×

NIC ASIA

घट्यो बैंकको नाफा

खराब कर्जा बढ्दा र ब्याज आम्दानी घट्दा सुस्तायो बैंकको नाफा, कसले कति कमाए ?

काठमाडाैं | माघ ७, २०८०

Prabhu Bank
NTC
Premier Steels

पछिल्लो आर्थिक मन्दीको प्रभावले बैंकहरूको नाफामा गिरावटमा देखिएको छ ।

Muktinath Bank

चालू आर्थिक वर्षको पुससम्म वाणिज्य बैंकहरूले कमाएको आम्दानी १० प्रतिशतले खुम्चिएको छ भने २० मध्ये ३ वटा बैंकले मात्र नाफाको दर बढाउन सफल भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खराब कर्जा बढेको, बैंकमा थुप्रिएको तरलताका कारण ब्याज आम्दानी कम भएको र पुरानो ऋण असुली नभएकाले बैंकहरूको नाफा घट्नुको प्रमुख कारण मानिएको छ ।


Advertisment
Nabil box
Kumari

बैंकहरूको वित्तीय अवस्था सार्वजनिक भएपछि आइतवारको सेयर मार्केट पनि खुम्चिएको छ ।

Vianet communication

सेयर बजारमा ३० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका वाणिज्य बैंकहरूको नाफा घटेको विवरण सार्वजनिक भएपछि बढ्ने आशा गरिएको शेयर मार्केट २१ सय ३० दशमलव ८ बिन्दुमा झरेको छ ।

ब्याज कम हुँदै जाँदा कर्जा विस्तार हुने बैंकरहरूको अनुमान थियो । तर, त्यसविपरीत कर्जाको मागमा कमी आयो । पूँजीकोषमा आएको दबाबसँगै कतिपय बैंकहरू ऋण प्रवाह गर्न नसक्ने अवस्थामा छन् ।

नाफा बढाउनेमा नबिल र प्राइम

चालू आर्थिक वर्षको पुससम्म नाफा कमाउनेमा अग्रणी नबिल बैंक देखिएको छ ।

नबिलले ३ अर्ब २० करोड ३० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म नबिलले ३ अर्ब १४ करोड ७६ लाख नाफा कमाएको थियो ।

प्राइम बैंकले पुस मसान्तसम्म २ अर्ब १८ करोड २९ लाख २७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको ६ महिनामा प्राइमले १ अर्ब ६५ करोड २० लाख ४४ हजार नाफा कमाएको थियो ।

कुन-कुन बैंकको नाफा घट्यो ?

ग्लोबल आईएमई बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रूपैयाँ नाफा कमाएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले गरेको २ अर्ब १ करोड ५३ लाख ८८ हजार रूपैयाँ खुद नाफा अघिल्लो आवको तुलनामा ६९ करोड ६४ लाखले कम हो ।

एनआईसी एसिया बैंकको नाफा पनि ४१ प्रतिशतले घटेको छ ।

बैंकले चालू आवको पुस मसान्तसम्म १ अर्ब ९० करोड ३८ लाख ७ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आवमा बैंकले ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रूपैयाँ आर्जन गरेको थियो ।

नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको नाफा पनि २८ करोड ४३ लाखले घटेको छ । पुस मसान्तसम्म बैंकले १ अर्ब ८० करोड १९ लाख ४४ हजार रूपैयाँ नाफा आर्जन गरेको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकले चालू आवको पुस मसान्तसम्म १ अर्ब ७२ करोड ६४ लाख खुद नाफा कमाएको छ । यो अघिल्लो सालको नाफा भन्दा ३ करोड कम हो ।

एभरेष्ट बैंकले १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले १२ करोड ५१ लाख ४५ हजार रूपैयाँ खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको पुससम्म बैंकले १ अर्ब ५८ करोड ८० लाख ३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

हिमालयन बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब ५० करोड ३९ लाख ७४ हजार ५१७ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ५४ करोड ९२ लाख ६९ हजार रूपैयाँ खुद नाफा बढाएको छ ।

एनएमबी बैंक लिमिटेडको खुद नाफामा पनि गिरावट आएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ९० करोड ११ लाख ५३ हजार रूपैयाँ रहेको थियो जुन ५२ करोड ५१ लाख ६६ हजारले घटेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नाफा ऋणात्मक रहेको कृषि विकास बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब ३५ करोड ५२ लाख ७५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमाससम्म सानिमा बैंकले ‍१ अर्ब १३ करोड ८६ लाख १४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले १ अर्ब २८ करोड ५३ लाख ७९ हजार ५१६ रूपैयाँ खुद नाफा कमाएको थियो जसमा १४ करोड ६७ लाख ६४ हजार रूपैयाँले घटेको छ ।

सिद्धार्थ बैंक लिमिटेडले ६ महिनामा १ अर्ब १३ करोड ६८ लाख २२ हजार ४६५ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा सिद्धार्थ बैंकको नाफा २ करोड ४३ लाख ७७ हजार रूपैयाँले घटेको छ ।

लक्ष्मी सनराइज बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५ करोड ९२ लाख १० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७ करोड ७१ लाख १५ हजार रूपैयाँ रहेको थियो ।

कुमारी बैंकले ८६ करोड ७२ लाख ११ हजार ४७९ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार ९४६ रूपैयाँ खुद नाफा कमाएको थियो । जुन १४.३१ प्रतिशतले घटेको हो ।

नेपाल एसबीआई बैंकले ८४ करोड ५ लाख ४१ हजार ५१७ रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३३ करोड ६६ लाख ५२ हजार रूपैयाँले घटेको छ ।

दोस्रो त्रैमासमम्म माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा ८० करोड ५३ लाख ८० हजार रूपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २१ करोड ९८ लाख रूपैयाँले घटेको छ ।

चालू आर्थिक वर्षको पुस महिनासम्म सिटिजन्स बैंकले ७८ करोड २७ लाख ८४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पुस महिनासम्म बैंकले ८४ करोड १३ लाख ३३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

प्रभु बैंकको खुद नाफा घटेको छ । बैंकले दोस्रो त्रैमाससम्म ७२ करोड ३ लाख ४१ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षामा भने बैंकको खुद नाफा १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रूपैयाँ रहेको थियो ।

नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५९ करोड ५१ हजार १३४ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा भने बैंकले १ अर्ब १७ करोड ६ लाख ५५ हजार रूपैयाँ खुद नाफा गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x