×

NMB BANK
NIC ASIA

जटिल रोगको उपचारमा गम्भीर खेलाँची

'ब्लड क्यान्सर'को उपचारमा खेलबाड: बिरामीको शरीर प्रयोगशाला बनाउँदै १ वर्षे फेलोशिप डाक्टर !

त्रिवि शिक्षण, कान्ति, हरिसिद्धि क्यान्सर अस्पतालदेखि ह्याम्ससम्म फेलोशिपवालाकै बिगबिगी

काठमाडाैं | माघ २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्याथोलोजिस्ट डा. अञ्जन श्रेष्ठले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ब्लड क्यान्सरको उपचार गर्दै आएका छन् ।

Muktinath Bank

अस्पतालको प्याथोलोजी विभाग प्रमुख समेत रहेका डा. श्रेष्ठ क्यान्सर तथा रगतसम्बन्धी रोगका विशेषज्ञ चिकित्सक भने होइनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्याथोलोजी 'नन् क्लिनिकल' सेवा हो, अर्थात् प्याथोलोजिस्टले बिरामी हेर्ने होइन, विशेषज्ञ चिकित्सकको सिफारिशमा रगत वा विभिन्न जाँचहरू गरी रोग पहिचानमा सघाउने हो । बिरामीको रिपोर्ट हेर्नुभयो भने त्यहाँ प्याथोलोजिस्टकै 'सिग्नेचर' हुन्छ ।


Advertisment
Nabil box
Kumari

प्याथोलोजीमा डक्टर अफ मेडिसिन (एमडी) गरेका डा. श्रेष्ठले १ वर्षको फेलोशिप देखाएर विशेषज्ञ चिकित्सकसरह ब्लड क्यान्सर तथा रगत सम्बन्धी विभिन्न रोगका बिरामीको उपचार गर्दै आएका छन् ।

Vianet communication
Laxmi Bank

त्यही फेलोशिपका आधारमा नेपाल मेडिकल काउन्सिलले उनलाई क्यान्सरको उपचार गर्ने चिकित्सकका रूपमा 'एक्नलेज' गरेको (जानकारीमा लिएको) छ ।

अहिले डा. श्रेष्ठले शिक्षण अस्पताल मात्र होइन, ह्याम्स र ओम अस्पतालमा पनि क्यान्सर रोगीको उपचार गर्दै आएका छन् ।

ह्यम्सको वेबसाइटमा हेर्दा उनलाई ब्लड मात्र हैन, अन्य क्यान्सरको समेत कन्सल्टेन्ट चिकित्सकका रूपमा प्रस्तुत गरिएको छ । 

उनले फेलोशिप प्रमाणपत्र पाएको नयाँ दिल्लीस्थित राजीव गान्धी मेमोरियल क्यान्सर अस्पताल शिक्षण अस्पताल पनि होइन । उक्त अस्पतालमा अध्ययन/अध्यापनको काम हुँदैन ।

null

आफूले त्यससम्बन्धी एकेडेमिक कोर्स नगरे पनि एक वर्षको फेलोशिपका आधारमा क्यान्सर रोगको उपचार गर्दै आएको डा. श्रेष्ठले स्वीकारे ।

'हेमाटोलोजीमा मेडिसिन, प्याथोलोजी, पेडियाट्रिक्स र इन्टरनल मेडिसिनमा एमडी गरेकाले फेलोशिप गर्न पाउने हुँदा मैले १ वर्षको फेलोशिप गरेर ब्लड क्यान्सरको उपचार गरिरहेको हो,' डा. श्रेष्ठले लोकान्तरसँग भने, 'हेमाटोलोजीमा डीएम, पीएचडी वा फेलोशिप लिएकाले पनि उपचार गर्न पाउने प्रावधानअनुसार नै मैले ब्लड क्यान्सरको उपचार गर्दै आएको छु ।'

null

ब्लड क्यान्सरको उपचार क्लिनिकल सेवा भएको स्वीकार्दै उनले आफूले त्यही फेलोशिपका आधारमा क्यान्सर रोगका कैयन बिरामीलाई निको पारेको दाबी गरे ।

