×

भारतको मध्यमार्गी कूटनीतिको जीत

‘जी २०’ सम्मेलनको रणनीतिक सन्देश– एसिया सर्दैछ विश्व शक्ति

काठमाडाैं | भदौ २४, २०८०

विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको फोरम ‘जी २०’ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर भारतले आफ्नो कूटनीतिक सक्षमताको उम्दा उदाहरण प्रस्तुत गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थितिले खल्लोजस्तो देखिए पनि जी २० सम्मेलन संयुक्त घोषणापत्र जारी गर्न सफल भयो । 


Advertisment

युक्रेन युद्धलाई लिएर विश्व दुई ध्रुवमा विभाजित भएको समयमा ‘जी २० भारत सम्मेलन’ले रुसलाई समेत मान्य हुने भाषामा शान्ति स्थापनाको कुरा गर्नुलाई भारतको मध्यमार्गी कूटनीतिको जीतका रूपमा विश्लेषण भइरहेको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले एकताको भावना प्रदर्शन गर्न जी २० सम्मेलन सफल भएको बताएका छन् । 


Advertisment

जी २० सम्मेलन आयोजना गरेको राष्ट्रका हैसियतमा भारतको यो कूटनीतिक सफलता हो । ‘नयाँ दिल्ली घोषणापत्र स्वीकार गरेर इतिहास रचिएको छ । सहमति र भावनामा एकजुट भएर, अझ राम्रो, समृद्ध र सामनजस्यपूर्ण भविष्यका लागि हामी सहकार्यका साथ काम गर्ने वाचा गर्दछौं,’ जी २० सम्मेलनको घोषणापत्रबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् ।

जी २० सम्मेलनमा सहभागी भएर अमेरिकी राष्ट्रपति दिल्लीबाट भियतनामतर्फ लागेका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनकले दिल्लीको अक्षरधाम मन्दिरमा पूजाआजा गरे । जी २० सम्मेलनमा सहभागी भएर विश्वका नेताहरू स्वदेश फर्किँदै गर्दा भारतबाट एउटा सन्देश प्रभाव भएको छ– विश्व राजनीतिको केन्द्र एसिया बन्दैछ ।

एसियाको शताब्दी शुरू

लामो सीमा जोडिएको छिमेकी भारतमा विश्वका शक्तिशाली देशको महाकुम्भ चलिरहेको अवसरबाट नेपालले लाभ लिन सकेन । तर, विश्व राजनीति र अर्थतन्त्रको केन्द्र एसियातर्फ आउँदै गर्दा भविष्यमा लाभ लिन सक्ने जानकारहरू बताउँछन् । 

नेकपा माओवादी केन्द्रका सचिव राम कार्की भारतमा सम्पन्न जी २० सम्मेलनको सन्देश विश्वको राजनीति एसियामा केन्द्रित हुँदै गरेको बुझ्न सकिने बताउँछन् । 

‘एसिया आउने शताब्दीका लागि विश्व राजनीति र अर्थनीतिको केन्द्र बन्ने संकेतका रूपमा बुझ्नुपर्छ । विश्व राजनीति पूर्वतर्फ सरेको छ । यसअघि जी २० सम्मेलन इन्डोसेनियामा भएको थियो,’ भारतमा सम्पन्न जी २० सम्मेलनको रणनीतिक महत्त्वबारे कार्कीले भने, ‘एसियाको शताब्दी शुरू हुन लागेको संकेतका रूपमा यसलाई लिन सकिन्छ ।’ 

‘एसिया आउने शताब्दीका लागि विश्व राजनीति र अर्थनीतिको केन्द्र बन्ने संकेतका रूपमा बुझ्नुपर्छ । विश्व राजनीति पूर्वतर्फ सरेको छ । यसअघि जी २० सम्मेलन इन्डोसेनियामा भएको थियो,’ भारतमा सम्पन्न जी २० सम्मेलनको रणनीतिक महत्त्वबारे कार्कीले भने, ‘एसियाको शताब्दी शुरू हुन लागेको संकेतका रूपमा यसलाई लिन सकिन्छ ।’ 

चीन र रुसका राष्ट्रपति सहभागी नभए पनि जी २० मा ती दुई मुलुकको समेत उपस्थितिमा जारी घोषणापत्रलाई उपलब्धिमूलक मान्नुपर्ने कार्कीको भनाइ छ ।

विश्व राजनीतिको केन्द्र एसियातर्फ सर्दैगर्दा नेपालले भविष्यमा फाइदा लिन सक्ने कार्की बताउँछन् । 

‘एसियाको शताब्दी शुरू हुँदैछ भनेपछि महत्त्वपूर्ण ठाउँमा अवस्थित नेपालले रणनीतिक फाइदा लिनसक्छ । यसका लागि राष्ट्रिय परराष्ट्र नीति अख्तियार गर्नुपर्छ । देशभित्र एकता हासिल गर्नुपर्छ, त्यो एकता भनेको ५ वटा नेता या टाउको मिलेको एकता होइन । एकता भनेको एउटा ठूलो शिल्पी र पौरखसहितको एकता हो । यी चिज हटाउँदै आधुनिक नेपाल बन्नुपर्‍यो, जसले विश्वमा आइरहेको परिवर्तनबाट लाभ लिन सकोस्,’ राजनीतिक चिन्तक समेत रहेका पूर्वमन्त्री कार्कीले लोकान्तरसँग भने । 

