×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

राष्ट्रपतिको भूमिकाप्रति ओलीको असन्तुष्टि, बयानका क्रममा अरुणले लिए विनोद चौधरीको नाम

काठमाडाैं | माघ २१, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
बाँसवारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीले यो प्रकरणमा दाजु विनोद चौधरीको पनि भूमिका रहेको बयान दिएका छन् । 

Muktinath Bank

पक्राउ परेका अरुणसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रवार १० घण्टा सवाल–जवाफ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा ३ जना सरकारी वकिलको रोहवरमा शुक्रवार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म लिएको बयानका क्रममा अरुणले उक्त कुरा बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी वकिल कार्यालय उच्च स्रोतका अनुसार पक्राउ परेका अरुणले बयानका क्रममा दाजु विनोदको भूमिकाका बारेमा बयान दिएका छन् ।
‘तत्कालीन सञ्चालक समिति अध्यक्षका नाताले दाजु विनोद चौधरीको पनि भूमिका छ । उहाँकै भूमिका र योजनामा उक्त जग्गा शेयर दिएर किनिएको हो,’ सरकारी वकिल कार्यालय स्रोतले लोकान्तरसँग भन्यो ।


Advertisment
Nabil box
Kumari

कानूनले मिल्ने भए उक्त जग्गा फिर्ता गर्नसमेत आफू तयार रहेको स्पष्ट पारेका छन् । ’कानूनले मिल्ने भए आफ्नो नाममा आइसकेको उक्त सरकारी जग्गा फिर्ता गर्न तयार छु,’ उनले बयानमा भनेका छन् ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् ।
उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै शुक्रवार राजीनामा दिएको बताएका छन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति कडा असन्तुष्टि जनाएका छन् । शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको कडा आलोचना गरेका हुन् । 
राष्ट्रपति पौडेल सबैको साझा नभएर कांग्रेसको प्रतिनिधि बनेको आरोप ओलीले लगाए । ‘राष्ट्रपति कांग्रेस भइदिनुभएन, उहाँ कांग्रेस भइरहनुभएको छ। तपाईं कांग्रेसको प्रतिनिधि हैन, तपाईं गठबन्धनको प्रतिनिधि हैन,’ ओलीले भन्नुभयो, ‘आफूले पाएको अधिकार प्रयोग गर्नुस्, आफ्नो थान्कामा बस्नुस् । जथाभावी नगर्नुस् । संविधानअनुसार साझा भएर काम गर्न सुझाव दिन्छु ।’
००००
काठमाडौँ महानगरपालिकाले स्रोतमा वर्गीकरण गरिएको फोहर सङ्कलन कार्यक्रम वडा नं २७ बाट सुरु गर्ने भएको छ । यसका लागि महानगरपालिकाले हरियो र निलो रङको सङ्केतसहितको गाडी समेत तयार पारिसकेको जनाएको छ ।
००००
कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा रु चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ बेरुजु रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौँ स्थापना दिवसका अवसरमा शनिबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशसभाका पदाधिकारीसँग पत्रकारहरूको संवाद कार्यक्रममा बेरुजुको तथ्याङ्क सार्वजनिक गरिएको हो । उक्त बेरुजु प्रदेश सरकारका मन्त्रालय र त्यसअन्तर्गतका निकायको रहेको सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्लले जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम राजनीतिक दलहरूको सहमतिमा टुङ्गिने बताएका छन् । रौतामाई गाउँपालिका नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै उनले वर्तमान गठबन्धन सरकारले विगत जनयुद्धकाकालदेखि थाती रहेका शान्तिप्रक्रियाका बाँकी टुङ्ग्याउन राजनीतिक दलबीच सहमतिको प्रयास जारी रहेको बताए ।
००००
आम जनता पार्टीले सुशासन प्रबद्र्धनका निम्ति ‘भ्रष्टाचारविरुद्ध खबरदारी’ भन्ने नारासहित काठमाडौंमा मोटरसाइकर्ल याली गरेको छ । 
पार्टीको उपत्यका संयोजन समितिद्वारा आयोजित उक्र्त याली कुपण्डोल–थापाथली हुँदै रत्नपार्क परिक्रमा गरी भद्रकालीमा कोणसभामा परिणत भएको थियो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलका नेताहरूले राजनीतिक भागबन्डा गरेर देश डुबाएको आरोप लगाएका छन् ।
शनिवार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नेताहरूले राजनीतिक भागबन्डाका आधारमा आफन्तहरूको पक्षपोषण गरिरहेका छन् । यस्तै गरेर उनीहरूले देश डुबाए’, उनले भने, ‘ठूला दलका कुनै नेताले देश बनाउँछन् भन्ने कुनै विश्वास छैन । विश्वास गर्न नसकिने कुनै आधार पनि छैन ।’
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था निकै बिग्रेको बताएका छन् । शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले दलीय व्यवस्था नै समाप्त पार्नेगरी खेल भइरहेको बताएका हुन् । 
राजनीतिक रूपमा गैरजिम्मवारी सत्ता खेल चलिरहेको उनले बताए । ‘देशको अवस्था नराम्रो छ । राजनीतिक हिसाबले गैरजिम्मवारी सत्ता खेल चलिरहेको छ । दलीय व्यवस्थाकै समाप्त पार्नेगरी खेल भइरहेका छन्’, उनले भने ।
००००

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x