अहिले शिक्षण अस्पतालमा प्याथोलोजी विभाग आफूले नहेर्ने समेत उनले बताए ।

****

डा. सुधीर सापकोटा बाल रोग विशेषज्ञ हुन् ।

पेडियाट्रिक्समा एमडी गरेका डा. सापकोटाले कान्ति बाल अस्पताल र इसान बाल अस्पतालमा ब्लड क्यान्सर तथा रगतसम्बन्धी रोगका बिरामीहरूको उपचार गर्दै आएका छन् ।

डा. सापकोटाले भारतको नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालबाट एक वर्षको फेलोशिप लिएका छन् । त्यही फेलोशिपका आधारमा उनले मेडिकल काउन्सिलमा आफूलाई क्यान्सर रोगको उपचार गर्ने चिकित्सकका रूपमा 'एक्नलेज' गराएका छन् ।

मेडिकल काउन्सिलले नै मान्यता दिएकाले आफूले ब्लड क्यान्सरका बिरामी हेर्दै आएको डा. सापकोटाको दाबी छ । तपाईं क्यान्सरको विशेषज्ञ चिकित्सक हो र भन्ने प्रश्नमा उनले आफूले फेलोशिपका आधारमा उपचार गर्दै आएको बताए ।

null

'म मेडिकल काउन्सिलमा रजिस्टर्ड सब-स्पेसलिस्ट चिकित्सक हो । ब्लड क्यान्सरको उपचार गर्ने एकेडेमिक डिग्री नभएपनि फेलोशिपको आधारमा उपचार गर्न पाएको हुँ,' डा. सापकोटाले भने ।

उनले भारत, अमेरिकासहित विभिन्न देशमा फेलोशिपकै आधारमा उपचार गर्न पाउने व्यवस्था रहेको जिकिर गरे । ३ वा ६ महिनाको फेलोशिपले उपचार गर्न नपाए पनि १ वर्षको फेलोशिप लिएपछि उपचार गर्न पाइने उनको दाबी छ ।

****

डा. अमरनारायण श्रेष्ठले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा हेमाटोलोजिस्टका रूपमा ब्लड क्यान्सर तथा रगतसमन्धी रोगका बिरामीको उपचार गर्दै आएका छन् ।

रगत रोगका विशेषज्ञ चिकित्सक नरहेका उनले अल्का र ब्लु क्रस अस्पतालमा पनि सोसम्बन्धी बिरामी हेर्दै आएका छन् ।

डा. श्रेष्ठको अध्ययन प्याथोलोजीमा हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट प्याथोलोजीमा एमडी गरेका उनले भारतको सर गंगाराम अस्पतालबाट १ वर्षको फेलोशिप लिएकै आधारमा ब्लड क्यान्सरको उपचार गरिरहेका हुन् ।

null

'प्याथोलोजीमा हेमाटोलोजी भन्ने पनि विषय हुन्छ । मेडिसिनमा एमडी गर्नेभन्दा भास्ट हेमाटोलोजी हामीलाई ज्ञान हुन्छ,' श्रेष्ठले लोकान्तरसँग भने, 'मेडिसिन लेख्ने मात्र विशेषज्ञ हुन्छ भन्ने कुरा होइन । फेरि मैले १ वर्षको फेलोशिप लिएर नेपाल मेडिकल काउन्सिलमा दर्ता गराएर उपचार गरिरहेको हुँ ।'

आफूले यस सम्बन्धी विषय पठाउन नपाए पनि उपचार गर्न भने पाउने जिकिर उनले गरे । 'मैले हेमाटोलोजीमा एमडी वा डीएम नगर्दा मेरै मातहत हेमाटोलोजी विषय पढाउन पाउँदिनँ, हेमाटोलोजीमा एमडी गर्नेले मात्र पढाउन पाउने हो,' उनले थपे, 'मैले स्नातकोत्तरमा प्याथोलोजीका विद्यार्थीलाई मात्र पढाउन पाउँछु ।'

उपचार गर्न पाउने कि नपाउने भन्ने मेडिकल काउन्सिलको विषय भएको भन्दै उनले थपे, 'यसमा मेडिकल काउन्सिलले रेगुलेट गर्नुपर्छ नि ! फेलोशिपकै कारण धेरै मिसम्याच भएको हुनाले नै अहिले आएर मेडिकल काउन्सिलले फेलोशिप गर्नेहरूको रजिस्ट्रेसनमा कडाइ गरेको छ ।'

