×

NMB BANK
NIC ASIA

एमालेको पश्चिम-पूर्व संकल्प यात्रा

मध्यपहाडमा पार्टी अभियान– आधाआधी यात्रा पूरा गर्दा के पायो एमालेले ?

काठमाडाैं | मंसिर २२, २०८०

NTC
Premier Steels

गत निर्वाचनमा दोस्रो ठूलो दलमा सीमित हुँदा केन्द्र र प्रदेशको सत्ताबाट विमुख बन्न पुगेको नेकपा एमालेले मध्यपहाडी लोकमार्गकेन्द्रित विशेष अभियानले पार्टीमा उत्साह थपिएको बताएको छ ।

Muktinath Bank

१४ मंसिरमा अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झण्डोत्तोलन गरेर ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ शुरूआत गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियान १९ औं दिन (पुस २ गते) पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुँदैछ । यसक्रममा अभियानको समय करिब आधा हुँदा यात्रा पनि देशको मध्यभागमा आइपुगेको छ ।


Advertisment
Nabil box
Kumari

मध्यपहाडी भूगोलमा सानाठूला कार्यक्रम गरी धेरैभन्दा धेरै नागरिक कार्यकर्ता जोडिएर एमाले कमजोर छैन भन्ने सन्देश दिने अभियानमा एमाले लागेको हो ।

Vianet communication

लमजुङको सुन्दरबजार नगरपालिकामा आइपुगेका एमाले नेताहरू अभियान अपेक्षा गरिएभन्दा सफलतापूर्वक अगाडि बढेको दाबी गर्छन् ।

‘हाम्रो अभियान अपेक्षा गरेभन्दा पनि सकारात्मक भइरहेको छ । अहिलेसम्म सुदूरपश्चिमबाट गण्डकीसम्म आइपुग्दा एकदमै उत्साह पाएका छौं,’ अभियानमा निरन्तर सक्रिय भइरहेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लोकान्तरसँग भने, ‘पुराना दलप्रति विश्वास टुट्दैछ भन्ने जुन भाष्य निर्माण गरिएको थियो, यो अभियानले त्यस्तो भाष्य जबर्जस्ती खडा गरिएको थियो भन्ने पुष्टि गरेको छ । जनताको तहमा एमालेको लोकप्रियता घटेको छैन भन्ने पाएका छौं । समग्रमा एमालेप्रति ठूलो जनआस्था छ । एमाले अध्यक्ष केपी ओलीप्रति अझै पनि धेरै आकर्षण रहेको पायौं ।’

अभियानमा अध्यक्ष ओली, सबै पदाधिकारी, केन्द्रीय नेता, प्रदेश र जिल्ला स्तरका नेता सहभागी छन् । यसक्रममा अभियानको रुटमा परेका पहाडी जिल्लाका हरेक टोलबस्तीमा पुग्ने, रुटमा परेका बजार क्षेत्रमा भेटघाट गर्ने र केही ठाउँमा सभा गर्ने कार्यक्रम चलिरहेको छ । सभालाई प्रायः ठाउँमा अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । 

null

अभियानका क्रममा पोखरामा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतामा उत्साह पाएको भन्दै २०८४ को निर्वाचनमा एमालेले एकल बहुमत प्राप्त गर्ने दाबी गरे । 

‘एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी हो । त्यसैले अहिले हामी सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै अघि बढ्छौं,’ ओलीले भने, ‘एमाले मिसन–८४ अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको छ । देशलाई सकारात्मक दिशामा फर्काउन हामी सचेत, संगठित र आन्दोलित हुनुपर्ने आवश्यकता छ । राजनीति मात्र नभएर विकास निर्माण र जनजीविकाका सबालमा पनि एमालेले नेतृत्व गर्छ ।’ 

ओलीले जनताको समस्या र गुनासो सुन्न तथा समाधान गर्नकै लागि अभियान थालेको बताए । ‘पार्टीपंक्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि सङ्कल्प यात्रा आयोजना गरिएको हो,’ ओलीले भने, ‘देश निर्माणका लागि युवा जनशक्तिलाई देशभित्रै राख्नुपर्छ, हाम्रो देश हामी आफैंले बनाउने हो, अरू कसैले बनाइदिएर देश बन्दैन । हामीले देशभित्रै रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्नुपर्छ ।’

के छन् जनताको गुनासो ? 

नेता ज्ञवाली चुनावमा मात्रै जनताको घरदैलो जाने गरेको अभ्यासलाई एमालेले तोडेको बताउँछन् । ‘हरेक राजनीतिक पार्टीको जरा जनता हुन् । जनताको सक्रियता र समर्थनविना दलको पनि केही लाग्दैन,’ ज्ञवालीले भने, ‘हरेक पार्टी जनताको नजिक पुग्नुपर्छ । चुनावमा मात्रै जाँदा राम्रो हुँदैन । यसपटक हामी बीचमा जाँदा नेताहरू चुनाव नहुँदा पनि यसैगरी जनताबीच आइदिए कति राम्रो हुन्थ्यो भन्ने पायौं । एमालेको सिंगो नेतृत्वलाई भेट्न पाउँदा धेरैले खुशी व्यक्त गरेका छन् ।’

