साउन १६, २०८१
यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...
आशा र निराशाबीच मतभेदको दूरी निकै गहिरो छ । पूर्वीय दार्शनिकहरू (खासगरी वैदिक दार्शनिक) आशालाई दुःखको कारण मान्छन् र यसको पछि लाग्नु हुँदैन भन्ने मान्यता राख्छन् । तर पश्चिमा दार्शनिकहरू जीवनको आधार भनेकै यही हो भन्छन् र आशावादी हुन उत्पेरित गर्छन् ।
भागवतमा एउटा कथा छ । अघि कुनै समयमा विदेह नगरमा एक पिङ्गला नामकी वेश्या बस्थिन् । उनी हरेक दिन सृङ्गार–पटार गरी ढोकामा उभिएर दिनभर ग्राहक कुर्थिन् । ग्राहक उम्केला भन्ने चिन्ताले समयमा खानसमेत भ्याउन्न थिइन् । राति अबेरसम्म कुर्दा पनि ग्राहक नआएपछि रित्तो हात फर्केर सुत्ने गर्थिन् । एवंरीतले लामो समय बित्यो उनको दुःखको दिन पनि चली नै रह्यो । तर कुनै पनि दिन भनेजस्तो ग्राहक हात लागि भएन । जब उनले यसरी कुर्र्नुको कुनै अर्थ छैन भन्ने बुझिन् तब ग्राहकको आशा पनि छाडिन् । तर भइदियो के भने जुन दिनदेखि आशा छाडिन् त्यस दिनदेखि दुःखका दिनले पनि छाडे । यसको अर्थ हो आशा गर्दा दुःख पाइन्छ, आशा नगर्दा सुख पाइन्छ । व्यासजीले यही सन्देश दिनकै लागि यो कथा भनेका हुन् ।
थाहा छैन उनले कुन परिवेशमा यस्तो कथा भनेका थिए तर उनको भनाइ आफैँमा पूर्ण सत्य भने होइन । पूर्ण सत्य त यही हो कि जीवनमा आशावादी हुनैपर्छ । आशा विना त एकै छिन् जिउन पनि मुस्किल पर्छ ।
त्यस्तै पश्चिमा दार्शनिकहरूका अनुसार भने आशा नै जीवन हो । निराशाको पछि लाग्ने हो भने प्रगतिको ढोका नै बन्द हुन पुग्छ । विकास नै रोकिन्छ । कर्म क्षेत्रमा डोर्याउने भनेकै आशाले हो । नत्र त एक गाँस खाने दानासम्म पाउन गाह्रो पर्छ । यसको अर्थ हो उनीहरूको भनाइ पनि असत्य होइन तर त्यो पनि पूर्ण सत्य भने होइन । त्यसो भए पूर्ण सत्य भनेको चाहिँ हो के त ? प्रश्न गम्भीर छ तर उत्तर त्यति गाह्रो छैन ।
आशा गर्ने हो, नगर्ने भन्ने होइन । बढी नै गर्ने हो । आशा विना व्यवहार नै चल्दैन भने नगरी हुने कुरै भएन तर फलको होइन बोटको हो । सम्पत्तिको होइन स्रोत र साधनको हो । फलको आशा गर्दा सीमित भइन्छ, थोरै पाइन्छ भने बोटको आशा गर्दा असीमिततामा गइन्छ र धेरै पाइन्छ । त्यसैले पानीको आशा गर्ने भए नदी वा जलायप्रति आशावादी हुनुपर्छ । फलको आशा गर्नेले बोटप्रति आशावादी हुनुपर्छ । अन्न तथा फलफूलको आशा गर्नेले खेती किसानीप्रति आशावादी हुनुपर्छ । सम्पत्तिको आशा गर्नेले तिनको स्रोत र साधनप्रति आशावादी हुनुपर्छ । स्नेह, सहयोग र सद्भावको आशा गर्नेले समाजप्रति आशावादी हुनुपर्छ ।
मानौँ हामी व्यापारी छौँ । हाम्रो उद्देश्य पैसा कमाउनु हो तर पैसाको मात्र आशा गर्दा भनेजस्तो नहुन सक्छ । फाइदाको बदला नोक्सानी व्योहोर्नुपर्ने अवस्था आउन सक्छ तर तिनको स्रोत र साधनप्रति आशावादी हुँदाको अवस्था बेग्लै हुन्छ । प्रश्न उठ्न सक्छ स्रोत र साधन भनेको के हो ? त्यो पनि केही होइन आफूले खोजेको चीज जोमार्फत् प्राप्त हुन्छ त्यही नै त्यसको स्रोत हो । यहाँ कुरो व्यपारीको भएकाले उसको पैसाको स्रोत ग्राहक भए ।
ग्राहकहरूप्रति आशा हुँदा उनीहरूमाथि व्यापारीको व्यवहार राम्रो हुन्छ । उनीहरूले खरिद गर्ने सामानप्रतिको व्यवहार राम्रो हुन्छ । यसले गर्दा ग्राहकहरू थपिँदै जालान् । व्यापार फस्टाउँदै जाला र पैसा कमाउन सकिएला । होइन पैसाको मात्र आशा गर्न थालियो भने स्वाभाविकरूपमै उनीहरूप्रतिको व्यवहार पनि त्यस्तै हुन पुग्छ । यसले गर्दा सके त आइसकेका ग्राहक पनि उम्केलान् नभए पनि अर्को पटकदेखि आउने छैन र एकदिन ग्राहक शून्यको स्थिति आउन सक्छ ।
यो एउटा सानो उदाहरण हो । हरेक क्षेत्रमा यही नियमले काम गरेको हुन्छ । त्यसैले काम गर्ने त त्यही हो, जुन गर्दै आइएको छ र आशा पनि गर्ने नै हो, जुन गर्ने गरिएको छ , तर अलिकति फरक पारेर । अहिलेसम्म सम्पत्तिको आशा गरिएको थियो भने अब तिनको स्रोत र साधनप्रति आशावादी हुन थाल्ने हो । पैसाको आशा गरिएको थियो भनेको जस्तो भएन । स्रोत र साधनको आशा गर्न थालियो सब थोक हुन पुग्यो । यही यसको चमत्कार हो । अनि यही हो प्रकृतिले दिएको सन्देश ।
यसको अर्थ प्रकृतिले पनि आशा गर्छ भन्ने होइन । उसले आशा गर्दैन कर्म मात्र गर्छ तर हामी प्रकृति होइनौँ, अपितु प्रकृतिले बनाएको प्राणी हौँ । त्यसैले आशा त गर्नैपर्छ । नत्र तर फलको होइन उसको स्रोत र साधनको । जहाँसम्म कसरी हुन्छ भन्ने कुरा छ त्यो भने गरेपछि नै प्रमाणित हुने कुरा हो ।
यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो । त्यसपछि खाली पेटमा ए...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...