****

डा. रिंकु जोशीले वीरेन्द्र सैनिक अस्पताल र अल्का अस्पतालमा ब्लड क्यान्सर तथा रगतसम्बन्धी रोगका बिरामीको उपचार गर्छिन् । इन्टरनल मेडिसिनमा एमडी गरेकी उनले भारतको दिल्लीस्थित एम्स अस्पतालबाट १ वर्षको फेलोशिप लिएकी छन् ।

फेलोशिपकै आधारमा क्यान्सरको विशेषज्ञ चिकित्सकसरह उपचार गर्न पाइन्छ त भन्ने प्रश्नमा उनले लोकान्तरसँग भनिन्, 'काउन्सिलले नै फेलोशिपलाई एक्नलेज गरेर मान्यता दिइसकेको छ । त्यस विषयमा काउन्सिललाई सोध्नुस् । जसले हामीलाई मान्यता दियो, त्यसले भन्ने हो नि !'

null

****

डा. अञ्जली पण्डित पनि क्यान्सरको विशेषज्ञ चिकित्सक होइनन् । उनले नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा क्यान्सरका बिरामीको उपचार गर्दै आएकी छन् ।

'चाइनाबाट पेडियाट्रिक्समा ३ वर्षे एमडी र कान्ति बाल अस्पतालमा थुप्रै वर्ष काम गरेपछि भारतको नयाँदिल्लीस्थित फोर्टिजबाट फेलोशिप लिएर हरिसिद्धि जोइन गरेको ५ वर्ष भयो,' पण्डितले लोकान्तरसँग भनिन्, 'म पेडियाट्रिक्स हेमाटो अन्कोलोजिस्ट हो । रक्त क्यान्सरदेखि ट्युमरसम्म सबै हेर्छु । एडल्टमा हेमाटोलोजी र अन्कोलोजी भनेर छुट्टै हुन्छ, तर बालबालिकामा लिमिटेड रोग हुने हुँदा छुट्टै हुँदैन । '

null

सोहीकारण पनि बच्चामा ब्लड क्यान्सरदेखि ट्युमरसम्म हेर्दै आएको उनले बताइन् ।

'पेडियाट्रिक्सले त्यतिकै क्यान्सर रोगको उपचार गर्न मिल्दैन । तर, फेलोशिप लिएपछि चाहिँ मिल्छ,' उनले थपिन्, 'म नेपाल मेडिकल काउन्सिलमा बकाइदा रजिस्टर्ड हो । नेपाल मात्र होइन, भारतको काउन्सिलमा पनि रजिस्टर्ड छु ।'

उनले थपिन्, 'नेपालमै म पहिलो होला जो पेडियाट्रिक्स, अन्कोलोजी, हेमाटोलोजी विथ बोनम्यारो ट्रान्सप्लान्टमा मेडिकल काउन्सिलमा रजिस्टर्ड छ ।'

****

डा. ऋतु लामिछानेले भारतबाट २ वर्षको फेलोशिप लिएर क्यान्सर रोगको उपचार गर्दै आएकी छन् । फिलिपिन्सबाट पेडियाट्रिक्समा ३ वर्षे एमडी गरेकी उनले फेलोशिपका आधारमा क्यान्सरका बिरामी  हेर्दै आएको बताइन् ।

'मैले खास गरेर १९ वर्ष उमेरसम्मका बिरामीको सबै क्यान्सर हेर्छु,' उनले थपिन्, 'काउन्सिलमा फेलोशिप रजिस्टर्ड भएको आधारमा उपचार गर्दै आएको हुँ ।'

null

पेडियाट्रिसियन भए पनि ब्लड तथ अन्य क्यान्सरसम्बन्धी फेलोशिप गरेर सुपर स्पेसलाइज्ड गरेको दाबी उनले गरिन् ।

