कात्तिक ६, २०८०
नेपालको राजनीतिमा कोइराला परिवारको छुट्टै इतिहास छ । कोइरालाहरू भौतिकवादी होइनन्, तर उनीहरू परम्परा र चाडबाड मान्ने अभ्यासमा भने कम्युनिस्ट भन्दा प्रगतिशील छन् । कांग्रेसका संस्थापन बीपी कोइराला मा...
कास्की | माघ १५, २०८०
गत वर्ष झण्डै एक करोड रुपैयाँमा ठेक्का लागेको पोखरा महानगरपालिका वडा नम्बर– ३३ स्थित चमेरे घाटमा यसपटक विनाठेक्का अवैध उत्खनन् भइरहेको छ ।
पारिपट्टि वडा नम्बर २७ मा पर्ने मोरेखरे घाटमा ढुंगाबालुवा उत्खनन्का लागि १ करोडमा ठेक्का लिएको मोरेखरे रिभर माइनिङ प्रालिले चमेरे घाटमा अवैध रूपमा पसेर उत्खनन् गरिरहँदा पोखरा महानगरपालिका मुकदर्शक बनेको छ ।
उक्त कम्पनीसँग महानगरले साउन १२ गते मोरेखरे घाटका लागि १ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त सम्झौतामा चमेरे घाटको विषय उल्लेख गरिएको छैन ।
ठेक्कामा नाम उल्लेख नगरे पनि चमेरे घाटलाई समेत चार किल्लाभित्र पारेर उत्खनन् हुनुले महानगरको शंकास्पद् भूमिका प्रस्टै देखिएको छ ।
महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले चमेरे घाट सम्झौताअनुसार ठेकेदारको चार किल्लाभित्रै पर्ने बताए ।
‘फिल्डमा घाट दुईवटा देखियो । हामीले पनि दुईवटा घाट नै भन्छौं । तर, सम्झौतामा उल्लेख भएको चार किल्लाले खोला पारिसम्म भेट्दोरहेछ, त्यहाँको विवाद त्यही हो,’ तिवारीले भने, ‘ठेक्कावालाले मेरो चार किल्लाभित्र पर्छ भनेर काम गरेको हो ।’
जबकि महानगरले मेरेखरे घाटमा उत्खननका लागि दिएको कार्यादेशमा चमेरे घाटको नाम कतै उल्लेख छैन ।
साथै, विगतका वर्षहरूमा चमेरे घाटमा छुट्टै ठेक्का लागेर राजस्व संकलन हुँदै आएको थियो । २०७९ मा चमेरे घाटका लागि ९५ लाख ८२ हजार १६० रुपैयाँमा ठेक्का लागेको थियो ।
आफैंले हटाएको ह्युमपाइप फेरि राख्न स्वीकृति !
सामान ओसारपोसारका लागि प्रालिले खोलामा ह्युमपाइप बिच्छ्याएको छ । टेन्टरविनै नदी उत्खनन् भएको थाहा पाएपछि स्थानीयले त्यसको विरोध गरेका थिए ।
चमेरे घाट वृक्षारोपण संरक्षण तथा व्यवस्थापन समितिले नदीमा बिच्छ्याइएको ह्युमपाइप हटाएको थियो । त्यसपछि पनि नदी उत्खननको काम रोकिएन ।
पूर्व वडा सदस्य समेत रहेका स्थानीय दीपक लामिछानेले सेटिङमै अवैध उत्खनन् भइरहेको बताए । ‘प्रक्रियागत हिसाबले टेन्डरमा जान्थे र चलाउँथे भने त्यसमा आपत्ति रहन्थेन । अघिल्लो वर्ष पनि यो घाट टेन्डरमा गएको हो । समस्या कहाँ भयो भने मोरेखरे घाटमा सम्झौता गरेर पछि त्यसमा चमेरे घाट समेत जोडेर मिलेमतोमै उत्खनन् भइरहेको छ,’ लामिछानेले भने ।
स्थानीयले यस विषयमा महानगरको ध्यानकर्षण समेत गराएका थिए । यो महानगर प्रमुख धनराज आचार्यको गृह वडा पनि हो यो । स्थानीयवासीसँग महानगर प्रमुख आचार्यले घाट उत्खनन्का सम्झौता नभएको भन्दै स्वीकार्दै तत्काल काम रोक्ने प्रतिबद्धता जनाएका थिए ।
स्थानीयको दबाबमा महानगरले काम रोक्न भनेर एकपटक नगर प्रहरी पनि पठायो । माघ ६ गते नेपाल प्रहरीको समेत सहयोग लिएर नगर प्रहरीले ह्युमपाइप हटाएको थियो । त्यसको भोलिपल्टबाटै फेरि ह्युमपाइप राखेर अवैध उत्खनन्ले निरन्तरता पाएको छ ।
‘हामीले धेरै प्रेसर गरेपछि महानगर प्रहरी आयो । महानगर प्रहरीले मात्र नसकेपछि नेपाल प्रहरी मगाएर ह्युमपाइप हटाएको एक महिना जति भयो । बीचमा दुईचार दिन काम पनि रोकियो । फेरि अवैध उत्खनन्ले निरन्तरता पाएको छ,’ लामिछानेले भने ।
आफ्नै वडामा कालोझण्डा देखाउने तयारी भएको सूचना पाएपछि मात्र महानगर प्रमुख आचार्य स्थानीयको गुनासो सुन्न तयार भएका थिए । यसबीचमा मेयर आचार्य स्कर्टिङसहित गाउँमा पुगेका थिए ।
