×

कोइराला परिवारको दशैं

दशैं मान्न कम्युनिस्टभन्दा प्रगतिशील कोइराला परिवार, तर छैन बीपी र गिरिजाकालीन माहोल

काठमाडाैं | कात्तिक ६, २०८०

नेपालको राजनीतिमा कोइराला परिवारको छुट्टै इतिहास छ ।

Laxmi Bank

कोइरालाहरू भौतिकवादी होइनन्, तर उनीहरू परम्परा र चाडबाड मान्ने अभ्यासमा भने कम्युनिस्ट भन्दा प्रगतिशील छन् । 


Advertisment

कांग्रेसका संस्थापन बीपी कोइराला मात्रै होइनन्, उनीपछि गिरिजाप्रसाद कोइराला, सुशील कोइरालादेखि डा. शेखर, डा. शशांक र सुजाता कोइरालासम्म आइपुग्दा उनीहरूको चाडबाडको शैली अलग छ ।


Advertisment

दशैं मान्ने यिनीहरूको परम्परामा आएको बदलाव, अन्य प्रथाजन्य संस्कृति आदिमा कोइरालाहरू देखिन्छन् ।

कम्युनिस्ट नेताका चाडबाड भड्किलो देखिँदा तुलनात्मक रूपमा ठूलो विरासत बोकेका कोइरालाहरू फरक रहेको प्राध्यापक लोकराज बराल बताउँछन् । 

‘कम्युनिस्ट त प्रगतिशील नै हुनुपर्ने हो, जातपात हटाउने, असमानताविरुद्ध लड्ने, आर्थिक समानताको कार्यक्रमका लागि अग्रसर हुनुपर्ने हो तर कम्युनिस्टहरू ढोंगी देखिएका छन्,’ बराल भन्छन्, ‘कम्युनिस्टभन्दा चाडपर्व र सामाजिक चालचलनमा कोइरालाहरू प्रगतिशील देखिन्छन् । बीपी धर्मनिरपेक्षताको पक्षमा उभिनुभयो । क्रियाकर्मजस्ता विषयमा उहाँको आम मान्यता थिएन । जातभातमा पनि उहाँ प्रगतिशील हुनुहुन्थ्यो ।’

कोइराला परिवारलाई नजिकबाट चिन्ने पत्रकार जगत नेपाल कोइरालाहरू चाडपर्व मान्ने सवालमा प्रगतिशील भएको बताउँछन् । 

‘पारिवारिक सदस्यबीच जमघट हुने मात्रै होइन बीपी र गिरिजाकालीन समयमा शुभेच्छुकलाई बोलाएर पनि दशैंजस्ता चाडबाडको एउटा रमाइलो माहोल बनाउने प्रवृत्ति थियो,’ नेपाल भन्छन्, ‘यो भनेको तडकभडक र पहुँचभन्दा रमाइलो गर्ने तरिका मात्रै हो । तर टीकाटालो गरेर आफ्नो प्रभाव देखाउने, काटमार, जुवातास, खानेपिउनेजस्ता व्यवहार उहाँहरूले पछ्याएको पाइँदैन ।’

बरु पर्वलाई कोइरालाहरूले मेलमिलापसँग जोडेका छन् । बीपी एकता र मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्किएपछि दशैंको कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले हरेक वर्ष चियापान गर्दै आएको छ । 

बीपी पुत्र डा. शशांक कोइराला बीपी हुँदाको जस्तो रौनक र रमाइलो कोइराला परिवारमा हुन छोडेको बताउँछन् । 

‘ठूलो परिवार थियो । भीमबहादुर तामा, दिलबहादुर घर्ती सबै परिवारकै सदस्य थियौं । अत्यन्त रमाइलो हुन्थ्यो । पर्याप्त पैसा हुन्थेन, तर अति रमाइलो हुन्थ्यो’, कोइरालाले लोकान्तरसँग भने, ‘आस्था र सम्मानले उहाँसँग टीका थाप्न आउँथे । तर आजकाल दशैं आएको नआएको केही मतलब नै हुँदैन । बीपी कोइराला हुँदाको जस्तो रमाइलो आजकालका दशैंमा हुन छोडेको छ ।’