'रगतको विकारसम्बन्धी रोग होस् वा क्यान्सर, सबैको उपचार गर्छु । त्यसको लागि डीएम नै गर्नुपर्छ वा हेमाटोलोजीमा एमडी नै गरेको हुनुपर्छ भन्ने हुँदैन, फेलोशिपकै आधारमा पनि हेर्न पाइन्छ,' उनले लोकान्तरसँग भनिन्, 'मैले गर्ने उपचार र क्यान्सर वा ब्लडमै एमडी, डीएमले गर्ने उपचारमा केही फरक पर्दैन । अलिकति सिलेबसको टाइम फरक मात्र हो । हामीले गर्ने काम उस्तै हो ।'

****

डा. सुचरिता तुलाधरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा क्यान्सर रोगको उपचार गर्दै आएकी छन् । उनले एमडी भने पेडियाट्रिक्समा गरेकी छन् ।

भारतको कोलकत्तास्थित टाटा मेमोरियल क्यान्सर अस्पतालबाट फेलोशिप लिएको आधारमा उनले ब्लड क्यान्सरका बिरामी हेर्दै आएकी हुन् ।

null

आफूले साढे २ वर्ष पढेर, परीक्षा समेत दिएर फेलोशिपको प्रमाणपत्र लिएको उनको दाबी छ । त्यसैको आधारमा बच्चासम्बन्धी सबै क्यान्सर रोगको उपचार गरिरहेको उनले बताइन् ।

रगतसम्बन्धी क्यान्सरको उपचार गर्न त हेमाटोलोजिस्ट हुनुपर्ला नि भन्ने प्रश्नमा उनले भनिन्, 'म रजिस्टर्ड पेडियाट्रिक्स एन्ड अन्कोलोजिस्ट हो । त्यसैले बच्चासम्बन्धी ब्लड क्यान्सरसहित सबै क्यान्सरको उपचार गरिरहेको छु । म एमडी पेडियाट्रिक्समा हो । २ वर्ष पाटनमा एज अ पेडियाट्रिसियनको रूपमा काम गरें । त्यसपछि साढे २ वर्ष हेमाटोलोजी एन्ड अन्कोलोजीमा फेलोशिप लिएको हो ।'

फेलोशिपका आधारमा ब्लड क्यान्सरको उपचार गर्न मिल्छ त भन्ने प्रश्नमा उनले भनिन्, 'तपाईंले यो प्रश्न किन सोध्नु भयो ? म हेमाटोलोजिस्ट त होइन, तर हामीलाई मेडिकल काउन्सिलले रजिस्टर गरेको आधारमा उपचार गरेको हो ।'

नेपालमा हेमाटोलोजिस्ट को छ त भन्दै उनले प्रतिप्रश्न समेत गरिन् ।

****

डा. अमर श्रेष्ठ पनि प्याथोलिजिस्ट हुन् । तर, उनले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा क्यान्सर रोगको उपचार गर्दै आएका छन् ।

उनीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

डा. विष्णु राठी कान्ति बाल अस्पतालमा क्यान्सर रोगको उपचार गर्छन् । तर, उनी पनि प्याडिट्रिसियन हुन् । उनले बाल रोगमा एमडी गरेका हुन् ।

भारतको दिल्लीस्थित सर गंगाराम अस्पतालबाट १ वर्षको फेलोशिप लिएको आधारमा उनले ब्लड क्यान्सरको उपचार गरिरहेका छन् ।

उनीसँग पनि प्रतिक्रिया लिन सम्पर्क हुन सकेन ।

विशेषज्ञ चिकित्सक भन्छन्- नन् क्लिनिकलले ब्लड क्यान्सरका बिरामी जाँच्न मिल्दैन

डा. अजयकुमार झा ब्लड क्यान्सरका विशेषज्ञ चिकित्सक हुन् । उनले बयोधा अस्पतालमा रगत रोग र ब्लड क्यान्सरसम्बन्धी उपचार गर्दै आएका छन् ।

डा. झाले भारतको मणिपालबाट पेडियाट्रिक्समा ३ वर्षको एमडी र पीजीआई चन्डीगढबाट हेमाटोलोजीमा ३ वर्षको डीएम गरेका छन् । रगतसम्बन्धी रोगका विशेषज्ञ चिकित्सक झा यो विषयमा काउन्सिलले नियमन गर्नुपर्ने बताउँछन् ।

