×

NMB BANK
NIC ASIA

केएनआईटी बुटवलका विद्यार्थीले बनाए ‘कम्प्रेसर मेसिन’

बुटवल | माघ १३, २०८०

NTC
Premier Steels

कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय (केएनआईटी) बुटवलमा अध्ययनरत विद्यार्थीहरूले ‘कम्प्रेसर मेसिन’ बनाएका छन् ।

Muktinath Bank

बुटवल तामनगरस्थित शिक्षालयमा अध्ययनरत ७ जना विद्यार्थीको समूहले नकुहिने फोहोरलाई ‘कम्प्रेस’ गरेर साइज घटाउने मेसिन तयार पारेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विनोद पौडेल, अनुप घिमिरे, सम्राट बस्याल, सुवास पुरी, मनीष थारू, अमूल भट्टराई र सुशील चौधरीले १५ दिन लगाएर बनाएको मेसिन स्थानीय तहले किन्ने तयारी गरेको छ ।


Advertisment
Nabil box
Kumari

यसअघि शिक्षालयका विद्यार्थीले टपरी बनाउने मेसिन पनि बनाएर विभिन्न ठाउँमा बिक्री गरिसकेका छन् । 

Vianet communication

यस अघिका ‘प्रोजेक्ट’ सफल भएपछि यो नयाँ मेसिन बनाउन थालेको विद्यार्थी अनुप घिमिरेले बताए । अध्ययनका क्रममा सिकेको सीप र ज्ञानलाई प्रयोग गरेर मेसिन तयार पारिएको उनले बताए । 

शिक्षाको गाइड र टिमवर्कबाट मेसिन बनाउन सफल भएको अर्का विद्यार्थी विनोद पौडेलले बताए । 

विद्यार्थीहरूले प्रोजेक्टको प्राटिकलका रुपमा मेसिन बनाएको शिक्षालयका प्रमुख नवीनकिशोर गैरेले बताए । ‘यो मेसिनले नकुहिने फोहोरलाई कम्प्रेस गरेर फोहोरको भोल्युम घटाउने भएकाले फोहोर व्यवस्थापनमा यो अति नै उपयोगी हुनेछ’, उनले भने, ‘विद्यार्थीहहरूले प्राक्टिकलका रुपमा निर्माण गरेको यो पहिलो मेसिन हो भन्ने हाम्रो दाबी छ ।’

विद्यार्थीहरूले ११ लाख रुपैयाँको लागतमा १५० टन क्षमताको मेसिन तयार गरेका शिक्षालय प्रमुख गैरेले बताए । ‘संकलित फोहोरलाई मेसिनमा राखेर अन गरेपछि फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैं आवाज दिन्छ’, उनले थपे ।

यो मेसिन पालिकाहरूलाई फोहोर व्यवस्थापनमा बढी उपयोगी हुने भएकाले विभिन्न पालिकाहरुसँग कुरा भइरहेको शिक्षालय प्रमुख गैरेले बताए । यसअघि यस्ता मेसिन भारतबाट आयात गर्दा २० देखि २५ लाख रुपैयाँसम्म पर्ने गरेकोमा अब कम मूल्यमा मेसिन उपलब्ध गराउन सकिने उनले जानकारी दिए ।

शिक्षालयका रोजगार शाखा प्रमुख निरज तिवारीले यहाँ अध्ययन गर्न आउने विद्यार्थीहरूले प्रोजेक्टका रुपमा समुदायमा आवश्यक पर्ने विभिन्न मेसिन निर्माण गर्दै आएको र सफल बनेको बताए ।

वि.सं. २०६९ सालदेखि ३ वर्षे डिप्लोमा तह बहुप्राविधिक तालिम सञ्चालन गर्दै आएको छ । प्राविधिक शिक्षामा उत्कृष्ट बनेको शिक्षालयमा अटोमोबाइल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, मेकानिकल इन्जिनियरिङ्ग, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन इन्जिनियरिङ्ग कोर्ष सञ्चालन छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x