×

NMB BANK
NIC ASIA

लुम्बिनी सरकार अझै अपूर्ण

लुम्बिनीका ‘निरीह’ मुख्यमन्त्री : ८ महिनासम्म पनि सरकारलाई पूर्णता दिन असफल

काठमाडाैं | मंसिर १३, २०८०

NTC
Premier Steels

आफ्नै पार्टी नेपाली कांग्रेस र सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का दुईतर्फ अडानका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निरीह देखिन थालेका छन् ।

Muktinath Bank

कमजोर भूमिकाका कारण आफ्नै पार्टीका नेताहरूले समेत उनलाई असफल नेतृत्व भन्न थालेका छन् । १४ वैशाख २०८० मा ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका चौधरीले ८ महिनासम्म सरकारलाई पूर्णता दिन नसकेर ‘नयाँ रेकर्ड’ कायम गर्न पुगे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० सदस्यीय मन्त्रिमण्डलमा ३ मन्त्रालय अहिलेसम्म खाली छन् । सरकार बनेको ८ महिना हुन लाग्दा समेत हाल कायम रहेकै मन्त्रालयमा मन्त्री नियुक्त गर्न नसक्नुमा चौधरीको कमजोरी मुख्य कारण रहेको नेपाली कांग्रेसका प्रदेश सभापति अम्मरसिंह पुनले बताए ।


Advertisment
Nabil box
Kumari

३ मन्त्रालयमा मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिन निकै अप्ठ्यारोमा परेका मुख्यमन्त्री चौधरी आफ्नो दलको नीतिगत निर्णयलाई पन्छाएर अगाडि बढ्न सकेका छैनन् । 

Vianet communication

३ मन्त्रालयमध्ये २ वटा कांग्रेस र एउटा माओवादीलाई दिएर मन्त्री परिषद्लाई पूर्णता दिइनुपर्ने कांग्रेसको अडान छ । तर, माओवादीले पनि अब २ दुई मन्त्रालय आफूलाई चाहिने दाबी गरिरहेको छ । बागी उम्मेदवारी दिएर निर्वाचित भएपछि माओवादीमै फर्किएका दीपेन्द्र पुनलाई मन्त्री बनाउन माओवादीले दुई मन्त्रालय मागेको हो ।

कांग्रेस लुम्बिनी प्रदेश समितिले निर्णय गरेरै मुख्यमन्त्री चौधरीलाई मन्त्रालय नबढाउन निर्देशन दिएको छ । ‘कांग्रेस लुम्बिनी प्रदेश समितिले भाग मिलाउने नाममा मन्त्रालय संख्या बढाउन नहुने नीतिगत निर्णय गरिसकेको छ,’ सभापति पुनले भने, ‘हामीले यो निर्णय मुख्यमन्त्री स्वयं र पार्टी केन्द्रीय नेतृत्वलाई समेत बुझाएका छौं ।’ 

माओवादी आफूहरूले कुन ३ मन्त्रालय पाउनुपर्ने दाबीबाट पछि हटेको छैन ।

‘यसअघि एमालेका लीला गिरी नेतृत्वको लुम्बिनी सरकारमा पनि हामीले तीन मन्त्रालय पाएका थियौं, अहिले पनि त्यो छाड्ने कुरा हुँदैन,’ माओवादी एक सांसदले भने ।

३ मन्त्रालय पाउनुपर्ने माओवादीको अडानले मुख्यमन्त्री गल्दै गएका छन् । बरु मन्त्रालय थपेर भए पनि सरकारलाई छिटो पूर्णता दिने मुडमा उनी देखिन्छन् । तर, यसो गर्दा आफ्नै पार्टी कांग्रेस अर्को बाधा बनेर उभिने खतरा उनीसामु छ ।

कांग्रेससँग मिलेर सरकार गठनका बेला ३ मन्त्रालय पाउने सहमतिपछि माओवादीले धनबहादुर मास्की, दीपेन्द्र पुन र कृष्णा केसीलाई मन्त्रीमा सिफारिश गरेको थियो ।