'हेमाटोलोजीमा फेलोशिप लिएकाहरूलाई नन् क्यान्सरको उपचार जस्तै: प्लेटलेट्स काउन्ट, हिमोफिलिया, थालासेमिया, सिकल सेल आदि मात्र हेर्न दिनेगरी मेडिकल काउन्सिलले नियमन गर्नुपर्छ,' डा. झाले लोकान्तरसँग भने, 'फेलोशिपकै आधारमा बिरामी हेर्न दिने हो भने भोलि जसले जेको बिरामी पनि हेर्न थाल्छ । त्यसले त अराजकता उत्पन्न हुन्छ । बिरामीले सही उपचार पाउँदैनन् र जोखिम बढ्छ  ।'

एक वर्ष फेलोशिप गरेकै आधारमा उपचार गर्न पाउने हो भने ३ वर्षको एमडी र ३ वर्षको डीएम कोर्स किन लिनुपर्थ्यो भन्दै उनले प्रतिप्रश्न गरे ।

'३ वर्षको एमडी पढ्दा सबै अंगको पढाइ हुन्छ । जाँच र भाइभा दिएर पास हुनुपर्छ । त्यसपछि मेडिकल काउन्सिलको रजिस्ट्रेसन जाँच पनि पास गर्नुपर्छ,' उनले थपे, 'तर, फेलोशिप गर्दा ती कुनै प्रक्रिया अपनाउनु पर्दैन । प्याथोलोजीकाले क्लिनिकल अर्गानका विषयमा पढेकै हुँदैनन् । कहिल्यै बिरामी नहेरेकाले १ वर्षको फेलोशिप लिएकै आधारमा ब्लड क्यान्सरको उपचार गर्दा कति उपयुक्त हुन्छ, यो त काउन्सिलले विचार गर्नुपर्ने कुरा हो ।'

डीएम गरेकाहरू मात्र सुपर स्पेसलाइज्ड हुने उनले बताए ।

'तीन वर्षको डीएम पढाइमा कुनै एक अंगको मात्र पढाइ हुने हुँदा डीएम गर्ने मात्र त्यस अंगको सुपर स्पेसलाइज्ड हुन्छ,' झाले भने ।

* सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विधान निधि पौडेल मेडिसिनमा एमडी गरेकाले हेमाटोलोजीमा फेलोशिफ लिएर उपचार गर्नु ठीकै भए पनि प्याथोलोजिस्टहरूले फेलोशिपको भरमा उपचार गर्न नमिल्ने बताउँछन् ।

'मेडिसिनमा एमडी गर्नेले हेमाटोलोजीमा फेलोशिप लिएको भए उपचार गर्दा सहज हुन्थ्यो, तर प्याथोलोजीमा एमडी गर्नेले फेलोशिप लिएर उपचार गर्नुभन्दा ब्लडसम्बन्धी डाइग्नोसिसमै लग्नु राम्रो हो,' प्रा.डा. पौडेलले लोकान्तरसँग भने,' प्याथोलोजीका डाक्टरले प्याथोलोजीकै काम गर्नुपर्‍यो । क्लिनिकलले मात्र क्लिनिकल हेर्नुपर्‍यो । नेपाल मेडिकल काउन्सिलले यसमा हेर्नुपर्ला ।'

पौडेलले थपे, 'क्यान्सरमा विशेषज्ञ चिकत्सकले प्याथोलोजिस्टहरूले डाइग्नोस गरेर दिएको रिपोर्टका आधारमा मेडिसिन लेख्ने हो, उपचार गर्ने हो । कुन क्यान्सरको सेल हो र कुन औषधि चलाउने भन्ने फर्मुलाका आधारमा उहाँहरूले औषधि चलाइरहनुभएको छ । तर, क्यान्सरसँग सम्बधित अन्य रोगको उपचार गर्ने त गाह्रो कुरा हो नि ! '

नेपाल मेडिकल काउन्सिलले यस्ता समस्याको समाधान गर्नु पर्ने उनको भनाइ छ ।

* डा. विधान निधि पौडेल हुनुपर्नेमा भूलवश विशेष पौडेल हुन गएकाले सच्च्याइएको छ - सम्पादक ।

