×

NMB BANK
NIC ASIA

कोशी प्रकरणले कांग्रेसमा किचलो

कोशी विद्रोहपछि तीन धारको चेपुवामा शेखर !

काठमाडाैं | कात्तिक ४, २०८०

NTC
Premier Steels

कोशी प्रदेशमा अप्रत्याशित विद्रोह गराएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो कदमको चलाखीपूर्ण बचाउ गरेका छन् । उनी १५ औं महाधिवेशनमा पनि फेरि सभापतिमा अगाडि बढ्ने तयारी गरिरहेका छन् । 

Muktinath Bank

यही तयारीकाबीच शेखरले अस्वाभाविक रुपमा पार्टीका ८ सांसदलाई विद्रोह गराउँदै आफू निकटका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन उनले सफलता हात पारेका छन् । तर प्रतिस्पर्धी र विपक्षी एमालेको सहारा लिएर गरिएको यो विद्रोहपछि शेखर झनै चुनौतीपूर्ण अवस्थामा रहेका छन् । आफ्नै टिमका महामन्त्री गगन थापाकोसमेत असन्तुष्टिकाबीच आफ्नो विरासत बोकेको भूगोल कोशीमा उनले सम्भावित संकटको सामना गरेरै विद्रोह गर्ने आँट गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर तत्काल आफ्नो जीतजस्तो भए पनि १५ औं महाधिवेशनको पेचिलो समीकरणबीच कोशी विद्रोहपछि उनी रक्षात्मक अवस्थामा पुगेका छन् । यसैले आफूले उठाएको जोखिमलाई शेखरले चलाखीपूर्ण रुपमा बाध्यात्मक भएको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

‘कोशीमा हेर्नुहोस् त राप्रपाले त विपक्षमा भोट हाल्यो नि ! त्यो बेला उसले यस्तै गरेको भए भए त मध्यावधिमा जान्थ्यो नि ! राप्रपाले पनि सभापतिजी (शेरबहादुर देउवा)सँग, प्रधानमन्त्रीजी (पुष्पकमल दाहाल प्रचण्ड)सँग कुरा गरेकै होला,’ शेखरले विराटनगरमा पुगेर संचारकर्मीसँग भने, ‘हाम्रो पनि केन्द्रका नेताहरूसँग कुरा भएको थियो । राप्रपा के गर्दैछ भनेर कुरा बुझेरै यहाँ अहिले यस्तो गरिएको हो ।’ 

Vianet communication

आफूले गराएको विद्रोहको पार्टी पंक्तिमा विरोध भइरहेका बेला शेखरले अब जे भए पनि यसलाई मिलाएर अगाडि जाने बताए । तर त्यो बाटो कस्तो हुनेछ भनेर भने बताउन चाहेनन् । 

null

‘कोशीको परिघटना सामान्य हो विशेषखालको परिस्थिति बनेको थियो । यो सबैले बुझेकै कुरा हो । यसैले कोशीमा अहिले जे भएको छ । त्यसैलाई मिलाएर जाने हो,’ शेखरले आफ्नो कदमको गर्दै भने, ‘एमालेसँग नमिलेको भए त कोशी मध्यावधिमा जाने निश्चित नै थियो ।’

सत्ता गठबन्धन दलसँग मिलेर कांग्रेससहितका दलले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेका थिए । एमालेसँग मिल्दा गणित शेखरको पक्षमा देखियो । यसले कोशीलाई मध्यावधिमा जानबाट रोकिँदा त्यहाँ उनको राजनीतिक जीतजस्तो देखिएको छ । तर पनि उनी दबाबबाट मुक्त भएका छैनन् । 

उता एमालेसँग मिले पनि शेखरले केदार कार्की मुख्यमन्त्री बन्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  र सभापति शेरबहादुर देउवासँग सत्ता गठबन्धनको भावनाभन्दा बाहिर नजाने लिखित प्रतिबद्धता जनाएका थिए । तर अप्ठ्यारोमा सहकार्य गरेको भन्दै एमाले र विद्रोही सांसदलाई मात्रै मन्त्री बनाउँदा गठबन्धन दलका सांसद मन्त्री बन्न सकेका छैनन् । 

शेखरसामु विद्रोह ठीक थियो भन्ने गरी औचित्य पुष्टि गर्नुपर्ने र पार्टीमा आफ्नो वर्चस्व गुम्न नदिने गरी विश्वास कायम गर्नुपर्ने चुनौती धेरै छ । 

शेखरपक्षको विद्रोहका बीच कार्कीलाई सत्ता गठबन्धनका सबै दलले विश्वासको मत दिए । यसैले यो पक्षले दबाब र चुनौती महसुस भने गरेको छ । 

