×

NMB BANK
NIC ASIA

कांग्रेस बैठक

अहिलेसम्म अवसर नपाएकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडाैं | पुस १४, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसले पटक पटक अवसर पाएकालाई राष्ट्रिय सभामा उम्मेदवार नबनाउने निर्णय गरेको छ । 

Muktinath Bank

केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म बसेको बैठकले लामो समय पार्टीमा योगदान गरेका, अवसर नपाएकालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने गरी मापदण्ड बनाएको जानकारी पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रो तीन दिन लामो बैठक सकिएको छ । यसको विस्तृत निर्णय भोलि औपचारिक पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौ’, विश्वकर्माले भने, ‘तर राष्ट्रिय सभामा अवसर नपाएका, लामो समय योगदान गरेका, पटक पटक छुटेका व्यक्ति समुदाय र भूगोललाई प्राथमिकता दिने र अवसर लिन नसकेकोलाई मूल्याङ्कन गर्ने मापदण्डमा सहमति भएको छ ।’ यस क्रममा यस अघि हारेकालाई होइन उम्मेदवार बनेका तर निर्वाचित हुन नसकेकालाई मूल्याङ्कन गर्ने जानकारी उनले दिए । 


Advertisment
Nabil box
Kumari

कांग्रेस बैठकमा पटक पटक अवसर पाएकालाई फेरि पनि ११ माघमा हुने राष्ट्रिय सभाका निर्वाचनमा उम्मेदवार नबनाउन पार्टी नेतृत्वको ध्यानाकर्षण भएको थियो । 

Vianet communication

शनिबार मात्रै १२ जना केन्द्रीय सदस्यले अहिलेसम्म अवसर नपाएकालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । 

राष्ट्रिय सभामा पटक पटक अवसर पाएकालाई फेरि पनि उम्मेदवार बनाउने तयारी भएपछि तीव्र विरोध भइरहेको छ । 

बैठकले सरकारमा कांग्रेस मन्त्रीको कार्यसम्पादन, राष्ट्रिय सभामा कस्तो उम्मेदवार छनोट गर्ने, महासमिति बैठक, समुदाय कांग्रेस अभियान अन्तर्गत माघ ७ देखि २२ सम्म गर्ने कार्यक्रम, समसामयिक विषयमा छलफल गरेको जानकारी उनले दिए । 

बैठकले जाजरकोट भूकम्पपीडितका लागि पार्टी घोषणा अनुसार एक हजार अस्थायी घर टहरा बनाउने घोषणा पूरा भएको र थप घर पनि बनाउने निर्णय गरेको जानकारी विश्वकर्माले दिए । 

सुशासन दिन सरकारको ध्यानाकर्षण

बैठकमा अधिकांश केन्द्रीय सदस्यले सरकार डेलिभरी दिन र सुशासन दिन चुकेको भन्दै सरकार र मन्त्रीको आलोचनामा उत्रिएका थिए । यसैले कांग्रेसले जनताले महसुस हुने गरी सुशासनमा काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

‘सुशासनका क्षेत्रमा देखिएका कमी र जनताले थाहा पाउने गरी सुशासन दिन सरकारको ध्यानाकर्षण गराएका छौँ’ विश्वकर्माले भने । 

साथै बैठकले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको कमजोरीको निष्पक्ष छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

‘बालकुमारीमा दुई युवाको ज्यान गएको छ । यसमा कोबाट कमजोरी भएको हो ? विशेष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छौँ’ विश्वकर्माले भने । 

पार्टीले ९ वटा निर्णय गर्न लागेको भन्दै उनले आइतबार दिउसो १ बजे पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने जानकारी दिए । 

यसैबीच केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले ८ महिनामा मन्त्रीले गरेका ८ वटा कामको सूची पेश गर्न पनि मन्त्रीहरूसँग माग गरेका छन् । 

अधिकांश केन्द्रीय सदस्यले मन्त्रीको कामलाई प्रश्न उठाइरहेका बेला महामन्त्री थापाले पनि मन्त्रीको काम सन्तोषजनक नभएको बताएका हुन् । 

‘तपाईंहरूले ७ महिनामा के गर्नुभयो ? गर्नुभएका ८ वटा कामको सूची दिनुस्’ थापाले भने, ‘एउटा लक्ष्य बनाएर अझै काम गर्छौ भनौं होइन सकिँदैन जस्ता लाग्ने हो भने मन्त्री फेरेर भए पनि अब नतिजा दिनुपर्छ । ठूलो दलको रुपमा अब कांग्रेस अग्रसर हुनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x