेशबारे निर्णय गर्ने अधिकार समेत दिएको छ । नेपाली कांग्रेसले यसअघि नै संसदीय दलको बैठक बसेर नेकपा (एमाले) नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । अन्य गठबन्धनमा रहेका दलले भने विश्वासको मतको विषयमा कुनै निर्णय गरेका छैनन् ।  

Vianet communication
Laxmi Bank

गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यही असोज २० गते भित्रमा विश्वासको मत लिइसक्नु पर्ने हुन्छ । कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधवार दिउँसो १ बजे बस्दै छ । यसअघि प्रदेशसभाको तेस्रो अधिवेशन तत्कालीन मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि भदौ ६ बुधवार अन्त्य भएको थियो । विश्वासको मत लिने प्रयोजनका लागि बैठक अवहान गरिएको हो ।

विश्वासको मत लिने दिन नजिकिँदै जाँदा दलहरू काठमाडौं केन्द्रित भएका छन् । मुख्यमन्त्री कार्की, कांग्रेस संसदीय दलका नेता उद्धव थापा, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो लगायतका नेता यतिबेला काठमाडौंमा छन् । संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत नपाएको खण्डमा संविधानको धारा १६८ (५) अनुसार सरकार गठनको आव्हान हुनेछ । 

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ । कोशी प्रदेशमा एमालेका कार्यवाहक सभामुखसहित ४० जना छन् । सभामुखले निर्णय मतदान मात्रै गर्न पाउने संवैधानिक  व्यवस्था छ । उनले मतदान गर्न नपाउने भएपछि एमालेको ३९ मत मात्रै हुनेछ । कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन् ।

एमाले नेतृत्वमा बन्ने सरकारसँग भन्दा गठबन्धनसँग १ मत बढी छ । उपधारा (५) अनुसार सरकार गठन गर्ने अवस्थामा ४७ सांसदको हस्ताक्षर पुर्याउन गठबन्धनलाई सहज छ । राप्रपाले एमालेको साथ छाडेर सभामुखसँग लिएको खण्डमा भने गठबन्धन सरकारको आयु बढ्न सक्छ । राप्रपाले गठबन्धन र एमालेलाई नसघाएको खण्डमा भने प्रदेशसभा विघटनको दिशामा जानसक्ने अनुमान गर्न थालिएको छ ।  


 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x