बीपीकालीन उत्साह तथा उमंग नभए पनि कोइराला परिवारमा दशैं तडकभडक नहुने बरु प्रगतिशील अभ्यास हुने गरेको उनी बताउँछन् । 

‘हाम्रो परिवार कांग्रेस हो । तर हामी अनौठो अभ्यास भनेर परिचित छौं । सोच्न पनि नसकिने जमानामा मेरो फुपूले मुसलमानसँग विवाह गर्नुभएको थियो । परिवारका अरू सदस्यले पनि अन्तरजातीय विवाह गरेका छन् । हाम्रो परिवार पुरातन व्यवस्थामा धेरै विश्वास नगर्ने परिवार हो,’ उनी भन्छन्, ‘बीपी पनि तिथि श्राद्धमा विश्वास गर्नुहुन्थेन । म आफू पनि गर्दिनँ । जहाँसम्म लाग्छ, मेरा दाइहरू पनि तिथि श्राद्ध गर्नुहुँदैन । हृदयबाट मान्ने, सम्झने हो । रिती रिवाज एउटा बन्धनमा बाँधिएको हुन्छ । हामी खुला विचारको मान्छे हौं । आदर सत्कार, सम्मान, माया गर्ने ठाउँमा गर्ने अन्यमा खुला विचार राख्दै आएका छौं ।’ 

कम्युनिस्ट र कांग्रेसकै अरू नेताले भड्किलो र आडम्बरपूर्ण चाडबाड मान्ने गरेको भन्दै उनी बीपीबाट प्रगतिशील मान्यता र व्यवहार धेरैले सिक्न सक्ने बताउँछन् । 

‘राजनीतिक समझ विश्व दृष्टिकोण, साहित्यजस्ता विषयमा बीपीको अध्ययन र चिन्तन उन्नत थियो । साथै आध्यात्मिक कुरा गर्नुहुन्थ्यो । पुस्तक पढ्न प्रेरित गर्नुहुन्थ्यो । ८ कक्षामा पढ्दा लियो टोल्सटोयको किताब मैले बीपीकै प्रेरणामा पढेको थिएँ,’ शशांक भन्छन्, ‘दशैं आएपछि तँलाई के चाहिन्छ भनेर सोध्नुहुन्थ्यो । म पाइन्ट रोज्थेँ । कतिवटा भनेर सोध्नुहुन्थ्यो । म ५/६ वटा भन्थें । उहाँले तँ ५/६ वटा पाइन्ट एकैपटक लगाउँछस्, भन्नुहुन्थ्यो । बजारमा लिएर जाँदा एउटा किन्दिनुहुन्थ्यो अनि भन्नुहुन्थ्यो भन्ठान्, बजारमा झुण्डिएका सबै तेरा नै हुन् । बाल मनोविज्ञान उहाँले राम्रोसँग बुझ्नुहुन्थ्यो ।’

सामान्य टीका, जमरा लगाए पनि घरमै काटमार गर्ने, भड्किला पार्टी गर्ने, जुवातास खेल्ने अभ्यास कोइरालाहरूको परिवारमा नभएको उनी बताउँछन् । 

कोइराला परिवारका सदस्यहरूको घरमा दशैंको अवसर पारेर काटमार पनि हुने गरेको छैन । 

‘अरू धेरै नेता कार्यकर्ताहरूको घरमा दशैंमा बलिका नाममा बोका र खसी काटमार हुन्छ । तर, कोइरालाहरू काटमारमा विश्वास गर्दैनन्,’ कोइराला परिवारलाई चिनेका एक नेता भन्छन् । 

पत्रकार नेपाल गिरिजाबाबु हुँदासम्म विराटनगरमा दशैंको रौनक हुने गरेको बताउँछन् । ‘गिरिजबाबु दशैंमा सधैँ नै विराटनगर जानुहुन्थ्यो । उहाँ गएपछि दशैंको रौनक नै बेग्लै हुन्थ्यो,’ नेपाल भन्छन्, ‘तर २०६४ मा दशैंको अगाडि जानुभयो । एक दिन बसेर नवमीको दिन फर्किनुभयो । उहाँ विराटनगरमा नहुँदा धेरैले दशैं खल्लो महसुस गरेका थिए ।’

