×

NIC ASIA

भिजिट भिसामा विदेश पठाउने धन्दा

भिजिट भिसामा सेटिङको अनुसन्धानः ...जब प्रहरी र गृहका कर्मचारीबीच चर्काचर्की पर्‍यो

काठमाडाैं | पुस २९, २०८०

Prabhu Bank
NTC
तस्वीर– पक्राउ परेका अध्यागमनका अधिकृत खड्का
Premier Steels

नेपाली नागरिकलाई अवैध ढंगले भिजिट भिसामा विदेश पठाउने धन्दाको अनुसन्धानका क्रममा गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारी र अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूबीच चर्काचर्की परेको पाइएको छ ।

Muktinath Bank

पक्राउ परेका अध्यागमनका अधिकृत नरवीर खड्काले गृह मन्त्रालयका केही उच्चपदस्थ कर्मचारीको नाम लिएपछि बोलाएर सोधपुछ गरिएको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो । त्यसैक्रममा चर्काचर्की परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खड्काले नाम लिए पनि प्रमाणको अभावमा ती कर्मचारीलाई पक्राउ भने गरिएन ।


Advertisment
Nabil box
Kumari

‘उनले (नरवीर)ले नाम लिएलगत्तै पक्राउ गरेको भए केही आउने थियो, तर बलियो प्रमाण खोज्दा उनीहरू उम्कने अवस्था आयो,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने ।

Vianet communication

अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी परिसर र प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृतहरूको उपस्थितिमा गृहका कर्मचारीहरूसँग सोधपुछ गर्दा चर्चाचर्की नै परेको थियो ।

‘हामीले भिजिट भिसाको विषयमा अनुसन्धान हुँदैछ, गृहका कर्मचारीसम्म पनि आइपुग्न सक्छ भन्दा उहाँहरू कड्किनुभएको थियो,’ एक प्रहरी अधिकृतले लोकान्तरसँग भने । 

त्यसपछि प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले आफूहरूले अध्यागमन विभागका कर्मचारी र नेपाल वायु सेवा निगमका कर्मचारीका डिजिटल डिभाइस तथा अन्य विषयको अनुसन्धान गरिरहेको र त्यसबाट खुले सबैलाई अनुसन्धानको दायरामा तान्ने बताएका थिए ।

‘काठमाडौंका एसएसपी सा’बले डिभाइसहरू फरेन्सिक ल्याबमा गएको र त्यसको अनुसन्धानपछि सबै कुरा खुल्छ भन्नुभएपछि बल्ल उहाँहरू (कर्मचारी) शान्त हुनुभएको थियो,’ ती अधिकारीले लोकान्तरसँग भने ।

सेटिङमा संलग्न रहेको भन्दै प्रहरीले मंसिर २७ गते अध्यागमन विभागका एक र नेपाल वायु सेवा निगमका २ जना कर्मचारीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल वायु सेवा निगमका अरबिन यादव र होम पोखरेल तथा ६ जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरी सार्वजनिक गरिएको थियो । 

कन्सल्टेन्सीहरूसँगको सेटिङमा भिजिट भिसामा पठाउँदै आर्थिक लाभ लिने गरेको आरोप उनीहरूमाथि लागेको छ । उनीहरू पक्राउ परेसँगै भिजिट भिसाको विषयमा खैलाबैला नै भएको थियो ।

नेपाल वायु सेवा निगमका एक कर्मचारीका अनुसार केही अधिकृतहरू बिदा मिलाएर फोन अफ गरी बसेका थिए भने एकजना शंकास्पद् कर्मचारी सिंगापुर पुगेका थिए ।

‘२ जना पक्राउ परेपछि त विमानस्थलमा लामो समय बसेका कर्मचारीहरूले एकाएक बिदा लिएर फोन अफ गर्नुभयो । एकजना सिंगापुर जानुभएको छ बिदा लिएर,’ नेवानिका ती अधिकृतले लोकान्तरसँग भने ।

ती अधिकृतका अनुसार १५/२० दिन बिदा लिएर गएका कर्मचारीहरू केही दिनअगाडि मात्रै कार्यालय फर्किएका छन् । 

निगमका कर्मचारी छुटे र अध्यागमनका कर्मचारीमाथि अनुसन्धान हुँदै

मंसिर २७ गते अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेकामध्ये नेपाल वायु सेवा निगमका कर्मचारीद्वय अरबिन यादव र होम पोखरेल जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंले केही दिनअगाडि १/१ लाख धरौटीमा छाडेको अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थीले बताए । ‘२ जनालाई अदालतले १/१ लाख धरौटीमा छाडेको छ,’ डीएसपी पन्थीले लोकान्तरसँग भने । 

उनीहरू संगठित अपराधमा संलग्न नदेखिएकाले अदालतमा मुद्दा बुझाएपछि धरौटीमा छुटेका हुन् । अध्यागमनका अधिकृत नरवीर खड्कासहित कन्सल्टेन्सी सञ्चालकहरूमाथि भने संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।

‘हामीले नरवीरसहित अन्यलाई संगठित अपराधमा अनुसन्धान गरिरहेका छौं,’ एसएसपी खत्रीले लोकान्तरसँग भने । प्रहरीले उनीहरूलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्नेछ । 

एसएसपी खत्रीका अनुसार उनीहरूले प्रयोग गर्ने डिभाइसहरू ल्याब टेस्ट (डीएफएल) परीक्षणका लागि पठाइएको छ ।

डीएफएल परीक्षणपछि अध्यागमन विभागका कर्मचारीहरूको अरू कुन–कुन व्यक्तिसँग कनेक्सन छ भन्ने विषय खुल्ने प्रहरीले जनाएको छ । 

वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे प्रहरी हिरासतमा छन् ।

अध्यागमनका कर्मचारीले सेटिङ गरेबापत प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म लिने गरेको दाबी प्रहरीले गरेको थियो ।

निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीले प्रतिव्यक्ति १० हजार रूपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x