×

NMB BANK
NIC ASIA

कानूनविपरीत उपचार खर्च दाबी

कोशीका माननीय : आफूखुशी उपचार गराएर ४ लाखसम्मको बिल पेस !

काठमाडाैं | पुस २७, २०८०

NTC
तस्वीरमा बायाँबाट क्रमश: उपसभामुख दनुवार तथा सांसदहरू गौतम, विश्वकर्मा ढकाल र तामाङ
Premier Steels

कोशी प्रदेशका उपसभामुखसहित ५ जना प्रदेश सभा सदस्यले कानूनविपरीत उपचार खर्च माग गरेका छन् ।

Muktinath Bank

उपसभामुख सिर्जना दनुवारसहित प्रदेश सभा सदस्यहरू तारादेवी ढकाल, उमाकान्त गौतम, डोल्मा तामाङ र गोपालबहादुर विश्वकर्माले कानूनविपरीत उपचार खर्च मागेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभा सदस्यहरूको सेवा सुविधासम्बन्धी ऐनमा प्रदेश सभा सचिवालयमै एकजना चिकित्सकको सेवा निःशुल्क उपलब्ध गराइने उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश सभाले उपलब्ध गराएको चिकित्सकले अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने भनी सिफारिश गरेको पदाधिकारी वा सदस्यले सरकारी वा सामुदायिक अस्पतालमा भर्ना भई औषधि उपचार गराएमा मात्र उपचार गराउँदाको प्रेसक्रिप्सन तथा बिलबमोजिमको खर्च सचिवालयले व्यहोर्ने व्यवस्था छ ।

Vianet communication

तर, सांसदहरूले प्रदेश सभाका चिकित्सकको रिफरविनै आफूखुशी उपचार गरेको भन्दै मनलाग्दी रकम दाबी गरेका हुन् ।

तत्कालीन मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाएर उपचार गर्न भन्दै सुटुक्क काठमाडौं गएकी उपसभामुख सिर्जना दनुवारले दुईपटकको उपचार खर्च भनेर ८१ हजार ९९० रुपैयाँ माग गरेकी छन् ।

सरकारलाई बहुमत पुग्न नदिन उपचारका नाममा बिदा बसेको भनेर उनको चर्को आलोचना भएको थियो । उनले नर्भिक अस्पताल र शहीद गंगालाल हृदय केन्द्रको बिल पेस गरेकी छन् ।

गंगालाल हृदय केन्द्रको ३३ हजार ९५ र नर्भिक अस्पतालको ४१ हजार ८१४ रुपैयाँको बिल पेस भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यस्तै एमालेकी सांसद तारादेवी ढकालले झापा दमकको निम्स र काठमाडौंको मेदान्त, ह्याम्स, बी एन्ड बी (ललितपुर) र निर फार्मेसीमा विभिन्न मितिमा उपचार तथा औषधि खरिद गरेको भनेर बिल पेस गरेकी छन् । उनले माग गरेको रकम ४ लाख ७७६ रुपैयाँ रहेको संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ ।  

एमालेकै सांसद उमाकान्त गौतमले विराट मेडिकल कलेज विराटनगरमा २०७९ माघ १६ गते उपचार गराएको भनेर १ लाख ३८ हजार ६९ रुपैयाँको बिल पेस गरेका छन् ।

कांग्रेस सांसद डोल्मा तामाङले ओम अस्पताल चाहबिलमा २०७९ माघ १६ गते उपचार गराएको भनेर ४९ हजार ४२६ रुपैयाँको बिल पेस गरेकी छन् ।

राप्रपाका गोपालबहादुर विश्वकर्माले शहीद गंगालाल हृदय केन्द्र काठमाडौंमा असोज १६ गते उपचार गराएको भनेर ३५ हजार ९१२ रुपैयाँ उपचार खर्च दाबी गरेका छन् ।

हेर्नुहोस्, कसले कति मागे खर्च :

सभामुखको पहिलो निर्णय नै उपचार खर्च माग्ने !

नवनियुक्त सभामुख अम्बरबहादुर विष्टले आफ्नो पहिलो निर्णय नै सांसदहरूको उपचार खर्च माग्ने भनी गरेका छन् । पदभार ग्रहण गर्दै उनले ५ जना माननीयको ६ लाख ९९ हजार ८२ रुपैयाँ उपचार खर्च मन्त्रिपरिषद्बाट निर्णय गरेर उपलब्ध गराउन मुख्यमन्त्री कार्यालयलाई पत्र लेख्ने निर्णय गरेको प्रदेश सभाका सचिव गोपाल पराजुलीले लोकान्तरलाई जानकारी दिए ।

नेपालभित्रका अन्य अस्पतालमा लागेको खर्च मन्त्रिपरिषदको निर्णयबमोजिम हुनेछ भन्ने ऐनमा उल्लेख गरिएको छ । तर, त्यसका लागि पनि प्रदेश सभा सचिवालयले उपलब्ध गराएको चिकित्सकले जाँच गरेर रिफर गरेको हुनुपर्छ ।

प्रदेश सभाका कुनै पनि चिकित्सकले अन्यत्र उपचार गर्न अनुमति (रिफर) नदिएको संसद् सचिवालयका सूचना अधिकारी निरोज ढकालले बताए ।

यता सांसदहरू भने उपचार खर्च पाइन्छ भनेर दाबी गरेको बताउँछन् ।

‘माननीयज्यूहरूले उपचार खर्च पाइन्छ भनेकाले बिल पेस गरेको हुँ,’ प्रदेश सभा सदस्य उमाकान्त गौतमले भने, ‘यसअघि पनि केही माननीयले उपचार खर्च लिएको सुनेको छु ।’

सभामुखदेखि सांसदसम्मले ताकेता गरे पनि प्रदेश सभाका चिकित्सकले रिफर नगरी गरिएको उपचार खर्च दाबी गर्नु कानूनविपरीत देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x