‘भारतको स्ट्राटेजिक र डिप्लोमेटिक विनओभर’

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्राध्यापक डाक्टर खड्ग केसी भारतको कूटनीतिक चातुर्यताका कारण युक्रेन युद्धका विषयमा रुसलाई नचिढ्याई घोषणापत्र जारी गर्न सम्भव भएको बताउँछन् । यसले भारतलाई ग्लोबल पावर हौं भन्ने हैसियत दिएको उनको तर्क छ ।

‘ओभरअल जी २० को माहोल जसरी निर्माण भयो, त्यसमा भारतले चातुर्यता देखाएको देखिन्छ, युक्रेन वारलाई लिएर रसियालाई चिढ्याउने भाषा प्रयोग भएन । यसलाई भारतको स्ट्राटेजिक र डिम्लोमेटिक विनओभर भन्छु म । यति ठूलो समिट गरेपछि ग्लोबल पावर भयौं भन्ने प्रोपागान्डा गर्न सजिलो भयो,’ केसीले लोकान्तरसँग भने, ‘चीनको टप लिडरको अनुपस्थितिमा जुन सम्मेलन भयो, चाइनाले गर्न सक्ने काम भारतले पनि गर्न सक्दोरहेछ भन्ने म्यासेज गयो । भारतको प्रस्तुति र हाउभाउ हेर्दा ग्लोबल लिडर हुन खोजेकोजस्तो देख्न सकिन्छ ।’

प्राध्यापक केसीले कूटनीतिक हैसियत कमजोर हुँदा जी २० सम्मेलनको प्रत्यक्ष लाभ लिनबाट नेपाल चुकेको बताउँछन् । ‘अफ्रिकालगायत परका मुलुकले लाभ लिँदा त्यसको बाछिटा मात्र हामीले पाउने भयौं, तर प्रत्यक्ष लाभ भएन । नेपाल इतिहासकै कमजोर कूटनीतिक हैसियतमा पुगेको अनुभूति भएको छ मलाई, त्यो पनि छिमेकमा मित्रवत् सम्बन्ध भएको सरकार रहेको भनेर घमण्ड गरेका बेला । अर्को सानो छिमेकी बंगलादेशकी प्रधानमन्त्री आएर सेल्फी चिखिरहेकी छन् । हामीलाई इन्डियाले बाल मतलब दिएन, रियल्ली मतलब गरेन । हाम्रो हैसियत के रहेछ भन्ने देखाइदियो भन्ने लाग्छ,’ केसीले भने, ‘हामी किन कसैले नगन्ने मुलुक बन्न थाल्यौं ? कमसेकम नेपाललाई परिवेक्षकको रूपमा बोलाएको भए पनि नेपालका लागि उपलब्धि हुन्थ्यो । नेपालको कूटनीति, परराष्ट्र र राजनीतिक नेतृत्वको गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको छ । मलाई हीनतावोध भएको छ । छिमेकीलाई खुशी पार्न खोलानाला दिएर आउँदा पनि खुशी पार्ने तहमा पुगेका रहेनछौं ।’

null

पश्चिमा एकाधिकारको छत्रछायाँ ओझेल पर्‍यो

भारतका लागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिंह यसअघि धनी राष्ट्र र पश्चिमाको पेवाजस्तो रहेको ‘जी २०’को एकाधिकार एसियाले तोडेको विश्लेषण गर्छन् ।

‘चीन र रुसका राष्ट्रपति अनुपस्थित हुने भएसँगै अनिश्चित बनेको जी २० सम्मेलन हुनु र सहमतिको दस्तावेज जारी हुनु ठूलो उपलब्धि हो । भारतले अध्यक्षता गरेका बेला अफ्रिकन युनियनलाई सदस्यता दिएसँगै ग्लोबल साउथको पनि सहभागिता भयो । पश्चिमा र धनी राष्ट्रको पेवाजस्तो रहेको जी २० को शक्ति अब एसिया र अफ्रिकामा सरेको छ,’ सिंहले भने ।

‘चीन र रुसका राष्ट्रपति अनुपस्थित हुने भएसँगै अनिश्चित बनेको जी २० सम्मेलन हुनु र सहमतिको दस्तावेज जारी हुनु ठूलो उपलब्धि हो । भारतले अध्यक्षता गरेका बेला अफ्रिकन युनियनलाई सदस्यता दिएसँगै ग्लोबल साउथको पनि सहभागिता भयो । पश्चिमा र धनी राष्ट्रको पेवाजस्तो रहेको जी २० को शक्ति अब एसिया र अफ्रिकामा सरेको छ,’ सिंहले भने । 

अन्तर्राष्ट्रिय क्षेत्रमा भारतको बढ्दो प्रभावबाट नेपालले फाइदा लिन सक्नुपर्ने डा. सिंह बताउँछन् ।