काउन्सिल अध्यक्ष भन्छन् – फेलोशिप दर्ता होइन,एक्नलेज मात्र गरेको हो

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले फेलोशिप लिएकालाई काउन्सिलले रजिस्टर गरेको नभई एक्नलेज मात्र गरेको बताए ।

'एमडी एउटा विषयमा र फेलोशिप अर्को विषयमा गर्नेलाई काउन्सिलले रजिस्टर गरेको छैन, एक्नलेज मात्र गरेको हो,' भुसालले लोकान्तरसँग भने, 'प्याथोलोजीमा एमडी गरेर हेमाटोलोजीमा फेलोशिप गर्नेले सिधै ब्लड क्यान्सरको उपचार गर्न पाउँदैनन् । त्यसको क्राइटेरिया नै हुन्छ । त्यसरी उपचार गर्दा त्यहाँको विशेषज्ञ चिकत्सकसहितको डिपार्टमेन्ट मातहत रहेर उपचार गर्ने हो ।'

नेपाल मेडिकल काउन्सिलका बोर्ड मेम्बर समेत रहेका डा. गुरुशरण साह पनि मेडिकल अन्कोलोजिस्ट हुन् । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उनी कन्सल्टेन्ट चिकत्सकको रूपमा कार्यरत छन् । उनले पनि फेलोशिपकै आधारमा उपचार गर्न नमिल्ने बताए ।

'हाम्रो लागि पनि यो पेचिलो विषय बनेको छ किनभने नेपाल मेडिकल काउन्सिलले नै फेलोशिप लिएकाहरूलाई एक्नलेज गरिसकेको छ । कसैलाई एकपटक मेडिकल प्राक्टिस गर्न अनुमति दिइसकेपछि बन्द गर भनेर बाध्य बनाउन सकिन्न किनभने भोलि उनीहरू त्यो निर्णयविरुद्ध अदालतसम्म जान्छन्,' साहले लोकान्तरसँग भने, 'एउटा विषयमा तीन वर्ष/पाँच वर्षको एमडी वा डीएम गर्नु र १ वर्षको फेलोशिप मात्र लिएर काम गर्नुमा त धेरै फरक छ नि !'

काउन्सिलमा यस विषयमा धेरै उजुरी परेको उनले खुलाए ।

'उजुरी सम्बन्धमा छानबिन भइरहेको छ । छानबिनमै रहेकाले अहिले नै यस विषयमा धेरै भन्न मिल्दैन,' उनले थपे, 'अब के गर्ने भन्ने विषयमा छुट्टै कमिटी बनाएर छलफल गर्दै केही न केही निर्णय गर्ने प्लानमा अगाडि बढेको छ । यहाँ त क्यान्सर मात्र होइन, अन्य विषयमा पनि फेलोशिपका कारण समस्या भएको छ ।'

तुरुन्तै कडाइ गरेर नियम ल्याउनुभन्दा दीर्घकालीन रूपमा के गर्दा राम्रो हुन्छ भन्नेमा काउन्सिलले केही न केही निर्णय गर्ने उनले खुलाए ।

'मेडिकल काउन्सिलले अहिले त फेलोशिपका विषयमा नयाँ गाइडलाइन नै बनाइसकेको छ, अब जुन विषयमा एमडी गरेको हो त्यसैको अध्ययनका लागि मात्र फेलोशिप लिँदा मात्र एक्नलेज हुन्छ,' उनले थपे, 'उदाहरणका लागि कसैले सर्जरी गरेको छ भने ब्रेस्ट सर्जरी वा जेनरल सर्जरीमा फेलोशिप गर्ने हो । यस्तो फेलोशिपले मात्र मान्यता पाउने हो । पेडियाट्रक्समा एमडी गरेको छ भने बच्चासम्बन्धी रोगको विषयमा मात्र फेलोशिप गर्न पाउने कुरा अहिलेको नियममा आइसकेको छ ।'

के आधारमा फेलोशिपवालाहरूलाई प्राक्टिस गर्न दिएको भन्ने प्रश्नमा उनले थपे, 'त्यतिबेला काउन्सिलका अग्रजहरूले कुन नियममा टेकेर प्राक्टिस गर्न दिनुभयो, थाहा भएन । दिनु नपर्ने भए पनि दिइयो । तर, पहिले पनि फेलोशिपलाई एक्नलेज गरिएको हो, अहिले पनि गर्ने भनेको एक्नलेज नै हो ।'

नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष भगवान कोइरालाले यस विषयमा प्रतिक्रिया दिन चाहेनन् । विगतका कुरालाई कोट्याउँदा समस्या उत्पन्न हुने उनको भनाइ थियो ।

काउन्सिलका पूर्व रजिस्ट्रार भन्छन्-'नन् क्लिनिकल लेखेर दर्ता गरिएको हो, अनुगमन हुनुपर्छ'

नेपाल मेडिकल काउन्सिलका पूर्व रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारी प्याथोलोजीमा विशेषज्ञ रहेकाहरूले क्यान्सरका बिरामीको उपचार गर्नु गलत भएको बताउँछन् ।

'विगतमा नेपाल मेडिकल काउन्सिलले प्याथोलोजीमा एमडी गरेर अन्य क्लिनिकल विषयमा फेलोशिप गर्नेलाई पनि दर्ता गरेको छ । त्यो गर्नु हुँदैनथ्यो,' डा. अधिकारीले लोकान्तरसँग भने, 'विगतमा केही कन्फ्युजन भएकै हो । प्याथोलोजी पढेर अन्य विषयमा फेलोशिफ गर्दा काउन्सिलले रजिस्टर नगर्नुपर्ने हो । अब दर्ता भइहाल्यो, तर आफूलाई क्यान्सर रोगको विशेषज्ञ चिकित्सक जस्तो गरी प्रचार नगर्नू भनेर हामीले बोलाएर सचेत पनि गराएका थियौं ।'

अघिल्ला रजिष्ट्रारहरूकै पालामा त्यसरी एक्नलेज गरिएकाले आफूले केही गर्न नसकेको उनले खुलाए । 'अब रिभ्यु गर्न त मिल्छ, तर पहिला हामीले पनि फेलोशिप लिएर पढेकै हो भन्ने तर्क आउँछ,' अधिकारीले थपे, 'त्यसैले अहिले जारी भएको फेलोशिपको नयाँ गाइडलाइनमा पढेकै विषयमा फेलोशिप लिन पाउने नियम बनाइएको हो ।'

उनले थपे, 'एउटा एमबीबीएस डाक्टरले न्युरो सर्जरी गरेर मान्छे मर्‍यो भने त्यसलाई मुद्दा लाग्दैन, किनभने त्यस्तो कानून छैन । त्यसलाई अहिले हामी बल्ल सुधार गर्दैछौं । त्यसैले कसले हेर्न पाउने वा नपाउने भन्दा पनि यहाँ आवश्यकताको आधारमा उपचार हुने गरेको छ ।'

नेपाल मेडिकल काउन्सिलमा डा. दिलिप शर्मा रजिस्ट्रार भएको बेलामा त्यसरी फेलोशिप गर्नेहरूको बढीजसो एक्नलेज भएको देखिन्छ । एक वर्षे फेलोशिप तालिम लिएर आएकालाई दर्ता गर्ने भन्ने तत्कालीन नियमानुसार नै दर्ता गरिएको उनले बताए ।

'कतिपयलाई त फेलोशिप दर्ता गर्दा नन् क्लिनिकल भनेर नै स्पष्ट लेखेर दिएका छौं । त्यस्ता नन् क्लिनिकलहरूले क्लिनिकल प्राक्टिस गरिरहेका छन् भने काउन्सिलले अनुगमन गरेर कारबाही गर्नुपर्‍यो, मैले त काउन्सिल छाडेको नै आठ वर्ष भैसक्यो,' शर्माले लोकान्तरसँग भने ।