‘अब यहाँ आउँदा कालोझण्डा देखाउने योजना छ भनेर हामीले भन्यौं । त्यो खबर मेयरकोमा पुगेछ, त्यसपछि विद्यालयको कार्यक्रममा स्कर्टिङसहित आउनुभयो । त्यतिबेला उहाँसँग कुरा गरेर घाट समेत अवलोकन हुँदा बल्ल काम रोक्ने बताउनुभएको थियो,’ घाट संरक्षण समितिका अध्यक्ष महेश्वर अधिकारीले भने ।
स्थानीयसँगै घाट अवलोकन गरेपछि आचार्यले काम रोक्न महानगर प्रहरी पठाएका थिए । तर, महानगरले भत्काएको बाटो बनाउन स्वयं महानगरले नै स्वीकृति दिएको पाइएको छ । इन्जिनियर नेत्रप्रसाद तिमिल्सनाको हस्ताक्षर रहेको पत्रमा पोखरा महानगरले चमेरे घाटबाट नदीजन्य निर्माण सामग्री ओसारपसारका लागि भनेर बाटो बनाउने अनुमति दिएको देखिन्छ ।
पुस ६ गते दिइएको बाटो बनाउने अनुमति पत्रमा बोधार्थ वडा नं. २७ लाई गरिएको छ, जबकि चमेरे घाट वडा नं. ३३ मा पर्छ । मोरेखरे प्रालिको तर्फबाट सुजन गुरुङले बाटो बनाउने अनुमति माग्दै निवेदन दिएका थिए ।
टेन्डर आह्वन नभई नदी उत्खनन् हुनुमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो देखिएको आरोप पूर्व जनप्रतिनिधि समेत रहेका स्थानीय दीपक लामिछानेले लगाए ।
‘यो कर्मचारी र जनप्रतिनिधिको सेटिङमा भएको हो किनभने आदेशविना यत्रो काम गर्न सकिँदैन । मुख्य दोषी जनप्रतिनिधि हुन्,’ उनले भने ।
विगतका वर्षमा मोरेखरे र चमेरे घाटलाई खुलाएर छुट्टाछुट्टै राजस्व संकलन गरेको महानगरले यस वर्ष मोरेखरेका लागि मात्र ठेक्का लगाएको छ । २०८१ जेठ मसान्तसम्म काम गर्ने कार्यादेश पत्रमा चमेरे घाटको नाम उल्लेख गरिएको छैन ।
महानगरले सो घाटलाई बहुवर्षीय ठेक्कामा लगाउने तयारी गरेको स्रोतको दाबी छ । तर, यस विषयमा औपचारिक छलफल भने भएको देखिन्न ।
यस विषयमा थप बुझ्न खोज्दा वडा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी शुरूमा महानगरको जिम्मेवारी भन्दै पन्छिन खोजे । पछि, आफ्नै वडाको विषयमा जवाफदेहिता हुनुपर्दैन भन्ने प्रश्नमा उनले कार्यपालिकामा आफूले यो विषय उठाएको दाबी गरे ।
‘घाटको टेन्डर खोल्ने/नखोल्ने अधिकार महानगरको हो । यो विषयमा महानगरले प्रस्ट बनाउनुपर्यो,’ उनले भने, ‘कार्यपालिकामा त्यो घाट के कसरी खोलिएको भन्ने विषयमा कुरा उठाएको मान्छे म हुँ । हामीभन्दा माथिल्लो निकायबाट राजस्व संकलन गरिसकेपछि महानगरले जवाफ दिनुपर्यो ।’
नेपालको राजनीतिमा कोइराला परिवारको छुट्टै इतिहास छ । कोइरालाहरू भौतिकवादी होइनन्, तर उनीहरू परम्परा र चाडबाड मान्ने अभ्यासमा भने कम्युनिस्ट भन्दा प्रगतिशील छन् । कांग्रेसका संस्थापन बीपी कोइराला मा...
मितिः १७ फागुन २०७४ । स्थानः नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, काठमाडौं । समयः मध्याह्न । सई बालकृष्ण सञ्जेलको मोबाइलमा घण्टी बज्यो । उनले फोन उठाए । अपरिचित नम्बरबाट फोन गर्ने व्यक्तिले सिधै...
विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको फोरम ‘जी २०’ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर भारतले आफ्नो कूटनीतिक सक्षमताको उम्दा उदाहरण प्रस्तुत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्ला...
प्याथोलोजिस्ट डा. अञ्जन श्रेष्ठले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ब्लड क्यान्सरको उपचार गर्दै आएका छन् । अस्पतालको प्याथोलोजी विभाग प्रमुख समेत रहेका डा. श्रेष्ठ क्यान्सर तथा रगतसम्बन्धी रोग...
कात्तिक १७ गते राति ११ः४७ बजे काठमाडौंमै पनि भूकम्पले मज्जैसँग हल्लायो । म कलेजको प्रयोगात्मक परीक्षाअन्तर्गतको ‘अनलाइन पत्रकारिता’ विषयका लागि आर्टिफिसियल इन्टेलिजेन्स, सीएआर र एआईले पत्रकारितामा पा...
पुरानो सम्झौता रद्द गरी गौशाला खाली गर्न पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गरे पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पुनः मारवाडी सेवा समितिलाई नै जिम्मा दिने तयारी गरेका ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...