माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
सहकारी विभागले ठूला सहकारीको अनुसन्धान गर्न नसक्ने भएपछि नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
संघअन्तर्गत रहेका ९ वटा सहकारीका बचतकर्ता धेरै भएपछि वित्तीय अनुसन्धान र विश्लेषणका लागि राष्ट्र बैंकलाई लेखेर पठाएको विभागका प्रवक्ता टोलराज उपाध्यायले बताए ।
‘हामीले ठूला सहकारीको अनुसन्धान गर्नका लागि राष्ट्र बैंकलाई पत्रचार गरेका छौं,’ प्रवक्ता उपाध्यायले लोकान्तरसँग भने, ‘५० करोडभन्दा माथि कारोबार हुने सहकारीको अनुसन्धान राष्ट्र बैंकले गर्न पाउने सहकारी ऐनमा व्यवस्था छ ।’
विभागले पशुपति सहकारी, शिवशिखर सहकारी, गौतमश्री सहकारी, लालीगुँरास सहकारी, कान्तिपुर सहकारी, हाम्रो कृषि सहकारी, यमुना आइडल सहकारी लगायतको अनुसन्धान गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको हो । उनीहरूका सदस्यको संख्या र कारोबार रकम धेरै भएपछि त्यसको अनुसन्धान गर्न विभागले नसक्ने भएको हो ।
कतिपय सहकारीको बैंकभन्दा पनि धेरै कारोबार हुने भएकाले विभागलाई अनुसन्धान गर्न अप्ठ्यारो परेको हो । विभागले एक साताअगाडि पत्रचार गरेको प्रवक्ता उपाध्यायले जानकारी दिए । उनका अनुसार सहकारी ऐन–२०७४ अनुसार पत्र पठाइएको हो ।
विभागका प्रवक्ता उपाध्यायका अनुसार राष्ट्र बैंकले ५० करोडभन्दा माथिका सहकारीलाई स्वतः नियमन गर्नुपर्ने कानूनी आधार हुँदाहुँदै पनि सो काम नगरेकाले पत्र लेखेको दाबी गरे ।
‘राष्ट्र बैंकलाई ५० करोडभन्दा माथिका सहकारीलाई स्वतः नियमन गर्न पाउने अधिकार छ, तर राष्ट्र बैंकले नगरेपछि लेखेर पठाएका हौं,’ प्रवक्ता उपाध्यायले लोकान्तरसँग भने ।
उनका अनुसार राष्ट्र बैंकले ती ९ वटा सहकारीको वित्तीय अवस्थाको अनुसन्धान र विश्लेषण गरेर विभागलाई पठाउने छ । त्यसको आधारमा विभागले थप प्रक्रिया चाल्नेछ । अहिले विभागले दैनिक ३० देखि ४० वटा सहकारीको उजुरी प्रदेश र स्थानीय तहमा पठाउने गरेको छ ।
‘हामीले दैनिक ४० वटासम्म सहकारीका उजुरी प्रदेश र स्थानीय तहमा पठाउने गरेका छौं । सहकारीको सबै अधिकार विभागलाई भएको बुझाइका कारणले जिल्लाबाट पनि यहाँ आउने गर्नुहुन्छ । ती सबै उजुरी उहाँहरूलाई बुझाएर सम्बन्धित निकायमा पठाउने गरेका छौं,’ प्रवक्ता उपाध्यायले लोकान्तरसँग भने ।
उनकाअनुसार अहिले विभागले संघअन्तर्गतका सहकारीको गुनासो सुन्ने र त्यसका लागि छलफल गर्ने/गराउने काम गरिरहेको दाबी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...