×

NMB BANK
NIC ASIA

पटक–पटक सर्दै आएको नेपाली कांग्रेसको महासमिति बैठक फेरि पनि सर्ने भएको छ ।

Muktinath Bank

यसअघि आन्तरिक तयारी नपुगेको तथा जाजरकोट भूकम्पलाई कारण देखाएर बैठक सरेको थियो । अब मध्यपुस (१६ देखि १९ गतेसम्म)मा गर्न कठिन भएको भन्दै बैठक सार्ने तयारीमा कांग्रेस लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यसअघि पनि हामीले आन्तरिक र भूकम्पका कारण महासमिति बैठक सार्‍यौं, तर यसपटक मध्यपुसको जाडोमा बैठक बोलाउँदा समस्या भयो भन्ने कुरा आएको छ । पदाधिकारी बैठकमा नै पनि मधेसका साथीहरूले शीतलहर चल्ने समयमा नगरौं भन्नुभएको थियो,’ कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘फेरि यही बेला पार्टी राष्ट्रिय सभाको निर्वाचनमा पनि होमिनुपर्ने भएको छ । यसैले महासमिति बैठक फेरि सार्ने भन्ने हल्ला चलेका हुन् ।’


Advertisment
Nabil box
Kumari

कांग्रेस सभापति शेरबहादुर देउवाले नै यसअघिको पदाधिकारी बैठकमा महासमिति बैठक फागुनमा गर्न सकिने आशय व्यक्त गरेका छन् । त्यसैले अबको बैठक फागुनमा हुन सक्ने जानकारी विश्वकर्माले दिए । 

Vianet communication

‘पार्टीको यो बैठक फेरि सर्दैछ भन्ने कुरा आयो तर, पार्टीले औपचारिक घोषणा गरिसकेको छैन । एकदुई दिनमै पदाधिकारी वा कार्यसम्पादन समितिको बैठक बसेर निर्णय लिन्छ होला,’ विश्वकर्माले भने, ‘महासमितिमा प्रस्तुत हुने डकुमेन्ट लेखनको काम पनि द्रुत गतिमा अघि बढे पनि फाइनल भइसकेको छैन । काम बाँकी नै छन् । झण्डै २५ जति जिल्लाका महासमिति सदस्य पनि टुंगिन बाँकी छन् ।’

तर, बैठक फेरि पनि सार्ने विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहमत छैनन् । उनीहरूले आफ्नो भागमा परेको सांगठनिक प्रस्ताव र समसामयिक प्रस्ताव लेखनलाई तीव्रताका साथ अगाडि बढाइरहेका छन् । 

महामन्त्रीद्वयले नै १५ औं महाधिवेशन २०८२ भित्रै गर्नेगरी तालिकाबद्ध हिसाबले आ–आफ्नो दस्तावेज लेखिरहेका छन् । तर, तयारी नपुगेको र जाडोयाम भन्दै पार्टी नेतृत्वले बैठक सार्न खोजेको उनीहरूको आरोप छ । 

१४ औं महाधिवेशनमा नेतृत्वमात्रै चयन हुँदा नीतिगत बहस नै भएको थिएन । एउटा पनि राजनीतिक, सांगठनिक, समसामयिक प्रतिवेदन प्रस्तुत नभएपछि कांग्रेसले बीचमा नीति महाधिवेशन गर्ने घोषणा गरेको थियो । तर, यस्तो महाधिवेशन पनि हुन नसक्ने भएपछि यही महासमिति बैठकले नीति महाधिवेशनको पनि काम गर्ने घोषणा कांग्रेसले गरेको छ । महासमिति बैठक पनि पटक–पटक अन्योलमा पर्दै आएको छ । 

पटक–पटक बैठक सार्दा गलत सन्देश जाने भन्दै थापाले समयमै गर्नुपर्नेमा जोड दिएको थापाका सचिवालय सदस्य प्रताप पौडेल बताउँछन् । 

‘फेरि पनि महासमिति बैठक सार्ने विषय आइरहेको हामीले जानकारी पाएका छौं तर महामन्त्री बैठक सार्ने पक्षमा हुनुहुन्न, किनकि बैठकको तयारीका काम धमाधम हुँदैछन् । हल खोजिसकिएको छ । डकुमेन्ट पनि तयार भइरहेको छ,’ उनी भन्छन्, ‘छोटो समयमा बैठक सारिरहने प्रवृत्तिले गलत सन्देश जाने भन्दै महामन्त्रीले तोकिएको समयमा बैठक गर्नुपर्ने बताउँदै आउनुभएको छ ।’

बैठक सरेकोसर्‍यै

यसअघि असोज र कात्तिक अन्तिममा महासमिति बैठक गर्ने तयारीमा कांग्रेस थियो, तर हुन सकेन । भदौ ६ मा बसेको केन्द्रीय समितिको बैठकले महासमिति मंसिर १३ देखि १५ सम्म काठमाडौंमा गर्ने निर्णय गर्‍यो ।

तर, कात्तिक १७ गते बसेको कार्यसम्पादन समितिको बैठकले जाजरकोट भूकम्प, महासमिति सदस्य टुंगिन बाँकी रहेको जस्ता कारण देखाउँदै महासमिति मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने निर्णय गर्‍यो । तर, कात्तिक २१ गते पत्रकार सम्मेलन गरी कांग्रेसले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्ने निर्णय भएको जानकारी गरायो ।

यसअघि कांग्रेस केन्द्रीय समितिले प्रत्येक दुई महिनामा केन्द्रीय समितिको बैठक गर्ने निर्णय गरेको थियो । एकपटक तोकिएकै समयमा यस्तो बैठक बस्यो । अहिले आएर केन्द्रीय समिति बैठकको कार्यतालिका पनि मिचिइसकेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x