×

NMB BANK
NIC ASIA

निर्माण क्षेत्रमा नयाँ प्रविधिको उद्योग

घर निर्माणमा तीन दिदीबहिनीको नयाँ योजनाः कंक्रिटको विकल्पमा ‘लाइट गेज’

पाँच करोडको लगानी, १५ जनालाई रोजगारी

काठमाडाैं | मंसिर २३, २०८०

NTC
Premier Steels

रूपन्देहीको बुटवलका उद्यमी राजेन्द्रसिंह गुरूङ आफ्ना तीन छोरी सृष्टि, सोनाली र शिल्पीलाई सानैदेखि देशमै बसेर उद्यम गर्नुपर्छ भन्ने सपना देख्न सिकाउँथे । बुवाको रवाफबाट आकर्षित र आमाको प्रेरणाले उनीहरूको जीवनलाई सधैँ निर्देशित गर्‍यो । बुवाआमाको प्रेरणा र हौसलालाई मनन् गर्दै अघि बढेका दिदीबहिनीले अध्ययन सकेर देशमै उत्पादनमूलक उद्योग खोल्ने अवधारणा निर्माण गरेँ । राजेन्द्रले आफूले बुटवलमा सञ्चालन गर्दै आइरहेको ‘इन्टरटेक ग्रुप अफ इण्डष्ट्रिज’ तीन छोरीलाई हेर्ने जिम्मा लगाए । बुवाको उद्योग हेर्दै उनीहरूले विभिन्न क्षेत्रको गहिरो अध्ययन गरे । यसबाट नयाँ सोच निस्कियो । यही सोचबाट तीन दिदीबहिनीले विसं २०७७ देखि भवन निर्माणमा नयाँ प्रविधि भित्राउँदै रूपन्देहीको कञ्चन गाउँपालिका–१ लौसामा एलजीपीएस प्रविधिमा आधारित उद्योग खोले । जसको नाम ‘आईटी स्टील स्ट्रक्चर सोल्युसन्स प्रालि’ राखियो । दिदीबहिनीले अहिले उद्योगको आफ्नै आवासीय बिल्डिङ पनि (भवन) बनाएका छन् ।

Muktinath Bank

 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

आईटी स्टील एलजीपीएस प्रविधिमा आधारित नेपालकै पहिलो उद्योग भएको बताइएको छ । यो उद्योगले अहिले शहरी क्षेत्रमा निर्माण भइरहेका कंक्रिटका घरको विकल्पमा स्टील बनोटमा आधारित आवास संरचना निर्माणको विकल्प दिलाएको छ । ‘थ्री सिस्टर’को नामले चिनिने सृष्टि, सोनाली र शिल्पाको उद्योगले ‘मेनिफ्याक्चिरिङ इन्डष्ट्रिज’को क्षेत्रमा अहिले जोखिमपूर्ण कंक्रिटको साटो स्टीलमा व्यावसायिक आवास निर्माणको क्षेत्रमा सुनौलो सम्भावना देखाएका छन् ।

Vianet communication

सोनाली भन्छिन, ‘हेभी स्ट्रक्चर’ले गर्दा नेपालमा भूकम्पबाट धेरै क्षति भयो । भूकम्पीय क्षति कम होस् भनेर हामीले कंक्रिट र इँटाको ‘अल्टरनेट’को रूपमा ‘एलजीएफएस’ प्रविधि भित्राएका हौँ । यो प्रविधिबाट घर बनाउन अहिले धेरैले इच्छा गरेका छन् ।’

null

तीन दिदीबहिनीका तीनवटै विशेषता
तीन गुरुङ दिदीबहिनीका तीनवटै विशेषता छन् । जेठी सृष्टिले कम्प्युटर साइन्स (आईटी), माइली सोनालीले फाइनान्समा एमबीए र कान्छी शिल्पी दन्त चिकित्सक हुन् । उनीहरू अहिले रूपन्देहीको औद्योगिक विकासमा नयाँ गौरवका रूपमा चिनिएका छन् । 

४३ वर्षकी सृष्टि आईटी स्टील उद्योगकी प्राविधिक निर्देशक, ४१ वर्षकी सोनाली उद्योगको कार्यकारी निर्देशक, ३३ वर्षीया शिल्पी चाहिँ बजार निर्देशक हुन् । उद्यमशीलतामा अवसर पाए छोरासरह छोरी पनि कम हुँदैनन् भन्ने उदाहरण यी तीन दिदीबहिनीहरूले प्रस्तुत गरेको स्थानीय महिला अधिकारकर्मीहरू बताउँछन् । पाँच करोड रूपैयाँको लगानीमा स्थापना भएको उद्योगमा हाल १५ जनाले रोजगारी पाएका छन् ।

null

‘हामी तीनै जनाले बाबाको प्रेरणाअनुसार उद्योग गर्ने रुचि भएपछि सँगै जाउँ न त भनेर योजना बनायौँ । बाबाले सक्छौँ ? भन्नुभयो, हामीले किन सक्दैनौँ ? भनेर आँट बटुल्यौँ,’ सोनालीले भनिन् । स्टीलका सामग्रीबाट निर्माण गरिएका संरचना वातावरण अनुकूल, भूकम्प प्रतिरोधात्मक, खिया र अग्नि प्रतिरोधक, बलियो र भरपर्दो हुने उनीहरूको भनाइ छ । ‘यो प्रविधिको घर बलियो, भरपर्दो, वातावरणमैत्री, सरल र छिटो जडान गर्न पनि सरल छ । नेपालजस्तो उच्च भूकम्पीय जोखिम रहेको देशमा आफूहरूले ल्याएको अवधारणाले भूकम्प गएको अवस्थामा पनि मानवीय र भौतिक क्षति कम हुन्छ,’ शिल्पी भन्छिन् । उद्योग दर्ता गर्दासमेत धेरै समस्यासँग जुध्न परेको उनीहरूको स्मरण छ । विसं २०७२ सालको भूकम्पबाट आठ हजार ८०० भन्दा धेरै नेपालीले ज्यान गुमाए । यसबाट दुःखी भएका तीन दिदीबहिनीले भूकम्प आएमा मानवीय क्षति कसरी कम गर्न सकिन्छ भनेर नयाँ योजना बनाए । त्यसपछि हलुका प्रकारको स्टील स्ट्रक्चर घरको योजना ल्याएर उद्योग स्थापना गरिएको हो ।

नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशमा यो प्रविधिबाट घर निर्माण गर्नु सरकारले सुझाउनु पर्ने सृष्टि बताउँछिन् । त्यसको लागि सरकारले शुरूमा बुझ्न जरूरी रहेको उनको भनाइ छ ।  

‘नेपालमा धेरै भूकम्प जाने भएकाले हामी भूकम्पप्रतिरोधीको अवधारणा ‘लाइट गेज’ ल्याएका हौँ । यसको प्रयोगले भूकम्प आएका बेलामा कम मानवीय क्षति हुन्छ । यसर्थ, नेपालमा अब यसको विकल्प छैन,’ सृष्टि भन्छिन् ।  

हुन पनि नेपालमा प्राकृतिक प्रकोपको जोखिम बढी भएकाले ‘लाइट गेज’को प्रयोगलाई आजकल राम्रो मानिन्छ । उनीहरूले ‘लाइट गेज’बाट बन्ने संचरनाहरूको सम्पूर्ण इन्जिनियरिङ कम्प्युटरका माध्यमबाट गरिन्छ । यसको ८० प्रतिशत पुनः प्रयोग हुन्छ । ‘यो प्रविधिको घर बनाउँदा ५० वर्षको ग्यारेन्टीसमेत छ,’ सृष्टि थप्छिन्,  ‘कंक्रिटबाट बनेको घरभन्दा यो प्रविधिबाट आवास बनाउँदा सस्तो पनि पर्छ ।’

युरोपियन प्रविधिमा आधारित
‘लाइट गेज’ प्रविधि दोस्रो विश्वयुद्धपछि विश्वभर फैलिएको थियो । तर, नेपालमा अहिले आएर यसको आवश्यकता महसुस गरिएको छ ।  यो प्रविधि अमेरिका, जापान, फ्रान्स, जर्मनी, युरोप, न्युजिल्यान्डलगायतका देशमा आवासका लागि धेरै प्रयोग भएको छ । नेपालका लागि पनि यो धेरै फाइदाजनक मानिएको छ ।

बुटवलमा निर्माणाधीन सिद्धार्थ केवलकारको अफिसियल भवन निर्माणको काम ‘लाइट गेज स्टिल फ्रेमिङ सिस्टम’बाटै बनेको छ । यो प्रणालीबाट अहिले रूपन्देहीमा दर्जनभन्दा बढी आवासीय घर बनेका छन् । अरु पनि बन्ने क्रममा छन् । नयाँ घर बनाउनका लागि उनीहरूसँग सुझाव लिन दैनिक रूपमा मानिसहरू उद्योगमा पुग्ने गर्छन् । 

null

तीन दिदीबहिनीको उद्योग युरोपियन प्रविधिमा आधारित छ । यसलाई ‘लाइट गेज स्टिल फ्रेमिङ सिस्टम’ भनिन्छ । यो भनेको इँटाको घरको वैकल्पिक समाधान हो । अर्थात्, पातला र हलुका स्टीलका पाता हो जसले घर तथा भवन निर्माण गर्न इँटाको विकल्प प्रदान गर्छ । उक्त स्टीलका पातामा जिंक कोडिङ हुने भएकाले खिया लाग्दैन । यो प्रविधिमा बनेका घर भूकम्पप्रतिरोधी, प्रि–इन्जिनियर्ड, आगो प्रतिरोधक, अब्बल इन्सुलेसन, वातावरणमैत्रीसमेत हुने उद्यमी सृष्टिको भनाइ छ । 

चुनौती पनि उस्तै
नयाँ उद्योग स्थापना गरेर त्यसको महत्व बुझाउँदै बजारमा पुग्न दिदीबहिनीलाई चुनौती पनि छ । ‘महिलाका लागि त झनै अप्ठेरो छ,’ सृष्टि भन्छिन्, ‘हामी यही चुनौतीबीच अघि बढेका छौँ । यो अभियान सफल पारेर अरूलाई पनि उत्प्रेरित गर्न चाहन्छौँ ।’

उद्योगसँगै तीन दिदीबहिनी आ–आफ्नै परिवार पनि सम्हालिरहेका छन् । यसका बीच सबैको साथ र सहयोगका कारण आफूहरूलाई उद्यमी बन्न हौसला मिलेको उनीहरूको भनाइ छ ।  

जेठी सृष्टिका श्रीमान् खिमबहादुर कुँवर सहसचिव हुन् । माइली सोनालीका श्रीमान् डा दर्शनकुमार गुरुङ मुटुरोग विशेषज्ञ तथा कान्छी शिल्पीका श्रीमान् शैलेश गुरूङ फोक्सोरोग विशेषज्ञ हुन् । व्यवसायसँगै उनीहरू सामाजिक क्षेत्रमा पनि जोडिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x