×

NMB BANK
NIC ASIA

भूकम्पले निम्त्याएको विनाश

ग्राउण्ड जिरोः बुढो बाबुको काँधमा तरुण छोराको शव- भूकम्पले ढल्यो घर, चितासँगै जल्यो सहारा

जाजरकोट | कात्तिक २०, २०८०

NTC
Premier Steels

मान्छेको जीवनबाट आशा हराएपछि संवेदना पनि हराउँदो रहेछ । मन ढुङ्गाजस्तो बन्दो रहेछ । जाजरकोटको नलगाड नगरपालिका १ चिउरी गाउँका अमृत कामीको जीवनमा अहिले यस्तै भएको छ । उनको आँखामा आँसु आउन छोडिसक्यो । मन ढुङ्गाजस्तो बनेको छ । शुक्रबार रातिको भूकम्पअगाडि उनको मन चङ्गाजस्तै थियो । दशैंको उमङ्ग थियो । किनकी उनको छोरो साथमा थियो ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूकम्पले छोरा लग्यो । ‘एउटा छोरो थियो त्यो पनि भूकम्पले लग्यो,’ अमृतले लोकान्तरसँग भने, ‘आँसु सकिएछ सायद । अहिले आउनै छोड्यो ।’


Advertisment
Nabil box
Kumari

null

Vianet communication

कमाएर पाँच जनाको परिवार पाल्ने जिम्मा छोराकै काँधमा थियो । अहिले त्यही छोराको शव आफ्नो काँधमा राखेर अमृतले घाटमा लैजानु परेको छ ।

कमाएर पाँच जनाको परिवार पाल्ने जिम्मा छोराकै काँधमा थियो । अहिले त्यही छोराको शव आफ्नो काँधमा राखेर अमृतले घाटमा लैजानु परेको छ ।

भारतमा गाडी चलाएर घरपरिवार चलाउँदै आएका २४ वर्षीय मृत छोराको नाम लिनसमेत उनी सक्दैनन् । भूकम्पको दिन छोरा श्रीमतीसहित उनी घरमा सुतेका थिए । एक्कासि भूकम्प आयो । उनी र उनकी श्रीमतीलाई च्याप्यो । उनीहरू जसोतसो गरेर बाहिर निस्किए । तर, छोरा निस्किएन । ‘भूकम्पले घर भत्काउँदा मलाई र बुढीलाई च्यायो । कसोकसो गरेर हामी बाहिर निस्कियौं तर, छोरा निस्किएन,’ अमृतले लोकान्तरसँग भने ।

पछि घरको माटो पन्छाएर छोरालाई बाहिर निकाले । जिउँदो रहेनछ । उनकी श्रीमती अहिले पनि अचेत अवस्थामा छिन् । उनले समाल्दै आएका छन् ।

null

विक्षिप्त श्रीमती सम्हाल्दै उनले छोराको सद्गद पनि गरिरहेका छन् । भूकम्पमा ज्यान गुमाएका गाउँका १२ जनासँगै उनले आफ्नो छोरालाई बाँसमा बाँधे । श्रीमती छोराको शवअगाडि बसेर छाती पिटेर रोइरहेकी थिइन् । बिहान ११ बजे उनले बोकेर नलगाड नदी पुर्‍याए । चितामा आगो लगाए । आगोसँगै उनको सहारा जलेर खरानी भयो । घर भूकम्पले ढाल्यो । अब उनीसँग न घर छ न सहारा नै ।

null

छोराको काजका लागि उनले कपाल खौरिएका छन् । दाहसंस्कारका सामानहरू जुटाइरहेका छन् ।

null

भूकम्पले चिउरी गाउँका १३ जनाको ज्यान लिएको छ । दलित बस्ती भएको यो गाउँमा अधिकांश घरहरू ढुंगा माटोबाट बनेका थिए । कच्ची घर भत्किएकै कारण धेरै जनाको ज्यान लियो । अहिले गाउँ शोकमा डुबेको छ ।

null

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x