राजनीतिक संक्रमण सकिएकाले धेरैको चासो बाँझो जमिनमा उत्पादन बढाउने र रोजगारी वृद्धिमा रहेको उनले बताए । 

null

‘पूर्वाधारको दृष्टिले विकास गाउँ र पहाड पुगेका छन् । बाटोघाटो, शिक्षाका पूर्वाधार धेरै बनेका बनेका छन् । विकासमा गुणात्मक परिवर्तन आएको छ,’ ज्ञवालीले भने, ‘तर धेरै नागरिकको चासो बाँझो जमिनमा उत्पादन बढाउनुपर्ने र बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जाने क्रमलाई तोड्नुपर्नेतर्फ रहेको पाएका छौं ।’

वर्षौंदेखि राज्यले लगानी गरेका आयोजना अलपत्र पर्नु अर्को दुर्भाग्य भएको उनले बताए ।  

‘राजनीतिक परिवर्तनसँगै शुरू भएका आयोजना अलपत्र छन् । राष्ट्रिय गौरवको भेरी डाइभर्सन आयोजनाको टनेल साढे तीन वर्षअघि नै सकिएको थियो, तर बाँकी काम अलपत्र छ । हामीले प्रत्येक पालिकामा आधारभूत अस्पतालको योजना अगाडि सार्‍यौं । धेरै ठाउँमा अलपत्र छन् । गर्न सकिने काम पनि रोकिएको अवस्थामा हामी सरकारमा छैनौं । विकास निर्माण र जनताको सेवाको दृष्टिकोणले सरकारमा नहुँदा प्रभाव पर्छ । तर, हामी सत्तामा भएनौं भनेर आत्तिएका छैनौं । जनताका लागि गर्नुपर्ने दायित्व अझै बढेर आएको छ ।’

बिग्रेका कुरालाई सच्याउँछौँ

अभियानमा जनताका धेरै गुनासा र समस्यालाई समेटेको भन्दै ज्ञवालीले बिग्रेका विषयलाई सच्याएर अगाडि बढ्ने बताए । 

‘गर्नैपर्ने काम अलपत्र छन् । जनताका अपेक्षा, दबाब र माग पनि उस्तै छन् । बिग्रेका कुरा पनि छन् । पुस ५ गते हामी निष्कर्षसहित अभियानको समापन गर्छौं,’ उनले भने, ‘अभियान कस्तो भयो । सिकाइ कस्तो भयो । समृद्धिका लागि संकल्पको अभियान के हो भन्ने जनतासमक्ष प्रस्तुत गर्छौं । हाम्रो अनुभव, जनताको सुझाव र भावनालाई समेटेर पार्टीलाई अझै चुस्त बनाएर जान्छौं ।’

पोखरापछि दशौं दिन नुवाकोटको विदुरमा कार्यक्रम गरेपछि एमाले काभ्रेको मण्डनदेउपुर हुँदै दोलखा, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटासहितका ठाउँ पार गरेर पाँचथरको चिवाभञ्ज्याङ पुग्नेछ ।

null

सम्बन्ध स्थानीय: सन्देश राष्ट्रिय 

एमाले अध्यक्ष ओलीले अभियानका क्रममा धेरै ठाउँमा सत्ता राजनीतिलाई केन्द्र बनाएर भाषण नगरेका होइनन्, तर उनले हरेक ठाउँमा पुग्दा सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्दै सामाजिक सञ्जालमार्फत अभियानको सन्देश फरक भएको देखाउन खोजेका छन् । 

‘आज हाम्रो यात्रा हिमालहरू हेर्दै, पहाडहरू पार गर्दै सुन्दर नगरी पोखरा आइपुगेको छ । गल्कोट, बाग्लुङ बजार, कुश्मा, नयाँ पुल, रामटार, काँडे, नौडाँडा र हेम्जा हुँदै १३० किलोमिटर पार गरेर यात्रा पोखरा आइपुग्यो । आजको यात्रा नेपाली साहित्यका काव्यकार, कवि शिरोमणि लेखनाथ पौड्यालमा समर्पित गर्दछु,’ ओलीले अभियानका क्रममा ‘सम्बन्ध स्थानीय : सन्देश राष्ट्रिय’ नारामा लेखेका छन् । जहाँ पुगे पनि त्यहीँको वस्तुस्थितिसँग जोडिने गरी उनले मात्रै होइन, अन्य नेताले पनि आफूलाई प्रस्तुत गरिरहेका छन् । 

‘लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं. ३ र ४.का कमरेडहरू र स्थानीय जनसमुदायको न्यानो आतिथ्य, स्थानीय उत्पादनमा आधारित स्वरूचि भोजनपछि नेपाली मौलिकतामा आधारित चर्खेपिङमा केही फन्को मार्ने अवसर प्राप्त भयो । करिब ४५ वर्षपछि हराउँदै गएको चर्खेपिङ खेल्न पाउँदा आनन्दको अनुभूति भयो,’ नवौं दिनको अभियानका क्रममा उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् । 

अरू सबै नेताले स्थानीय भूगोल, कला, संस्कृतिसहितका समाजका विविध पक्षसँग यसरी नै साक्षात्कार गर्दै अभियानलाई फलदायी बनाएको दाबी गरिरहेका छन् । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x