कुनै पनि प्याथोलोजिस्टलाई बिरामी हेर्न मिल्ने गरी दर्ता नगरिएको उनको भनाइ छ ।

'मलाई यतिसम्म याद छ कि आईओएममा बायोकेमेस्ट्री गरेका एकजना सरले भारतको मेदान्तामा गएर इन्फेक्सियस डिजिजमा १ वर्षको फेलोशिप गरेर आउनुभएको थियो । उहाँको फेलोशिप दर्ता गर्दा कोष्ठमा नन् क्लिनिकल भनेर लेखेको थिएँ,' उनले थपे, 'हामीले त्यसरी बकायदा नन् क्लिनिकल लेखेर दिएका छौं । दर्ता गर्ने काउन्सिलको समिति नै हुन्छ, तत्कालीन अवस्थाका संयोजक तथा पदाधिकारीहरू अझै पनि बोर्डमा हुनुहुन्छ, उहाँहरूले रेगुलेट गर्नुपर्‍यो । रजिस्ट्रारले त हस्ताक्षर मात्र गर्ने हो ।'

शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक अञ्जनकुमार श्रेष्ठलगायतको फेलोशिप आफ्नो कार्यकालभन्दा पहिले नै दर्ता भएको उनले खुलाए ।

'डाक्टर अञ्जनले क्यान्सरको उपचार गर्नुभएको भन्दै उजुरी परेपछि हामीले छानबिन पनि गरेका थियौं,' उनले थपे, 'त्यतिखेर छानबिन गर्दा उहाँलाई फ्याकल्टीको हिसाबमा प्याथोलोजीबाट देखाइयो । हामीले उहाँलाई क्यान्सरको उपचार नगर्न स्पष्टरूपमा भनेका थियौं । यदि उहाँले अहिले पनि क्यान्सरका बिरामी हेरिरहनुभएको छ भने काउन्सिलले अनुगमन गर्नुपर्‍यो ।'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापदण्ड तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्याय त्यस विषयमा नेपाल मेडिकल काउन्सिलले नै हेर्नुपर्ने बताउँछन् । 'कुन चिकित्सकले कुन बिरामी हेर्न पाउने, कुन नपाउने भन्ने विषयमा काउन्सिलले नै हेर्ने हो,' डा.उपाध्यायले लोकान्तरसँग भने ।

हेर्नुहोस्, फेलोशिपको नयाँ गाइडलाइन :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १२, २०८०

यातायात व्यवस्था विभागले अवैधरूपमा जारी भएका २९ हजारभन्दा बढी लाइसेन्स रद्द गरेको दाबी गरे पनि त्यसको वैधतामा प्रश्न उठेको छ । लाइसेन्स जारी वा रद्द गर्ने अधिकार भएका सम्बन्धित कार्यालयबाटै रद्द गराउनुपर्नेमा व...

साउन ३२, २०८०

मितिः १७ फागुन २०७४ ।​ स्थानः नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, काठमाडौं ।​ समयः मध्याह्न ।  सई बालकृष्ण सञ्जेलको मोबाइलमा घण्टी बज्यो । उनले फोन उठाए । अपरिचित नम्बरबाट फोन गर्ने व्यक्तिले सिधै...

मंसिर २, २०८०

कात्तिक १७ गते राति ११ः४७ बजे काठमाडौंमै पनि भूकम्पले मज्जैसँग हल्लायो । म कलेजको प्रयोगात्मक परीक्षाअन्तर्गतको ‘अनलाइन पत्रकारिता’ विषयका लागि आर्टिफिसियल इन्टेलिजेन्स, सीएआर र एआईले पत्रकारितामा पा...

कात्तिक १४, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्नका लागि तीन हप्ताको समय बाँकी रहँदा देशभर चुनावी रौनक बढेको छ । कात्तिक १७ गतेदेखि मात्र उम्मेदवारले झण्डा लिएर औपचारिक रूपमा घरदैलो शुरू गर्न पाउने भए प...

असोज २९, २०८०

पुरानो सम्झौता रद्द गरी गौशाला खाली गर्न पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गरे पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पुनः मारवाडी सेवा समितिलाई नै जिम्मा दिने तयारी गरेका ...

माघ १५, २०८०

गत वर्ष झण्डै एक करोड रुपैयाँमा ठेक्का लागेको पोखरा महानगरपालिका वडा नम्बर– ३३ स्थित चमेरे घाटमा यसपटक विनाठेक्का अवैध उत्खनन् भइरहेको छ ।  पारिपट्टि वडा नम्बर २७ मा पर्ने मोरेखरे घाटमा ढुंगाबाल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x