कात्तिक २०, २०८०
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
निश्चल बस्नेतको निर्देशन रहेको मल्टिस्टारर फिल्म ‘दिमाग खराब’को राजधानीमा प्रिमियर गरिएको छ ।
बिहीवार बेलुका ललितपुरको लबिम मलमा गरिएको प्रिमियरमा उपसभामुख इन्दिरा राना, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, सांसद ज्ञानेन्द्र शाही, सोबिता गौतमलगायतले फिल्म हेरे ।
त्यस्तै, कलाकारहरू हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौलादेखि क्रिकेटरहरू पारस खड्का, रोहित पौडेल, सोमपाल कामी, कुशल भुर्तेललगायत प्रिमियरमा सहभागी रहे ।
नेतादेखि कलाकार र खेलाडीहरूले राम्रो फिल्म बनेको भन्दै प्रशंसा गरेका थिए ।
फिल्मको टीमबाट निर्देशक बस्नेतसहित कलाकारहरू स्वस्तिमा खड्का र खगेन्द्र लामिछाने प्रिमियरमा उपस्थित रहे ।
फिल्ममा दयाहाङ राई, अपर्ण थापा, विजय बराल, सुमन कार्कीलगायतको समेत अभिनय छ ।
सामाजिक–राजनीतिक कथामा बनेको फिल्म ‘दिमाग खराब’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । तिहारको अवसर पारेर फिल्म रिलिज भएको हो ।
आकाश बरालको कथा रहेको फिल्मको निर्माता रौनक विक्रम कंडेल हुन् ।
तस्वीरहरू : सुरज धामी
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...