×

NIC ASIA

राष्ट्रिय सभा निर्वाचन : सत्तारुढ दलहरू भागबण्डानजिक, अध्यक्षमा सिटौलाको चर्चा

काठमाडाैं | मंसिर २१, २०८०

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय सभा सदस्य चयन गर्न आगामी माघ ११ गते हुन लागेको निर्वाचनका लागि सत्तारुढ दलहरू भागबन्डानजिक पुगेका छन् ।

Muktinath Bank

सत्तारुढ दलहरूबीच भागबन्डामा भएको मोटामोटी सहमतिअनुसार १९ सीटमध्ये सत्तारुढ कांग्रेसले ९, माओवादी केन्द्रले ६, नेकपा एसले ३ र जसपाले १ सदस्य पाउनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिबाट मनोनीत हुने एक महिला सदस्यको सीट कांग्रेसले पाउने गरी सहमतिको खाका तयार भएको कांग्रेसका एक नेताले लोकान्तरसँग बताए ।


Advertisment
Nabil box
Kumari

‘हामीले कांग्रेस १०, माओवादी ५, नेकपा एस २ र जसपाले १ लिनुपर्छ भनिरहेका छौं, तर माओवादीसहित अरूले ९, ६, ३ र १ लिएर मिलाउनुपर्ने भनिरहेका छन्,’ कांग्रेसका एक नेता भन्छन्, ‘अन्तिम भागबन्डा भइसकेको छैन, तर यही वरिपरि रहेर भागबन्डा मिल्छ भन्ने ठानेका छौं ।’ 

Vianet communication

कांग्रेसले बागमती र गण्डकीमा २–२ सीट पाउँदा कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १–१ सीट पाउने छ । माओवादीले सुदूरपश्चिममा २, कोशी, बागमती, गण्डकी र कर्णालीमा १–१ सीट पाउनेछ । माधव नेपाल नेतृत्वको समाजवादीले बागमतीमा २ र कर्णालीमा १ सीट पाउने समझदारी भएको एक नेताले दाबी गरे ।

कांग्रेसको आँखा राष्ट्रिय सभा अध्यक्षमा

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि सकिने भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने अवस्था छ । अध्यक्ष तिमिल्सिनाको पदावधि फागुन २० गतेबाट सकिँदै छ । 

यता कांग्रेसमा कृष्णप्रसाद सिटौला वा गोपालमान श्रेष्ठलाई राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्ष बनाउने चर्चा चलिरहेको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । बढी सम्भावना सिटौलाको देखिएको उनको दाबी छ । 

‘हामीले राष्ट्रिय सभा सदस्यका लागि कृष्णप्रसाद सिटौलादेखि गोपालमान श्रेष्ठसम्मले दाबी गरेको भन्ने सुनेका छौं,’ ती केन्द्रीय सदस्य भन्छन्, ‘अनुभवको हिसाबले सिटौलालाई सदस्य हुँदै राष्ट्रिय सभाको अध्यक्ष बनाउन खोजिएको पनि हुन सक्छ, निर्णय भएको छैन । प्रधानमन्त्री प्रचण्डदेखि हाम्रो सभापतिसम्म सिटौलाप्रति सकारात्मक नै हुनुहुन्छ ।’

शान्ति प्रक्रिया र संविधान लेखनमा नजिकबाट काम गरेको अनुभवका कारण पनि संवैधानिक परिषदमा समेत सहभागी हुने पाइने राष्ट्रिय सभा अध्यक्षका निम्ति सिटौलाको चर्चा चलेको ती नेता बताउँछन् । तर, सिटौलासमक्ष यो विषयमा कुनै प्रस्ताव गएको छैन । 

‘हामीले पनि बाहिर यस्तो चर्चा सुनेका हौं, तर पार्टीबाट औपचारिकरूपमा कुनै प्रस्ताव आएको छैन,’ सिटौलानिकट स्रोत भन्छ, ‘उहाँको भित्री इच्छा छैन, तर दलहरूले आवश्यकता महसुस गर्ने, संविधान कार्यान्वयनमा उहाँको भूमिका पनि बोध गर्नेगरी प्रस्ताव आउँछ भने मान्नु पनि होला, यो प्रस्ताव आएपछि मात्रै थाहा हुन्छ ।’

आगामी फागुन २० गते राष्ट्रियसभाका २० सांसद ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदैछन् । तर, उनीहरू बिदा हुनुअगावै ११ माघमा राष्ट्रियसभामा खाली हुने २० मध्ये १९ सीटका लागि निर्वाचन हुँदैछ । 

राष्ट्रिय सभामा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसका २ र जसपा तथा स्वतन्त्रका १/१ गरी २० सांसदको पदावधि सकिँदैछ । 

राष्ट्रिय सभामा एमालेका ८ सांसद यसपटक बिदा हुँदैछन्, जसमा गण्डकीका गणेशप्रसाद तिमल्सिना र दीपा गुरुङ, बागमतीबाट दिलकुमारी रावल थापा पार्वती र रामचन्द्र राई, कर्णालीबाट नरपति लुवार र भैरवसुन्दर श्रेष्ठ, लुम्बिनीबाट कुमार दसौधी र सुदूरपश्चिमबाट इन्दु कडरियाको पदावधि सकिन लागेको हो । 

सत्ता गठबन्धन फेरिँदा एमाले यसपटक राष्ट्रिय सभामा नील हुने अवस्थामा पुगेको छ । किनकि कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन हुँदा एमाले मतभारमा धेरै पछाडि पर्ने देखिएको हो । 

प्रदेश सभा सदस्यका लागि ५३ तथा स्थानीय तहका नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १९ मतभार निर्धारण गरिएको छ । देशभरका प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिनिधि मतदाता हुने निर्वाचनमा अर्कोतिर बलियो गठबन्धन बनेकाले एमाले लगभग नील हुने अवस्थामा पुगेको हो । प्रदेश प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुँदा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रतिनिधिको आधारमा मतभार भने फरक–फरक हुनेछ । 

सत्तारुढ दलबाट खाली हुने सीट 

कांग्रेसबाट कोशीमा रमेशजङ्ग रायमाझी, मधेशमा  जीतेन्द्रनारायण देव, गण्डकीमा प्रकाश पन्थ र लुम्बिनीमा अनिता देवकोटाको पदावधि सकिन लागेको हो । 

माओवादी केन्द्रबाट कोशीमा विना पोखरेल, सुदूरपश्चिममा हरिराम चौधरी र महेशकुमार महराको कार्यकाल सकिँदैछ । नेकपा एसबाट बाग्मतीमा सिंगबहादुर विश्वकर्मा र कर्णालीमा नन्दा चपाईको पदावधि सकिन लागेको छ ।

जससाबाट प्रमिला कुमारी र स्वतन्त्रतर्फ बागमतीबाट जितेका खिमलाल देवकोटाको पनि पदावधि सकिन लागेको छ । 

२० सदस्यमध्ये एक मनोनीतबाहेकका १९ सीटमा ११ माघमा निर्वाचन हुन लागेको हो, जसमा सबैभन्दा बढी बागमतीबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट  ३/३, कोशी, मधेश र लुम्बिनीबाट २/२ जना गरी १९ सीटका लागि निर्वाचन हुन लागेको हो । यसरी निर्वाचित हुने पदमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्यतर्फबाट निर्वाचित गर्नुपर्ने हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x