उनीपछि शशांक, शेखर र सुजाताले बीपी र गिरिजाकालीन दशैंको रौनक दिन नसकेको उनी बताउँछन् । ‘बीपी गिरिजापछि कांग्रेसमा शशांक, शेखर र सुजाता कांग्रेसको राजनीतिमा हुनुहुन्छ, तर उहाँहरूले दशैंमा पहिलाको जस्तो रौनक दिलाउन सक्नुभएको छैन,’ नेपाल भन्छन्, ‘उहाँहरूको अरूजस्तो भव्य र तामझाम पनि हुँदैन । धेरैलाई प्रभाव र रमाइलो गर्ने गरी माहोल पनि बनेको देखिँदैन ।’

गिरिजा हुँदासम्म कोइराला परिवारमा एक खालको मेल थियो । तर, उनी र सुशील कोइरालाको अवसानपछि कोइराला परिवार छरिएको छ ।

शशांक, शेखर र सुजाताबीच नै मेल नभएपछि उनीहरूले राजनीतिमा मात्रै होइन, चाडपर्वमा पनि रौनक थप्न नसकेको कांग्रेसका एक नेता बताउँछन् । 

‘गिरिजाबाबु हुँदासम्म कांग्रेसमा सबैथोक थियो । उनीहरूका वरिपरी हजारौं नेता कार्यकर्ता झुम्मिन्थे । अनुशासन थियो । पार्टीमा कमाण्ड थियो । प्रभाव र पहुँच थियो,’ ती नेता भन्छन्, ‘तर शेखर, शशांक र सुजाताको यो समयमा कांग्रेसभित्र उनीहरूको लगाम मात्रै खुस्किँदै गएको छैन, चाडपर्व र अवसरमा रौनकसमेत हराएको छ ।’

यद्यपि नेता कार्यकर्तालाई सम्मान  गर्ने, घरसम्मै सहज पहुँच दिने सकारात्मक व्यवहार भने अहिले पनि कायम रहेको ती नेता बताउँछन् ।

असोज २९, २०८०

पुरानो सम्झौता रद्द गरी गौशाला खाली गर्न पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गरे पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पुनः मारवाडी सेवा समितिलाई नै जिम्मा दिने तयारी गरेका ...

माघ १२, २०८०

यातायात व्यवस्था विभागले अवैधरूपमा जारी भएका २९ हजारभन्दा बढी लाइसेन्स रद्द गरेको दाबी गरे पनि त्यसको वैधतामा प्रश्न उठेको छ । लाइसेन्स जारी वा रद्द गर्ने अधिकार भएका सम्बन्धित कार्यालयबाटै रद्द गराउनुपर्नेमा व...

असार २६, २०८१

वृहत्तर  जनकपुर क्षेत्र विकास परिषद्‌ले पत्रसहित पठाएको उजुरीको आधारमा सरकारले अतिक्रमित जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन छानबिन समिति गठन गरेको खुलेको छ । परिषद्‌का अध्यक्ष शीतल साहले गृह मन्...

भदौ २४, २०८०

विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको फोरम ‘जी २०’ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर भारतले आफ्नो कूटनीतिक सक्षमताको उम्दा उदाहरण प्रस्तुत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्ला...

बैशाख २६, २०८१

‘कति ठाउँमा दोहोरो भिडन्त गरियो, यसो गणना गर्दा ४१ ठाउँमा प्रत्यक्ष भिडेको रहेछु । बमका ९ वटा छर्रा शरीरमै टाँसिएको छ । असर गर्दैन रे, डाक्टरको सल्लाहमै झिकेको छैन’, कुनै बेला काठमाडौं उपत्यकालाई...

माघ २१, २०८०

प्याथोलोजिस्ट डा. अञ्जन श्रेष्ठले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ब्लड क्यान्सरको उपचार गर्दै आएका छन् । अस्पतालको प्याथोलोजी विभाग प्रमुख समेत रहेका डा. श्रेष्ठ क्यान्सर तथा रगतसम्बन्धी रोग...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x