तर पनि एमालेसँग मिल्नु बाध्यता भएको बताएका शेखरले कोशी पुगेर ‘केन्द्रमा गठबन्धनसँगै बहुमत भएकाले कहीँ–कतै पनि सरकार परिवर्तन हुँदैन,’ भनेका छन् ।

null 

तर शेखरमाथिको संशय भने कांग्रेस र गठबन्धनमा कायम रहेको एक नेता बताउँछन् । 

‘उहाँले आफ्नो विद्रोहलाई चलाखीपूर्ण रुपमा कोशीलाई मध्यावधिमा जानबाट रोक्न हो भन्नुभएको छ । तर एमाले सरकारमा नगई नछोड्ने र गठबन्धनले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि सहजै कोशीको राजनीति अगाडि बढ्छ भन्न सकिँदैन,’ ती नेता भन्छन्, ‘यसैले अब शुरुवातदेखि नै शेखर दाइलाई कोशीमा व्रिदोह पनि ठीक भएको र पार्टीमा पनि सन्तलन मिलाएर बोल्ने र काम गर्नुपर्ने बाध्यता उहाँलाई आइलागेको छ ।’

शेखरले सभापतिको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाएको दाबी पनि गरेका छन् । तर एमालेलाई सरकारमा सहभागी नगराउने शर्तमा मात्रै देउवाले कार्कीलाई नै मुख्यमन्त्री मान्ने बताएको नेताहरू बताउँछन् । 

‘आफूले भनेजस्तो नभएपछि सभापतिले ल ठीकै छ नि त एमालेबिना कोशीमा सरकार बन्छ भने कार्कीलाई मुख्यमन्त्री मान्न आपत्ति हुँदैन भन्नुभएको हुन सक्छ,’ कांग्रेस संस्थापननिकट स्रोत भन्छ, ‘तर एमालेलाई तत्काल चिढ्याउन पनि नहुने र पार्टीमा पनि विद्रोही छविमात्रै होइन मिलेर अगाडि बढ्नुपर्ने गरी सन्तुलन मिलाउनुपर्ने पेचिलो अवस्थामा उहाँ हुनुहुन्छ ।’

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल शेखर दुईवटा आगोसँग खेल्नुपर्ने अवस्थामा पुगेको बताउँछन् ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल । 

‘कांग्रेस कोशीका डिजाइनर शेखरले अहिले दुईवटा आगोसँग खेल्नुपरेको छ । एउटा आगो, एमालेसँग, अर्को सत्ता गठबन्धनमा रहेको आफ्नै पार्टी माओवादीसँग कसरी अगाडि बढ्ने भनेर । किनकि, शेखरले अलग–अलग ठाउँमा खुट्टा राख्नुभएको छ,’ दाहाल भन्छन्, ‘कार्की गठबन्धनसँग मिल्नुभयो भने एमालेप्रति घात हुन्छ । शेखरले पनि घात गरेको ठहरिन्छ । कारण, यसको डिजाइनर शेखर हुन् ।’ 

शेखरसँगै अर्कोतिर विद्रोह गरेपछि मान्यता दिने संस्थापन पनि चुनौतीमा देखिएको उनी बताउँछन् । ‘शेखर पक्षले गरेको विद्रोहलाई मान्यता दिने र अपनत्व लिँदा पार्टी अनुशासन समाप्त हुन्छ । हैसियत, मर्यादा अनुशासन स्खलित भएर जान्छ । झन् पेचिलो भएर जान्छ,’ दाहाल भन्छन्, ‘एमालेसँग गठबन्धन गर्न सकिने कुराले माओवादीसँग पनि विश्वासको संकट बढ्छ, यसले कांग्रेसले जतिखेर पनि धोका दिन सक्छ भन्ने माओवादीलाई पर्छ । बरु हामी समयमै एमालेसँग मिलौं भन्ने धार माओवादीमा बलियो हुने सम्भावना पनि उत्तिकै छ ।’

तत्काल यो विद्रोहपछिको तीन धारको चेपुवाको असरको लेखाजोखा गर्नै गाह्रो हुने दाहाल बताउँछन् । यी तीन धारको चेपुवाबाट विद्रोह ठीक भएको देखाउने देखाउनुपर्ने चुनौतीपूर्ण बाटोमा शेखर छन् । 

शेखरका निम्ति पेचिला गगन र विश्वप्रकाश

कोशीमा सभापतिले मात्रै होइन शेखरले पनि आफूहरूसँग विद्रोह अगाडि कुनै छलफल नगरेको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा दुवै असन्तुष्ट छन् । एमालेसँग मिल्नेसम्मको विद्रोह हुँदा छलफल नगरिएपछि यी दुवै महामन्त्रीले यो कदमको आलोचना गरेका छन् । 

यसैले शेखरले कम्तीमा आफ्नो टिमबाट जित्ने गगनलाई विश्वासमा लिनुपर्ने बाध्यता छ । किनकि, शेखरलाई टिमको नेतामा कायम गराइराख्न गगन निर्णायक हुन सक्नेछन् । कारण, गगनले १५ औं महाधिवेशनमा आकांक्षा राख्दाको जोखिम शेखरलाई नै छ । यसैले गगनसँग दूरी बढाएरभन्दा विश्वासमा लिन सक्दा नै उनलाई फाइदा हुने देखिन्छ । तर कोशी विद्रोहपछि शेखर र गगनबीच आवश्यक र पर्याप्त छलफल नभएको नेताहरू बताउँछन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x