×

NMB BANK
NIC ASIA

सुरु भयो योनेक्स सनराइज इनास सब-जुनियर च्यालेन्ज कप राष्ट्रिय ब्याडमिन्टन [तस्बिरहरु]

काठमाडाैं | पुस २७, २०८०

NTC
Premier Steels

नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारिक बिक्रेता इनास इन्टरप्राइजेजको आयोजनामा दोस्रो योनेक्स सनराइज इनास सब-जुनियर च्यालेन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० सुरु भएको छ। 

Muktinath Bank

योनेक्स सनराइज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यू-१५, यू-१३ र यू-११ छात्र तथा छात्रा गरी प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगिता बिहीबार देखि पुस २९ गते सम्म टोखास्थित दीपक ब्याडमिन्टन एकेडेमी (G4)को कभर्ड हलमा आयोजना भएको हो । 


Advertisment
Nabil box
Kumari

च्याम्पियनसिपमा देशैभरीबाट १२७ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। जसमा छात्रातर्फ भने ३५ जनाको सहभागिता रहेको छ। 

Vianet communication

कोसी प्रदेशबाट सहभागी सङ्ख्या ६ जना रहेकोमा छात्रातर्फ १ जना, गण्डकी प्रदेशबाट १२ जना सहभागी रहेकोमा छात्रातर्फ १ जना, लुम्बिनी प्रदेशबाट ४ जना र  सुदूरपश्चिम प्रदेशबाट ५ जना छन् ।  त्यस्तै बागमती प्रदेशको काठमाडौँबाट ९४ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। 

प्रतियोगितामा काठमाडौँका विभिन्न क्लब र स्कुलबाट खेलाडीले सहभागिता जनाएका छन् ।    

कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र आयोजक इनास इन्टरप्राइजेजका प्रमुख राजु बास्तोलाले ब्याडमिन्टन खेलेर सुरु गरेका थिए। 

कार्यक्रममा बोल्दै इनास इन्टरप्राइजेजका प्रमुख राजु बास्तोलाले ब्याडमिन्टन प्रतियोगिताको लागि एउटा राम्रो हल उपलब्ध गराइदिन सदस्य सचिव घिसिङलाई अनुरोध गरे। " ब्याडमिन्टन प्रतियोगिता आयोजनाको लागि आफ्नो एउटा हल हुने भए सबैको लागि सजिलो हुने थियो, " बास्तोलाले भने। 

त्यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले इटहरी र जुम्लामा उत्कृष्ट ब्याडमिन्टन हल बनेको र त्यहाँ अन्तर्राष्ट्रिय स्तर प्रतियोगिता आयोजना गर्न सकिने प्रस्ट पारे। " परिषद्को स्वामित्वमा रहेको इटहरीको हलमा बहु उपयोगी खेलको लागि उपयोगी छ। म जुम्लामा गए त्यहाँ पनि छ। त्यसैले सबै तिर हल छ। के छैन भने ब्याडमिन्टन खेललाई कसरी विकास गर्न सकिन्छ भन्ने तर्फ भने साथीहरूको ध्यान जना जरुरी छ," उनले भने। 

बिहीबार पहिलो चरणको खेलमा ६६ जनाको सहभागिता रहेको थियो भने ३३ जना दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । प्रतियोगिताको मिडिया पार्टनर लोकान्तर डटकम रहेको छ । 

तस्बिरहरु हेर्नुहोस्

nullnullnullnullnullnullnullnullnullnullnullnull

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x