×

NMB BANK
NIC ASIA

मधेस कृषि विश्वाविद्यालयको सपना पूरा भएकोमा खुसी लागेको छ : अध्यक्ष यादव

सप्तरी | माघ ८, २०८०

NTC
Premier Steels

 जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि मधेस कृषि विश्वविद्यालयको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन्। आज सो विश्वाविद्यालयको भवन शिलान्यासका अवसरमा विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याउनेमा विश्वास व्यक्त गरे । 
    
“आज राजविराजमा कृषि विश्वविद्यालय भवन शिलान्यास गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ, विश्वविद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै रोजगारी तथा आर्थिक समृद्धिमा योगदान दिनेमा विश्वस्त छु”, उनले भने । उनले विश्वविद्यालयको भवन निर्माणका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । 
      
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले कृषि विश्वविद्यालय प्रदेश सरकारको गौरवका योजनामा रहेकाले भवन निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । 

Muktinath Bank

प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले आफू मुख्यमन्त्री हुँदै राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको स्मरण गराए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस प्रदेशको सप्तरीमा विश्वविद्यालथ स्थापना हुनु गौरवको विषय भएको बताए । 
मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा वैद्यनाथ महतोले स्थापनादेखि शिलान्याससम्मका गतिविधिबारे जानकारी गराए । 


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारले विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष २०७८÷७९ मा रु एक अर्ब ४९ करोड बहुवर्षिय योजना शीर्षकमा सुनिश्चित गरेको थियो । सोही अनुरुप भवन निर्माणका लागि गत आर्थिक वर्षमा रु ३९ करोड र चालु आवमा रु ३० करोड विनियोजन गरिएको छ । विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि रु एक अर्बमा ठेक्का सम्झौता भएको विश्वविद्यालयका रजिष्ट्रार श्रीभगवान ठाकुरले जानकारी दिए । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x