केही दिनअघि माओवादीका केन्द्रीय नेताद्वय वर्षमान पुन र ओनसरी घर्ती, मुख्यमन्त्री चौधरी, कांग्रेस प्रदेश सभापति अम्मरसिंह पुनबीच दाङको तुलसीपुरमा भएको छलफलले सरकारलाई पूर्णता दिने विषय टुंगो लगाउन सकेन ।

यति लामो अवधिसम्म मन्त्री परिषद्लाई पूर्णता दिन नसक्नु आलोचनाको विषय बनिरहेको छ ।

कांग्रेस माओवादीबाट मन्त्री बन्ने लाइनमा रहेका दीपेन्द्र पुनलाई सरकार प्रवेशमा रोक लगाउन चाहन्छ । मन्त्रालय संख्या बढाइन नहुने अडानको अन्तर्य यो पनि हो । एउटा मात्रै मन्त्रालय पाए बाँकेबाट निर्वाचित माओवादीकी कृष्णा केसी ‘नमूना’ मन्त्री बन्ने निश्चितजस्तै छ । कांग्रेसका प्रदेश सभापति पुन गत निर्वाचनमा रोल्पामा आफूलाई पराजित गरेका दीपेन्द्रलाई मन्त्रीका रूपमा स्वीकार गर्न चाहन्नन् । सोही कारण उनलाई मन्त्री बनाउन माओवादीले मुख्यमन्त्रीलाई दिँदै आएको दबाबलाई कांग्रेसले ‘माओवादीले गठबन्धन नचाहेको’ रूपमा अर्थ्याउन थालेको छ ।

गत निर्वाचनमा रोल्पामा कांग्रेस प्रदेश सभापति पुन गठबन्धनका साझा उम्मेदवार बनेका थिए । तर, आफूले टिकट नपाएको झोँकमा माओवादीका दीपेन्द्र पुनले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिए । निर्वाचनमा सभापति पुन पराजित बने भने दीपेन्द्रले जीत हात पारे । चुनाव जितेपछि दीपेन्द्र माओवादीमै फर्किएका थिए । 

अर्कातर्फ सरकार बनेको एक वर्ष बित्न लाग्दा समेत संसदीय काममा महत्त्वपूर्ण मानिने संसदीय समितिहरू समेत बनेका छैनन् । सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभाको हिउँदे अधिवेशन पनि शुरू भएको छैन ।

समितिका नाम मात्रै घोषणा गरेर सरकारले त्यसै रोकिराखेको अवस्था छ । नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले मन्त्रालय बढाउने कि नबढाउने भन्ने विषय टुंगो लगाउन नसक्दा सरकारले पूर्णता पाउन नसकेको बताउँछन् ।

‘मुख्यमन्त्री सरकारलाई पूर्णता दिन हतारिनुभएको छ,’ तिमिल्सेनाले भने, ‘बुटवलमा हुने कांग्रेसको प्रदेश सम्मेलनपछि सरकारले पूर्णता पाउँछ ।’

नेकपा एमालेका प्रमुख सचेतक तुलसी चौधरीले सरकार गठन भएयता बेथिति, विसंगति र मनपरी बढिरहेको बताए । ‘अहिलेको सरकारको काम गराई र शैली अपारदर्शी एवं असन्तुलित रहेको भन्ने गुनासो सर्वत्र छ । प्रदेश मातहतका सेवा प्रभावकारी नहुँदा जनतामा निराशा र आक्रोश बढिरहेको छ,’ चौधरीले भने ।  

अहिले लुम्बिनी सरकारमा कांग्रेसबाट मुख्यमन्त्री चौधरीसहित २, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एक/एक जना मन्त्री रहेका छन् । 

एक/एक सांसद रहेका नेकपा एस र जनमोर्चालाई विषयगत समितिमा जिम्मेवारी दिएर मिलाउने तयारी छ । एमाले र राप्रपा सरकारबाहिर छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x