‘अफ्रिकाका खानी र ग्लोबल पोलिटिक्समा चाइनाको एकछत्र राज भएका बेला भारतको पनि उपस्थिति हुन लागेको छ । भारतको ‘नेबरउड फस्ट’ पोलिसी कायम छ । अन्तर्राष्ट्रिय क्षेत्रमा इन्भल्बमेन्ट हुन लागेका बेला त्यसबाट नेपालले लाभ लिन सक्छ । यसलाई मध्यजनर राखेर भारतको राइजिङ पावरमा आइरहेका बेला ‘डिप्लोमेसी थ्रु डेभलपमेन्ट’को अवधारणाअनुसार नेपालले फाइदा लिनुपर्छ,’ पूर्वराजदूत सिंहले लोकान्तरसँग भने । 

हामी कमजोर भयौं, भारतले पनि ‘अन्डरमाइन’ गर्‍यो

भारतमा जी २० सम्मेलन हुँदा नेपालको कहीँ कतै साइनो नजोडिनुलाई जानकारहरू नेपालको कूटनीतिक क्षमतामा आएको ह्रासको रूपमा विश्लेषण गर्छन् ।

बंगलादेश पर्यवेक्षकको रूपमा सहभागी हुँदा नेपाललाई सहभागी नगराइनुले नेपालको कूटनीतिक क्षमता अभाव भएको देखिएको पूर्व परराष्ट्र मन्त्री विमला राई पौड्यालको विश्लेषण छ ।

‘जी २० सम्मेलनमा दक्षिण एसियाबाट भारतले अरू कसैलाई नबोलाएको भन्ने कुरा थियो, पछि बंगलादेशलाई सुन्यौं । नेपाल जतिसुकै हितैषी भए पनि भारतबाट अन्डरमाइन भएको छ । नेपालीले बुझ्ने सन्देश नेपाल कमजोर भयो भन्ने हो, कूटनीतिक पहल कमजोर भन्ने हो । भारतले चाहेको भए हामी अब्जरभर (परवेक्षक) हुन सक्थ्यौं,’ राईले लोकान्तरसँग भनिन्, ‘भारतले रिकग्नाइज गर्न सक्ने हो, बंगलादेशलाई मात्र बोलाएको सुनियो । नेपाललाई अन्डरमाइन गरेकोजस्तो लागेको छ । यसमा हाम्रै कमजोरी छ ।’ 

छिमेकी कसैलाई पनि नबोलाउँदा भारतले नै साउथ एसियाको प्रतिनिधित्व गरेको सन्देश जान सक्ने भए पनि बंगलादेशको सहभागिताले त्यो भ्रम निवारण भएको उनको विश्लेषण छ । 

कात्तिक १४, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्नका लागि तीन हप्ताको समय बाँकी रहँदा देशभर चुनावी रौनक बढेको छ । कात्तिक १७ गतेदेखि मात्र उम्मेदवारले झण्डा लिएर औपचारिक रूपमा घरदैलो शुरू गर्न पाउने भए प...

मंसिर २, २०८०

कात्तिक १७ गते राति ११ः४७ बजे काठमाडौंमै पनि भूकम्पले मज्जैसँग हल्लायो । म कलेजको प्रयोगात्मक परीक्षाअन्तर्गतको ‘अनलाइन पत्रकारिता’ विषयका लागि आर्टिफिसियल इन्टेलिजेन्स, सीएआर र एआईले पत्रकारितामा पा...

माघ १२, २०८०

यातायात व्यवस्था विभागले अवैधरूपमा जारी भएका २९ हजारभन्दा बढी लाइसेन्स रद्द गरेको दाबी गरे पनि त्यसको वैधतामा प्रश्न उठेको छ । लाइसेन्स जारी वा रद्द गर्ने अधिकार भएका सम्बन्धित कार्यालयबाटै रद्द गराउनुपर्नेमा व...

माघ १५, २०८०

गत वर्ष झण्डै एक करोड रुपैयाँमा ठेक्का लागेको पोखरा महानगरपालिका वडा नम्बर– ३३ स्थित चमेरे घाटमा यसपटक विनाठेक्का अवैध उत्खनन् भइरहेको छ ।  पारिपट्टि वडा नम्बर २७ मा पर्ने मोरेखरे घाटमा ढुंगाबाल...

कात्तिक ६, २०८०

नेपालको राजनीतिमा कोइराला परिवारको छुट्टै इतिहास छ । कोइरालाहरू भौतिकवादी होइनन्, तर उनीहरू परम्परा र चाडबाड मान्ने अभ्यासमा भने कम्युनिस्ट भन्दा प्रगतिशील छन् ।  कांग्रेसका संस्थापन बीपी कोइराला मा...

असार २६, २०८१

वृहत्तर  जनकपुर क्षेत्र विकास परिषद्‌ले पत्रसहित पठाएको उजुरीको आधारमा सरकारले अतिक्रमित जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन छानबिन समिति गठन गरेको खुलेको छ । परिषद्‌का अध्यक्ष शीतल साहले गृह मन्...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x