×

NMB BANK
NIC ASIA

नवआर्दश सहकारीमा घोटाला: व्यवस्थापकले गरे एक करोड बढी अपचलन

विराटनगर | पुस १६, २०८०

NTC
Premier Steels

मोरङको कटहरी गाउँपालिका–२ मा रहेको नवआर्दश सहकारी संस्थाका व्यवस्थापकले चार वर्षमा एक करोडभन्दा बढी घोटाला गरेको खुलेको छ । कटहरी गाउँपालिकाले गठन गरेको विज्ञ टोलीले गरेको छानबिन प्रतिवेदन र अदालतमा दायर भएको अभियोग पत्रअनुसार व्यवस्थापक उमेशकुमार मण्डलले २०७५  भदौ १९ देखि २०७९ असार १२ गते सम्म एक करोड १५ लाख ८७ हजार ४५४ रुपैयाँ अपचलन गरेको खुलेको हो ।

Muktinath Bank

तत्कालीन व्यवस्थापक किशोरकुमार पाण्डे २०७४ को स्थानीय तहको निर्वाचनमा कटहरी गाउँपालिका–२ को वडाअध्यक्षमा निर्वाचित भएपछि जिम्मेवारीबाट राजीनामा दिएका थिए । पाण्डेले राजीनामा दिएपछि २०७५ चैत २२  गते बसेको सञ्चालक समितिको बैठकले सहकारीमा कार्यरत कर्मचारी मण्डललाई व्यवस्थापक समेतको जिम्मा दिएको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मण्डल २०७३ भदौ १९ गतेदेखि सहकारीमा कार्यरत थिए । उनले त्यस बेलादेखि सहकारीको आर्थिक सहायकको रूपमा सम्पूर्ण सहायक खाता व्यवस्थापन र कम्प्युटर सफ्टवेयर व्यवस्थापनको काम गर्दै आएका थिए ।


Advertisment
Nabil box
Kumari

व्यवस्थापक उमेशकुमार मण्डल

Vianet communication

व्यवस्थापनको जिम्मेवारी पाएपछि मण्डलले चार वर्षमा ३८० जना बचतकर्ताको रकम हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनबाट खुलेको छ । कटहरी गाउँपालिकाले चार्टर एकाउन्टेन्ट सुरज तिम्सिनाको नेतृत्वमा २०७९ माघमा गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनअनुसार मण्डलले पदको दुरुपयोग गरी नक्कली कागजपत्र बनाएर विभिन्न बचतकर्ताहरूको बचतसमेत फिर्ता नगरी उनैले लिएको पाइएको छ । 

मण्डलले मुद्दती खातामा जम्मा गर्ने भन्दै बचतकर्तासँग रकम लिने तर, संस्थामा बचत नगरी रकम आफैं चलाउने गरेको पनि चार्टर एकाउन्टेन्टले गरेको लेखापरीक्षणका क्रममा खुलेको थियो । 

मण्डलले हस्ताक्षर दुरुपयोग गरी सफ्टयेरमा जथाभावी पुरानो मिति राखेर कागजातबिनै प्रविष्ट गर्ने, प्रविष्ट गरेको तथ्यांक मेटाउने, एक व्यक्तिको बचत अर्को व्यक्तिमा प्रविष्ट गर्ने, एक व्यक्तिको ऋण सेयर अरु व्यक्तिको नाममा प्रविष्ट गर्ने, ऋण समितिमा ऋण निवेदनका लागि आफूखुसी ऋण प्रवाह गरेर सहकारीको रकम हिनामिना गर्ने गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । 

अदालतको आदेशले उनले त्यस अवधिमा जोडेको अचल सम्पत्ति रोक्का भएको छ । उनले बचतकर्ताको पासबुकमा रकम चढाए पनि सहकारीको सफ्टवेयरमा राखिने व्यक्तिगत खातामा रेकर्ड नराखेको पाइएको छ । मण्डलले सहकारीमा खाता नै नभएका उनका बाबु शम्भुप्रसाद मण्डल र आमा सीतादेवी मण्डलका नाममा १६ लाख ५२ हजार रुपैयाँ बचत फिर्ता गरेको देखाएका छन् । खाता भएकी स्थानीय गायत्रीदेवी ठाकुरलाई उनका नाममा २ लाख रुपैयाँ ऋण निकालेर १ लाख रुपैयाँ मात्रै दिएका थिए भने बाँकी एक लाख रुपैयाँ आफैं चलाएको खुलेको छ ।

सहकारीको नाममा रहेको जमिन बिक्रीका लागि बैना कागज बनाउँदा पूर्वअध्यक्ष लालबहादुर खत्रीलाई नक्कली साक्षी खडा गरेर उनको नाममा किर्ते हस्ताक्षर गरी  मण्डलले ९ लाख ५० हजार रुपैंयाँ बुझेको देखिएको छ । बचतकर्ता अर्चना साहको ११ लाख ९४ हजार ६३५ रुपैयाँ फिक्स डिपोजिट भन्दै २०७८ साउन १४ गते सहकारीमा जम्मा गरिदिएको पासबुकमा उल्लेख छ । तर, फिक्स डिपोजिटको रकम मण्डल आफैंले चलाउने गरेको खुलेको छ । खाता परिपक्क भएपछि साहले रकम माग्दा बचतमा १२ प्रतिशत ब्याज दिनेगरी जम्मा गरेको बताउँदै आएका थिए । साहले रकम माग्दै दबाब दिन थालेपछि हस्ताक्षर नै नचल्ने भए पनि व्यवस्थापक मण्डलले १० लाखको चेकमा २०७९ माघ १९ गते सही गरेर सहकारीको चेक दिएको अभियोग पत्रमा उल्लेख छ । 

सहकारीका अर्का कर्मचारी कटहरी गाउँपालिका–२ का ४४ वर्षीय भविश्वर न्यौपानेले पनि  १६ लाख ३० हजार रुपैयाँ सहकारीको हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । २०७५ वैशाख ३० गते उनले सहकारीको रकम हिनामिना गरेको खुलेको छ । ‘न्यौपानेलाई दिइएको कार्य कुशलतापूर्वक निर्वाह नगरी चार खातामा कागजातबिना रकम प्रविस्ट गर्ने, भौचर नभिडाउने, आफूखुसी ऋण समितिलाई जानकारी नगराई आफ्नो नाममा तथा आफ्नो जमानीमा अन्य व्यक्तिलाई ऋण प्रवाह गर्ने आदि अनैतिक कार्यहरू गरेको पाइयो,’ छानबिन प्रतिवेदनमा उल्लेख छ । 

नव आदर्श बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले सेयर सदस्यहरूको निक्षेप कारवाहीको प्रक्रिया पनि अघि बढेको छ । नियमित बचत, ऋण प्रवाह र बजारबाट कर्जा असुलीको काम सहजताका साथ अगाडि बढिरहेकाले बचतकर्ताको निक्षेप फिर्ता दिने सहकारीका अध्यक्ष किशोरकुमार पाण्डले बताए । 

सहकारी घोटला गरेको आरोपमा जिल्ला अदालत मोरङको आदेशमा पूर्पक्षको लागि थुनामा रहेका उमेशकुमार मण्डललाई उच्च अदालतले पनि थुनामै राख्न आदेश दिएको छ । जिल्ला अदालतको आदेशविरुद्ध मण्डल उच्च अदालतमा पुनरावेदन गर्न गएका भए पनि उच्चले जिल्लाकै आदेशलाई सदर गरिदिएको छ । 

उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश गणेशप्रसाद बरालको संयुक्त इजलासलेले भदौ ३१ गते मण्डललाई जिल्लाको आदेश सदर गर्दै पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएका थिए । 

अर्का कर्मचारी भविश्वर न्यौपानेलाई १६ लाख ३० हजार रुपैयाँ धरौटी लिएर छाड्न अदालतले आदेश दिएको थियो । न्यौपाने धरौटीमा रिहा भएपछि सहकारीलाई तिर्नुपर्ने १६ लाख ३० हजार रुपैयाँ केही समय अगाडि मात्र भुक्तानी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x